जिउँदै वैकुण्ठ

 म २०६४ सालमा इन्द्रायणी माध्यमिक विद्यालय आग्रा, मकवानपुरको स्रोत व्यक्ति हुँदा मेरो कार्यक्षेत्र तीन ओटा गाविसका ३५ ओटा विद्यालयहरू थिए । तीमध्ये डाँडाखर्क गाविसअन्तर्गत दुई ओटा निम्न माध्यमिक  र चार ओटा प्राथमिक विद्यालय थिए । तीमध्ये पनि एउटा थियो; सरस्वती निम्न माध्यमिक विद्यालय बैकुण्ठ । त्यस विद्यालयमा प्राथमिक तहमा एक जना शिक्षक नियुक्तिको सिलसिलामा आफ्नो पदीय कार्यभार सम्हालेको लगत्तै म वैकुण्ठ गएको थिएँ । त्यस ताका स्थानीय बासिन्दाका लागि आफ्नो स्थान सहज असहज जस्तो लागे तापनि बाहिरी व्यक्तिहरूका लागि भने त्यति सहज थिएन । त्यही भएर होला; इन्द्रायणी मावि आग्राका पूर्व प्रधानाध्यापक तथा समाजसेवी विष्णु कार्कीले हिउँदमा जानुहुन्छ भने म साथी गइदिउँला । सरलाई एक्लै जान असहज हुन्छ भन्नुभएको थियो ।

Related Posts with Thumbnails