चौबासे र चेतना

समयको चाल बुझ्न नसक्ता
चौबासेहरू
जौ खेतीमै मग्न भए
कालो अक्षर र भैँसीको मोल
एउटै तोकेर
निरक्षर नै रहे
गोरेटा बाटा
ध्वाइँला चुला र
ध्वाँसे बत्तीमै मस्त रहे

तर समयले
अलिकता भने पनि
पाठ पढाउन भ्याएको छ
चौबासेहरूलाई 
र त
अब उनीहरू
साना नानीहरू
किशोर किशोरीहरू
तन्नेरी–तरुनीहरू
बुढा बुढीहरू
सबैलाई अक्षर चिनाउन खोज्दै छन्
अक्षरको महत्त्व बुझ्दै
बुझाउँदै छन्


प्रत्येक धाउँदै छन्
विद्यालय, किशोरी शिक्षा
प्रौढ र साक्षरता कक्षाहरू

थाहा पाउन थालेका छन्
तरकारी बाली
र अझ
हाइब्रिडको आम्दानी र मज्जा
त्यसैले खोल्न थालेका छन्
मोटर बाटाहरू

विस्थापित गर्न थालेका छन्
अन्धकारलाई
ध्वाइँला चुुलाहरू र
ध्वाँसे बत्तीहरूलाई

अब बुझ्न बाँकी छैन
चौबासेहरूलाई
समयको महत्ता
र त
अब उनीहरू
समयलाई च्याप्प समातेर
हातेमालो गर्न खोज्दै छन्
त्यसैले
अब उनीहरू उठ्ने छन्
आफैँ आफैँभित्र चेतनाको राँको बालेर

अघि बढ्ने छन् ,बढिरहने छन्
हुर्कँदो बाँसजस्तै सलसली, सलसली ।


रचना स्थल ः चौबास, आग्रा–६, मकवानपुर
 २०६५।१२।१०





1 comment:

  1. How to create an edge titanium-arts.com
    If the line titanium septum ring has an edge titanium nitride of ford focus titanium hatchback 80%, then the line titanium uses starts with the You can choose microtouch titanium to have the model with a model at different ranges, but

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails