‘सनेस’ मा एक दृष्टि

१. प्रारम्भ
सनेस बज्जिका भाषामा प्रचलित शब्द हो । यसको अर्थ सन्देश भन्ने लाग्ने भए तापनि यहाँ कोसेली वा उपहार भन्ने लाग्छ र अझ यहाँ जुन ‘सनेस’ को कुरो हुँदै छ, त्यो चाहिँ रौतहट—काठमाडौँ सेवा समाजको दोस्रो स्मारिका हो ।
विषयसूचीभन्दा अगाडिका सामग्री
वि.सं.२०६७ मा रौतहटबाट विभिन्न प्रयोजनले काठमाडौँमा रहेका सचेत व्यक्तिहरूको काठमाडौँमा भएको भेलाले रौतहट–काठमाडौँ सेवा समाजको गठन गरेको हो । यस समाजले सम्पादक विजयकुमार अधिकारीको संयोजनमा ‘सनेस’को दोस्रो अङ्क प्रकाशन गरेको छ । यस अङ्कमा कभर र अन्य पृष्ठबाहेक १०३ पृष्ठमा सामग्रीहरू संयोजन गरिएको छ ।
पृष्ठ ‘ग’ मा सम्पादकीय रहेको छ । सम्पादकीयमा अधिकारीले  रौतहटबाट काठमाडौँ गई विभिन्न कार्य तथा पेसामा जुटेका नागरिकहरूको अनुमानित सङ्ख्या तथा रौतहट र काठमाडौँबिच हजारौँ वर्षदेखि आफ्नै खाले सम्बन्ध रहेको अभिव्यक्ति दिएका छन् । यसै गरी नेपाल र भारत पौराणिक कालमा एकै उपमहाद्वीपमा रहेको कुरासमेत उल्लेख गरेका छन् ।
यसपछि दुई शब्दका रूपमा संस्थाका अध्यक्ष रामशरण चिमोरियाको अभिव्यक्ति पाइन्छ । उनले संस्थाले गरिआएका कार्यलाई सङ्क्षेपमा प्रकाश पारेका छन् ।
यसपछि पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालबाट तथा रौतहट जिल्लाबाट चुनिनुभएका प्रतिनिधि सभा सदस्यहरूले संस्थालाई दिनुभएको शुभकामना राखिएको छ । यसपछि संस्थाको सङ्क्षिप्त चिनारी प्रस्तुत गरिएको छ ।
Related Posts with Thumbnails