चौबासे र चेतना

समयको चाल बुझ्न नसक्ता
चौबासेहरू
जौ खेतीमै मग्न भए
कालो अक्षर र भैँसीको मोल
एउटै तोकेर
निरक्षर नै रहे
गोरेटा बाटा
ध्वाइँला चुला र
ध्वाँसे बत्तीमै मस्त रहे

तर समयले
अलिकता भने पनि
पाठ पढाउन भ्याएको छ
चौबासेहरूलाई 
र त
अब उनीहरू
साना नानीहरू
किशोर किशोरीहरू
तन्नेरी–तरुनीहरू
बुढा बुढीहरू
सबैलाई अक्षर चिनाउन खोज्दै छन्
अक्षरको महत्त्व बुझ्दै
बुझाउँदै छन्

Related Posts with Thumbnails