‘घुम्तीहरू छेलिएपछि’भित्रका सान्दर्भिक चित्रहरू

लेखकः विश्वनाथ सन्जेल
१. विषय प्रवेश
                बन्धआधारपदमा निउपसर्ग लागेर बनेको निबन्ध शब्दको अर्थ राम्ररी बाँध्नु भन्ने हुन्छ । यसर्थ निबन्धको शाब्दिक अर्थ राम्ररी बाँधिएको रचना भन्ने हुन्छ । विश्वसाहित्यमा नै साहित्यको कान्छो विधाका रूपमा विकसित निबन्ध नेपाली साहित्यको पनि एक महŒवपूर्ण विधा हो । अन्तरङ्ग विचार वा भावना अभिव्यक्ति भएको अथवा बहिरङ्ग वर्णन र विवरण प्रस्तुत भएको समय र स्थानगत सीमाभित्र बाँधिन बाध्य नभए पनि निश्चित प्रकारको सिलसिला तथा अनुक्रमयुक्त विषयविशेषमा केन्द्रित कलात्मक गद्य रचनालाई निबन्ध भनिन्छ (श्रेष्ठ, २०५६ ः ११५) । वास्तवमा निबन्धमा लेखक स्वयम्को उपस्थिति अनिवार्य हुन्छ । यो उपस्थिति कतै विचार भएर कतै अनुभूति भएर अनि कतै भावुकता भएर अभिव्यक्त भइरहेको हुन्छ । लेखकले आफूलाई नढाँटी मन र मस्तिष्क दुवै प्रस्तुत गर्ने विधा नै निबन्ध हो (प्रधान, २०६६ ः ७) । यसरी नेपाली साहित्यकारहरूका निबन्धसम्बन्धी आआÇनै विचार र धारणाहरू छन् । यसका आधारमा निबन्ध लेखकको निजात्मक विचार केन्द्रित रचना हो भन्न सकिन्छ ।
               

‘डाक्टर अङ्कल’ कथामा एक दृष्टि

१. परिचय
आत्माराम शर्मा पुडासैनी एक कथाकार, कवि तथा उपन्यासकार हुन् । उनी वि.सं. २०२० मा काठमाडौँको भद्रवासमा जन्मेका हुन् । उनको ‘माफ गर बहिनी चिन्न सकिनँ’ कविता सङ्ग्रह वि.सं. २०५७ मा प्रकाशन भएको थियो भने ‘धुवाँ’ कथा सङ्ग्रह २०६० मा । यसै गरी ‘सुखान्त’ उपन्यास वि.सं. २०७१ मा प्रकाशित भएको हो । ‘डाक्टर अङ्कल’ कथा सङ्ग्रह भने वि.सं.२०६७ मा प्रकाशन भएको हो ।
‘डाक्टर अङ्कल’ कथा ‘डाक्टर अङ्कल’ किशोर कथा सङ्ग्रहमा सङ्गृहीत कथा हो । यस सङ्ग्रहमा १२ वटा कथाहरू समाविष्ट छन् । यस सङ्ग्रहमा ‘पीडा’, ‘मृत डायरी’, ‘एउटाले बिराउँछ, शाखा पिराउँछ’ ‘अस्वीकृत मृत्यु’, ‘अपूर्ण’, ‘नहाँसेको मन—१’, ‘नहाँसेको मन—२’, ‘नहाँसेको मन—३’, ‘बोर्ड फस्ट’, ‘यो दुःख म संसारलाई बाँड्नेछु’ तथा ‘निर्मलको प्रतिज्ञा’समेत समाहित छन् ।
Related Posts with Thumbnails