रातो वर्णको सिकुटे अनुहार
देखा पर्छ
मेरो आँखाअगाडि घरीघरी
बडो सक्रिय लाग्छ
मेरो आँखामा
हो, किन नहोस्
उमेरको छ,
उमङ्ग छ
होस छ, जोश छ
अगाडि बढ्न खोज्छ
अवरोधहरू आउँछन्
आएका आयै गर्छन्
रत्तिभर विस्मित हुन्छ
पछाडि फर्कन्छ
एकछिन टक्क अडिन्छ
र
यात्रा आरम्भ गर्छ
पुन: पुरानै गतिमा
प्रत्येक पाइलामा
काँडा छन् भन्ने थाहा छ उसलाई
प्रत्येक पाइलामा
तरबारमा टेकिन्छ भन्ने थाहा छ उसलाई
र पनि
अगाडि बढ्न खोज्छ
किनभने
समय उसको अगाडि
झुक्छ भन्ने थाहा छ उसलाई
ऊ आफ्नो यात्रामा लाग्यो भने
केहीले लछार्न सक्तैन भन्ने पनि थाहा छ उसलाई
यात्रा नै सक्रियताको बाटो हो
सक्रियता नै सफलताको पाटो हो
त्यसैले अवरोधहरू आउँछन्
र
नुहेर जान्छन् उसलाई
तर ऊ
आफ्नो यात्रामा
अविरल लागिरहन्छ
अविरल लागिरहन्छ
अविश्रान्त पथिक बनेर
किनभने
उसले शिखर चुम्नु छ
अवश्य
शिखर चुम्न सफल हुन्छ !
राम्रो कविता! उज्यालो भाव बोकेको छ। यथार्थमा निरन्तरता र अविरल यात्रानै जीवनको नाम हो, सफलताको कुँजी हो।
ReplyDeleteपढिसकेपछि मैले आफूलाई चन्द्रमा छुन हिनेको यात्री ठानेँ। म मा यस्तो भावना उत्पन्न गराइदिएको लागि धन्यवाद।
ReplyDeleteकविता प्रेरणादायी छ, केहि गर्छु भन्नेलाई उत्साह दिने खालको |
ReplyDeleteउसले शिखर चुम्नु छ
ReplyDeleteअवश्य
शिखर चुम्न सफल हुन्छ ............
... अबश्य नै ..निकै उत्साहबर्द्रक र सकारात्मक सिर्जना !