हिमाल

 



कति राम्रो हिमाल हेर हाँसे जस्तै लाग्छ
हिमालमा डाँफे चरी नाचे जस्तै लाग्छ
म पनि त हिमाल खोज्न लेक-बेँसी धाएँ
आखिरीमा आफ्नो हिमाल आफैसँग पाएँ


हेर साथी हिमालमा सेता दन्त लहर
हिमालसँग नाता गाँस्ने मेरो आफ्नो रहर
कस्तो राम्रो हिमाल हेर सधैँ हाँसिरहने
सबैसँग आफ्नो नाता गाँसिरहने


हामी पनि हिमाल जस्तै हाँस्न सिक्नुपर्छ
सबैसँग आफ्नो नाता गाँस्न सिक्नुपर्छ
हिमाल, पहाड, तराई कोही छैन पराई
हिँड्नुपर्छ हामी शत्रुसँग नडराई


सगरमाथा शिखर नेपालमा छँदै छ
त्यही माथि नेपालीको इज्जत बढ्दै छ
नेपाली हामी कमाउँन मिहिनेत गर्छौं
मिहिनेतअनुसार आफ्नो नाम कमाउँछौं


मलाई हिमाल र झर्ना साह्रै मन पर्छ
हिमालमा हिउँ पग्ली नदी बनी बग्छ
हामीले हिमाललाई माया गर्नुपर्छ
हिमालसँग हाँसी खुसी सधैँ बस्नुपर्छ

रचयिता :- अञ्जिता बर्तौला

कक्षा :- ८

कालिका मावि नामटार, मकवानपुर

8 comments:

  1. sano naniko kavita raichha .esai gari lekhdai janu hai nanu

    ReplyDelete
    Replies
    1. धेरै धेरै धन्यवाद हजुरलाइ !

      Delete
  2. सुन्दर भावना! मिठो कविता! अञ्जिता बहिनीका अरु रचनाहरु पनि पढ्न पाउने आशा छ।

    ReplyDelete
  3. सुन्दर भावना!लेखिरहने शुभकामना !

    ReplyDelete
  4. आहा कत्ती राम्रो कविता... मलाई बाल्यकालको सम्झना आयो... पहिले पहिले हामि नि यस्तै कविता लेख्ने गर्थ्यौं...

    ReplyDelete
  5. मिलनजीले भने जस्तै मलाई पनि स्कुल जिवनको याद आयो । मिठो कविता !। प्रगतीको शुभकामना !!

    ReplyDelete
  6. कती राम्रो कविता । यो पढेर फेरि एक पटक स्कूल पुगेछु । पोष्टको लागी धन्यवाद ।

    ReplyDelete
  7. sudarshan sharmaMay 8, 2010 at 7:22 AM

    kati sundar vawana
    himal hasda hami hasna sakchhau himallai hasauna santi ra sadvabko lagi akata chahinchha

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails