‘घुम्तीहरू छेलिएपछि’भित्रका सान्दर्भिक चित्रहरू

लेखकः विश्वनाथ सन्जेल
१. विषय प्रवेश
                बन्धआधारपदमा निउपसर्ग लागेर बनेको निबन्ध शब्दको अर्थ राम्ररी बाँध्नु भन्ने हुन्छ । यसर्थ निबन्धको शाब्दिक अर्थ राम्ररी बाँधिएको रचना भन्ने हुन्छ । विश्वसाहित्यमा नै साहित्यको कान्छो विधाका रूपमा विकसित निबन्ध नेपाली साहित्यको पनि एक महŒवपूर्ण विधा हो । अन्तरङ्ग विचार वा भावना अभिव्यक्ति भएको अथवा बहिरङ्ग वर्णन र विवरण प्रस्तुत भएको समय र स्थानगत सीमाभित्र बाँधिन बाध्य नभए पनि निश्चित प्रकारको सिलसिला तथा अनुक्रमयुक्त विषयविशेषमा केन्द्रित कलात्मक गद्य रचनालाई निबन्ध भनिन्छ (श्रेष्ठ, २०५६ ः ११५) । वास्तवमा निबन्धमा लेखक स्वयम्को उपस्थिति अनिवार्य हुन्छ । यो उपस्थिति कतै विचार भएर कतै अनुभूति भएर अनि कतै भावुकता भएर अभिव्यक्त भइरहेको हुन्छ । लेखकले आफूलाई नढाँटी मन र मस्तिष्क दुवै प्रस्तुत गर्ने विधा नै निबन्ध हो (प्रधान, २०६६ ः ७) । यसरी नेपाली साहित्यकारहरूका निबन्धसम्बन्धी आआÇनै विचार र धारणाहरू छन् । यसका आधारमा निबन्ध लेखकको निजात्मक विचार केन्द्रित रचना हो भन्न सकिन्छ ।
               
निबन्धलाई विश्वसाहित्यको आधुनिक विधा मानिन्छ । निबन्ध विधाको थालनी र प्रयोग गर्ने प्रथम व्यक्ति फ्रान्सेली लेखक मिसल र मोन्तेन हुन् । (सुवेदी, २०५५ ः ३८३) निबन्धका जन्मदाता मोन्तेनले आत्माको अभिव्यक्ति गर्ने प्रयत्न नै निबन्ध हो र म नै मेरा निबन्धहरूको विषय हँु (सुवेदी, २०५५ ः ३८३) भनी निबन्धको परिभाषा गरेका छन् । अर्का प्रसिद्व विद्वान् बेकनका अनुसार छरिएको चिन्तनलाई समेट्ने रचना विशेष नै निबन्ध हो । (सुवेदी, २०५५ ः ३८३) त्यस्तै जोन्सनले निबन्धको परिभाषा गर्दै निबन्ध मनका भावधारालाई शृङ्खलाविहीन रूपमा गरिएको हठात् अभिव्यक्तिको एउटा छोटो रचनाविशेष हो । (सुवेदी, २०५५ ः ३८३) भनेका छन् । यसरी निबन्धका बारेमा विभिन्न विद्वान्हरूले आआÇनै ढङ्गले परिभाषित गरेको पाइन्छ ।
                निबन्ध आत्मपरक र वस्तुपरक गरी दुई प्रकारका हुन्छन् । निबन्धको आत्मपरक भेदमा यात्रासंस्मरण, नियात्रा, यात्रावृत्तान्त आदिलाई समेत राख्ने गरिन्छ । पछिल्लो समयमा आत्मपरक निबन्धमा पनि यात्रासंस्मरणात्मक निबन्धहरू बढी लेखिएका पाइन्छन् । वि. सं. १५५० मा लेखिएको मानिएको राजा गगनीराजको यात्रानेपाली साहित्यको पहिलो नियात्रा मानिन्छ । (प्रधान, २०५५ ः ६७६) यस लेखोटमा हालको कर्णाली प्रदेशतिरका राजा गगनीराजले गरेको स्वदेशयात्राको वर्णनका साथै त्यस क्रममा स्थापित राजकीर्तिको अङ्कन छ । यात्रा संस्मरणाात्मक निबन्ध लेखनले पछिल्लो समयमा नियात्रा तथा यात्रासाहित्यका रूपमा आफूलाई छुट्टै विधाका रूपमा विकास गर्दै लगेको पाइन्छ ।
                यात्रानिबन्धयात्रा र निबन्ध दुई शब्दको संयुक्त रूप हो । यात्रा भन्नाले एक ठाउँबाट अर्को ठाउँसम्म पैदल वा कुनै सवारीसाधनद्वारा जाने काम वा भ्रमण हो । (पोखरेल, २०४० ः १०४५) र निबन्ध भन्नाले कुनै विषयलाई लिएर कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचनासाहित्यको एक गद्यविधा भन्ने बुझिन्छ । (पोखरेल, २०४० ः ६८९) नेपाली साहित्यमा यात्रामा आधारित भएर लेखिएका रचनालाई छुट्टै शीर्षकमा अध्ययन गर्र्ने कार्य भने पहिलो पटक नेपाली साहित्यको सङ्क्षिप्त इतिहास’ (२०३४) मा भएको छ । यात्रासाहित्य नितान्त रूपले गतिशील, यथार्थपरक, अनुभवाश्रयी र यात्राकारको निजात्मक रागानुभूतिले समन्वित सृजनात्मक नवगद्य लेखन हो । विश्वसाहित्य र नेपाली साहित्यमा पनि यो लामो समयदेखि प्रचलित हुँदै आएर प्रतिष्ठित र लोकप्रियसमेत भइसकेको छ । अब स्वतन्त्र विधागत अस्तित्वको स्थापनाका लागि सङ्घर्षरत छ (व्यास, २०७० ः ७७) ।
                नेपाली साहित्यमा यात्रामा आधारित निबन्धात्मक गद्य रचनालाई यात्रावर्णन, यात्रावृत्तान्त, यात्राविवरण र यात्रासंस्मरणजस्ता विविध नामले चर्चा गर्ने गरेको पाइन्छ । तारानाथ शर्माको बेलाइततिर बरालिँदायात्रानिबन्ध सङ्ग्रहको प्रकाशनसँगै यसलाई नियात्राका रूपमा व्याख्या गर्न थालिएको पाइन्छ । सत्यको निस्तो वर्णन छ भने यात्रालेख र रमरमको आनन्दबाट मुछिएको छ भने चाहिँ नियात्रा कहलाउँछ । (पोखरेल, २०३४ ः ख)
                माथिका विभिन्न विद्वान्हरूका विचारहरूको अध्ययन गर्दा यात्रासाहित्य सिर्जनात्मक गद्यलेखनका रूपहरूमध्ये एक महŒवपूर्ण भेद हो । यो यथार्थपरक, गतिशील र लघु आकारको लेखन हो । यस्तो लेखन सिर्जनशील यात्रीका कलमबाट उनीहरूले देखेका, भोगेका, स्थान, प्रकृति, जनजीवन, व्यक्तिगत र घटनागत सन्दर्भहरूको रोचक र कलात्मक ढङ्गबाट निजात्मक शैलीमा लेखिएको हुन्छ ।
                मानिसको जीवन एकनाश बगिरहने नदीजस्तो नभई समय र परिस्थितिअनुरूप विभिन्न बाधाव्यवधानहरू सहन गर्दै अगाडि बढ्ने गर्दछ । यस क्रममा मानिस सुखदुःख, हाँसोआँसु, मायाघृणा, रिसराग आदि संवेगका छालहरूसँग हेलिँदै बढिरहेको हुन्छ । लामो जीवनयात्रामा धेरैसँग भेटघाट हुन्छ, धेरैसँग बिछोड हुन्छ । त्यही क्रमका केही भेट र व्यक्तिहरू अविस्मरणीय हुन्छन् । त्यस्तै समाजका चालचलन, धर्म, संस्कृति, रहनसहन आदिसँग पनि मानिसले साक्षात्कार गर्नुपर्दछ र गरेको हुन्छ । विभिन्न विकृति र विसङ्गतिहरूले मन र मस्तिष्कमा राम्रा र नराम्रा दुवै खाले प्रभाव छाडेका हुन्छन् । यिनै मानिसका परिवेश र परिस्थितिजन्य अनुभव र अनुभूतिहरूलाई भावनाको माध्यमले बगाउँदा यात्रानिबन्धको रचना हुन पुग्दछ । यसरी नियात्रा वा यात्रासंस्मरणले सुरुसुरुमा निबन्ध विधाको एक अङ्गका रूपमा प्रवेश पाए पनि अब भने आÇनो छुट्टै विधागत अस्तित्व खोज्न थालेको देखिन्छ ।
                नेपाली निबन्ध तथा नियात्राको यस्तो परिवेशमा नियात्राकार रमेशमोहन अधिकारीको आगमन भएको छ । उनको घुम्तीहरू छेलिएपछि (२०७४) संस्मरण तथा नियात्रा सङ्ग्रहलाई माध्यम बनाएर निबन्धगत तत्त्वका आधारमा समीक्षात्मक दृष्टिकोणहरू प्रस्तुत गर्नु यस लेखको प्रमुख अभीष्ट हो ।
२. नियात्राकारका रूपमा रमेशमोहन अधिकारीको आगमन 
                रमेशमोहन अधिकारीको जन्म वि. सं. २०१९ चैत्र १० गते साबिक वृन्दावन नगरपालिका १ विश्रामपुर, रौतहटमा सावित्रीदेवी र शिवप्रसाद अधिकारीका कान्छा छोराका रूपमा भएको हो । २०३९ सालमा चर्चा साप्ताहिक पत्रिकामा जनउत्तरदायीशीर्षकको कविता छापिएपछि साहित्ययात्रा सुरु गरेका अधिकारी कविता, कथा, समीक्षा, समालोचना आदि विधामा कलम चलाए पनि मूलतः संस्मरणकार तथा नियात्राकार हुन् । शिक्षित पारिवारिक वातावरणमा हुर्किएका अधिकारी समाज र सामाजिक जनजीवनका आरोहअवरोहलाई आÇनो साहित्य सिर्जनाको स्रोत मान्छन् । नेपाली विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका उनी सिङ्गो जीवन नै अध्ययन र अध्यापनमा बिताइरहेका छन् । उनले वि. सं. २०६३ मा सम्झनाको सेरोफेरो संस्मरण तथा नियात्रा सङ्ग्रह प्रकाशित गरिसकेका छन् । यसका अतिरिक्त रमेशमोहनले सूर्योदय, जूनकिरी, झरना, समनपुष्पजस्ता साहित्यिक पत्रिकाको सम्पादनसमेत गरेका छन् ।
                साहित्यकार रमेशमोहन अधिकारीको मुख्य परिचय नियात्रा र संस्मरण साहित्य लेखनका क्षेत्रमै बनेको छ । मैले चिनेदेखि नै रमेशमोहन शिक्षण र सिर्जनामा प्रतिबद्ध व्यक्ति हुन् । यिनमा एउटा बफादार शिक्षकमा हुनुपर्ने मूलभूत गुणहरू विद्यमान छन् भने एउटा इमानदार स्रष्टामा हुनुपर्ने विशेषताहरू पनि भेटिन्छन् । भाषासाहित्यकै अध्येता भएकाले पनि परिभाषाका वृत्तमा रहेर साहित्यको विविध विधाको ज्ञानार्जन गर्न सदैव इच्छुक र उत्सुक रमेशले विभिन्न विधामा कलम चलाउँदै आएका छन् तापनि यिनको लेखनले सार्थकता पाएको मुख्य विधा भने संस्मरण र नियात्रा नै हो ।” (परिश्रमी, २०७४ ः १०) डा. घनश्याम न्यौपाने परिश्रमीको यस भनाइबाट नियात्राकार रमेशमोहनको विधागत छनोट र सफलता केमा छ भन्ने कुराको सङ्केत पाइन्छ ।
                विभिन्न साहित्यिक तथा भाषिक सङ्घसंस्थाहरूमा आबद्ध रहेर नेपाली भाषा र साहित्यको श्रीवृद्विमा सक्रिय उनको घुम्तीहरू छेलिएपछि संस्मरण तथा नियात्रा सङ्ग्रह उक्त विधाको उनको दोस्रो कृति हो । विभिन्न पत्रपत्रिकामा कथा, कविता, निबन्ध, समीक्षाहरू प्रकाशित भइसकेका अधिकारी साहित्यिक जागरणका कुशल नेतृत्वकर्ता समेत हुन् । उनको लेखनीले सामाजिक जनजीवनको सेरोफेरोलाई समेटेको छ । विशेष गरी संस्मरण र यात्रासाहित्य लेखनमा रुचि राख्ने उनले जीवन भोगाइका ससाना घटना, सन्दर्भ र यात्राका अविस्मरणीय क्षणहरूलाई विषयवस्तु बनाएर संस्मरण तथा नियात्रा लेख्ने गरेको पाइन्छ ।
३. घुम्तीहरू छेलिएपछिसंस्मरण तथा नियात्रा सङ्ग्रहको विश्लेषण
रमेशमोहन अधिकारीद्वारा लिखित घुम्तीहरू छेलिएपछि उनको दोस्रो नियात्रा तथा संस्मरण सङ्ग्रह हो । यस सङ्ग्रहमा लामाछोटा गरी चौबीस वटा रचनाहरू समाविष्ट छन् । तीमध्ये केही व्यक्तिपरक, केही घटनापरक र केही यात्रापरक
रचनाहरू छन् । जसले पाठकलाई जीवन भोगाइका विभिन्न उपक्रमहरूको बोध गराउँदै अन्त्यसम्म लैजान सफल हुन्छन् । यस सङ्ग्रहमा समाविष्ट अधिकांश रचनाहरू यसअघि नै विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । यस सङ्ग्रहमा लेखकले आÇनी आमाको सम्झनामा लेखिएको आमा ¤ मेरी आमा ¤’ शीर्षकको संस्मरणबाट सुरु गरेर बुबाको सम्झनामा लेखिएको मेरो बुबा मेरै स्मृतिमाशीर्षकको संस्मरणबाट अन्त्य गरेका छन् ।
३.१ विषयवस्तु
                विशेषतः यात्रासंस्मरणात्मक निबन्धका विषयवस्तुहरूमा कुनै भौगोलिक तथा प्राकृतिक वर्णन, कुनै ऐतिहासिक, सांस्कृतिक र स्थलविशेषको वर्णन, शैक्षिक दृष्टिले अध्ययन भ्रमण गरिएका विषयहरू, साहित्यिक व्यक्तिसँगको भेटघाट तथा साहित्यिक समारोहमा जाँदाआउँदाका सन्दर्भहरू आदि विषय बनेर आउने गर्दछन् । यिनै घटना परिघटनाहरूको जीवन्त प्रस्तुति नै यात्रा संस्मरणमा हुने गर्दछ । यस कृतिभित्र पनि यात्रासँग सम्बन्धित यिनै पेरिफेरीका विशेष व्यक्तिसँग भएका सन्दर्भहरूको रोचक प्रस्तुति पाइन्छ । त्यसैले यस कृतिमा पनि वैयक्तिक, शैक्षिक, आध्यात्मिक, साहित्यिक गरी विविध विषयवस्तु समेटिएका छन् । जसलाई फरकफरक विषयक्षेत्रका आधारमा यहाँ चर्चा गरिएको छ ः
३.१.१ वैयक्तिक विषयवस्तु
                घुम्तीहरू छेलिएपछि यात्रा संस्मरणात्मक निबन्धसङ्ग्रहभित्र लेखकले आमा ¤ मेरी आमा ¤’, ‘मनै हल्लाउने भुइँचालोमेरो बुबा मेरै स्मृतिमागरी तीन वटा रचनाहरू वैयक्तिक विषयवस्तुप्रधान छन् । आमा ¤ मेरी आमा ¤’ मेरो बुबा मेरै स्मृतिमाशीर्षकको संस्मरणमा आÇना आमा र बुबाको स्मरण गर्दै प्रत्येक मानिसका लागि आमाबाबु भगवान् भएको र उहाँहरूको मृत्युपछि सम्झनामा मात्र चित्त बुझाउनुपर्ने नियतिप्रति मार्मिक मातृ तथा पितृप्रेमको अभिव्यक्ति पाइन्छ । आमाका सम्बन्धमा संस्मरणकारले लेखेका यी हरफहरू सबैको हृदयलाई द्रवीभूत पार्ने खालका छन् ः आमाशब्द त भगवान्भन्दा पनि महŒवपूर्ण रहेछ । भगवान् अदृश्य हुन्छन्, मान्छेले कहिल्यै देख्तैनन्, मानिआएका मात्र हुन् । आमा त जिउँदो हुँदाका दृष्ट र मरेपछि अदृष्ट भगवान् हँुदा रहेछन् । त्यसैले भगवान्को अप्रत्यक्ष आशीर्वादभन्दा आमाको काख नै लाख हुँदो रहेछ । आमाको मृत्युपश्चात् समेत आमाशब्द प्यारो, आदरणीय र पूज्य भइरहँदो रहेछ ।” (पृ.२३)
                यसरी नै मनै हल्लाउने भुइँचालोशीर्षकको संस्मरणमा पनि लेखकको वैयक्तिक अनुभूति पोखिएको पाइन्छ । यसमा वि. सं. २०४५ भदौ ५ र वि. सं. २०७२ वैशाख १२ को त्रासदीपूर्ण भूकम्पको समयावधिको स्मरण गरिएको पाइन्छ । नेपालजस्तो देशमा भूकम्पका कारणले हजारौँ जनधनको क्षति हुने गरेको नमिठो सन्दर्भ वर्णित छ । त्यस्तै नेपालमा दिइने डिजास्टरसम्बन्धी तालिम काँचो रहेको निष्कर्ष पाइन्छ । यस्ता तालिमहरूलाई भूगोल सुहाउँदो बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्दै सुधारको अपेक्षासमेत गरिएको पाइन्छ ।
३.१.२ शैक्षिक विषयवस्तु
                घुम्तीहरू छेलिएपछि नियात्रा तथा संस्मरण सङ्ग्रहमा सबैभन्दा बढी शैक्षिक विषयवस्तुका सन्दर्भहरूसँग सम्बन्धित रचनाहरू सङ्गृहीत छन् । लेखक स्वयम् लामो समयदेखि शिक्षण पेसासँग आबद्ध भएकाले पनि यस्ता विषयवस्तु समेटिनु स्वाभाविक मान्न सकिन्छ । जसअन्तर्गत जिन्दगीको मोड’, ‘सुपर इगोको पौरख’, ‘हुत्तिएर तल खसेको भए’, ‘माछी काँडैले’, ‘कोदाको ढिँडो र आकस्मिक फड्को’, ‘सम्झना समनपुर बसाइको’, ‘इन्द्र सरोवरमा म’, ‘जुके र चिप्लेकिरे बाटोआदि पर्दछन् ।
                जिन्दगीको मोडसंस्मरणमा विद्यालयीय जीवनदेखि जागिर सुरु गर्दासम्मका विविध मनोकाङ्क्षा र वास्तविकतालाई प्रस्तुत गर्दै हाम्रो जस्तो स्वार्थी समाजमा जागिर प्राप्तिका लागि गरिने नराम्रा प्रयासहरूको व्यङ्ग्यात्मक प्रस्तुति पाइन्छ । योग्यता र क्षमताभन्दा नातावाद र कृपावादको कसीमा सक्षम भएकाहरूलाई जागिर दिइने सन्दर्भको चित्रण पाइन्छ । त्यस्तै सुपर इगोको पौरखशीर्षकको रचनामा नेपालका सामुदायिक विद्यालयको अवस्थालाई चित्रण गरिनुका साथै अस्थायी जागिरेले भोग्नुपरेका पीडालाई स्मरण गरेको पाइन्छ भने हुत्तिएर तल खसेको भएशीर्षकको संस्मरणमा पनि शिक्षण पेसा अँगालेर चित्लाङ जाँदा त्रिभुवन राजपथको सिमभन्ज्याङ नजिकै कहालीलाग्दो दुर्घटनाको स्मरण गरेको पाइन्छ । यस निबन्धमा नेपालको भौगोलिक विकटता र यातायातको सुविधा, साँघुरा बाटाहरू र ड्राइभरको अपरिपक्वताप्रति चिन्ता व्यक्त गरिएको पाइन्छ ।
                माछी काँडैलेशीर्षकको नियात्रामा मकवानपुरको पालुङमा आयोजना भएको नेपाली हिज्जे प्रतियोगिताको सन्दर्भ उठान गर्दै सिम्लाङ पुग्दा भोगेको कठिन यात्रा र भौगोलिक सामीप्यको चरम आनन्दको वर्णन पाइन्छ । यस नियात्राको अन्त्यमा प्रस्तुत गरिएको लोकगीतको अंशले पाठकलाई काव्यपान गराउन पनि सफल भएको पाइन्छ । जुन गीतको अंश यसरी प्रस्तुत भएको छ ः
                ठाउँ त टाढा भए तापनि
                मन त टाढा नहोस् है बेइमानी
                माछी काँडैले
                नजर लाउँदैमा छेक्यो डाँडैले.....। (पृ.८६)
                यसै गरी कोदाको ढिँडो र आकस्मिक फड्कोशीर्षकको संस्मरणमा ३८ किलोमिटर लामो बाटो पूरा गरी पुगिने पूर्वी मकवानपुरको फापरबारीमा बस्दा कोदाको ढिँडो मात्र खानुपर्ने त्रास थियो तर त्यहाँ पुग्दा त्यस्तो नभएर सधैँ भात नै खान पाइएको रोचक प्रसङ्गको स्मरण गरिएको पाइन्छ । नियात्राजस्तो लाग्ने यस निबन्धमा शिक्षण पेसा अपनाएर लोकहित मा.वि. पुगेको र निमावि अस्थायी दरबन्दी छोडी निजी स्रोतको जागिर खान महेन्द्र मा.वि. छतिवन आएको सन्दर्भ उल्लेख
गरिएको छ । त्यहाँ बस्दा जूनकिरीनामको हवाइ साहित्यिक पत्रिका प्रकाशन गरी साहित्यको बिउ रोपेको कार्य प्रशंसनीय लाग्छ । त्यस्तै सम्झना ः समनपुर बसाइकोसंस्मरणमा छतिवनबाट मा.वि. तहमा स्थायी भएर रौतहटको समनपुरको शङ्कर गुदर मा.वि. पुगेको सन्दर्भ उल्लेख भएको छ । साथै विमातृभाषी विद्यार्थीलाई पनि उपयुक्त वातावरण दिएमा नेपाली भाषा राम्रोसँग सिक्न सक्ने विश्वास बढेको सन्दर्भको प्रस्तुति पाइन्छ भने इन्द्र सरोवरमा मशीर्षकको यात्रा संस्मरणमा मार्खुमा प्रवेशिका परीक्षाको केन्द्राध्यक्ष बनेर जाँदाको सन्दर्भको स्मरण पाइन्छ । इन्द्र सरोवरमा डुङ्गामा सैर गर्दा युगकवि सिद्धिचरण श्रेष्ठलाई सम्झेको प्रसङ्ग वर्णित भएको छ र जुके र चिप्लेकिरे बाटोशीर्षकको नियात्रामा लेखक स्रोतव्यक्तिको भूमिकामा मकवानपुरको आग्रा पुग्दाको भौगोलिक दृश्यपान पाठकलाई गराउन सफल देखिन्छन् । पहाडी बाटो त्यसमा पनि बाटोमा भएका जुका र चिप्लेकिराले सताएको प्रसङ्ग दुःखद लागे पनि बेलुका नारायणबहादुर कार्की सरको घरमा भएको काव्यगोष्ठीले सुखद अनुभूति गराउन सकेको प्रसङ्गलाई यहाँ रोचक शैलीमा प्रस्तुत गरिएको पाइन्छ ।
३.१.३ आध्यात्मिक विषयवस्तु
                यस घुम्तीहरू छेलिएपछि नियात्रा तथा संस्मरण सङ्ग्रहभित्रका आध्यात्मिक उद्देश्य लिएर गरिएका यात्रामा आधारित संस्मरणहरूले पाठकलाई अलग्गै अनुभूति दिलाएका छन् । त्यस्ता नियात्रा तथा संस्मरणहरूमा रेलमा रमाउँदै’, ‘भव्य रहेछ शान्तिवन’, ‘उडन खटोलामा सरर’, ‘बिदा ¤ जयपुर बिदा ¤¤’ परदेशी ¤ परदेशीगरी पाँच वटा रहेका छन् । आध्यात्मिक यात्रासँग सम्बन्धित रेलमा रमाउँदै नियात्राले लेखक वीरगञ्जदेखि शान्तिवनसम्म रेलमा जाँदाका ससाना दृश्यहरू कैद गरिएका छन् । जसलाई पढ्दा पाठकले आफैँले यात्रा गरेझैँ अनुभूति गर्न सक्छ । त्यस्तै विद्युतीय साधन उडन खटोलामा सररशीर्षकको संस्मरणमा उडन खटोलामा चडेर अम्बाजीको मन्दिर पुगेको अनुभूतिका साथै महावीर जैनको मन्दिर र कुम्भारियाज मन्दिर अवलोकनको सन्दर्भ पाइन्छ । भव्य रहेछ शान्तिवनशीर्षकको निबन्ध रचनामा चाहिँ भारतको प्रसिद्ध भूमि शान्तिवनको आध्यात्मिक र भौतिक सुविधाको वर्णनका साथै ब्रÞमकुमारी राजयोग सेवाकेन्द्रको प्रवचनमा शिक्षक, डाक्टर, वकिल, इन्जिनियर, विद्यार्थी, व्यापारी, पुरुष र महिला सबैको समावेशी उपस्थिति रहेको प्रसङ्गबाट सबै व्यक्तिहरूमा आध्यात्मप्रति झुकाव बढेको कुरालाई प्राथमिकता दिइएको छ । शान्तिवन जाँदा सबैले केही न केही उपहार लग्नुपर्ने संस्कारको सम्मान गर्दै आफूले सिसाको धरहरा किनेर उपहार दिएको सन्दर्भबाट लेखकको देशप्रेम अभिव्यक्त भएको पाइन्छ ।
                यसै गरी आध्यात्मिक विषय नै समेटेको बिदा ¤ जयपुर बिदा ¤¤’ शीर्षकको नियात्रामा आबुरोडबाट जयपुरसम्म बस चढ्दाको सन्दर्भ, महालक्ष्मी मन्दिरको भव्यताको वर्णन र सत्रौँ शताब्दीमा निर्मित दरबार अवलोकनका सजीव दृश्यहरू अनुभूति बनेर पोखिएका छन् । त्यस्तै परदेशी ¤ परदेशी ¤’ शीर्षकको नियात्रामा जयपुरबाट फर्कने क्रममा नयाँ दिल्लीमा गान्धी समाधिस्थलमा श्रद्धाका साथ पुष्पगुच्छा चढाएको र इन्दिरा गान्धी म्युजियम पुगेको सन्दर्भ पाइन्छ, जसबाट पाठकलाई ऐतिहासिक व्यक्तिहरूको सम्झना र जानकारीसमेत प्राप्त भएको  छ ।
३.१.४. साहित्यिक विषयवस्तु
                प्रस्तुत कृतिमा साहित्यिक विषयवस्तु समावेश भएका नियात्रा संस्मरणहरूमा जोसिला बुढा’, ‘हार्दिकताले बाँधिँदा’, ‘कवि केवलपुरेलाई सम्झँदा’, ‘रोचक दाइसँगका कुरा’, ‘खेम एक सम्झना’, ‘आन्नदमय स्थान’, ‘नारायण मेरो आँखामा’, ‘प्रियालाई चिठीगरी आठ वटा रहेका छन् । यस जोसिला बुढाशीर्षकको संस्मरणमा रेडियो नेपालका प्रथम पुस्ताका गायक कलानाथ अधिकारी भेट्दाको सन्दर्भ चित्रण गरिएको पाइन्छ । लेखकले उनलाई भेट्दा बुढेसकालको अवस्थामा पनि जोसिलो पाराले नेपालको तत्कालीन राजनीतिक, सांस्कृतिक, साहित्यिक सन्दर्भमा भलाकुसारी गर्न पाएको वर्णन पाइन्छ भने हार्दिकताले बाँधिँदामा अपरिचित साहित्यिक मित्र रमेश प्रभातलाई ठेगानाको भरमा चितवन उहाँकै घरमा गएर भेट्दा पाएको हार्दिकतालाई विषय बनाइएको पाइन्छ । त्यस घरमा बस्दा सबै परिवारले आत्मीयताको अनुभूत गराउँदा लेखक भावुक भएको सन्दर्भ पाइन्छ ।
                त्यस्तै केवलपुरे किसानलाई सम्झँदाशीर्षकको संस्मरण नरनाथ लुइटेललाई सम्बोधन गरी पत्रात्मक शैलीमा लेखिएको छ । यस निबन्धमा कवि केवलपुरे किसान वि. सं. २०५३ सालमा मकवानपुरको छतिवनमा भएको कार्यक्रममा प्रमुख अतिथि बनेर आउँदाको स्मरण गरिनुका साथै उहाँका कविता र गीतहरूले नयाँ पुस्तालाई अन्याय, शोषण, दमन तथा व्यभिचारजन्य प्रवृत्तिलाई चिर्ने प्रेरणा दिने विश्वास लेखकले व्यक्त गरेका छन् । यस विषयवस्तुकै रोचक दाइसँगका कुराशीर्षकको संस्मरणले मोफसलका स्रष्टालाई राजधानी काठमाडौँले बेवास्ता गरेकोमा गुनासो व्यक्त गरेको सन्दर्भ उल्लेख भएको छ । साथै मुक्तककार हरिकृष्ण काÇले बिरामी भएर भेन्टिलेटरमा राखिएको अवस्थामा भेट्न पुगेको र उपचारपश्चात् पुनर्जीवन प्राप्त गरेको घटना पाठकका लागि मर्मस्पर्शी लाग्छन् ।
                त्यसै गरी आनन्दमय स्थानशीर्षकको निबन्धमा छतिवनको महेन्द्र मा.वि. आउँदा लेखकलाई भएको खुसीको अनुभूति, झरना साहित्यिक परिवारको स्थापना गर्दाको खुसीको क्षण र झरनाको पानीले हुर्केका स्रष्टाहरूको आत्मीयताले दिलाएको खुसीको मिश्रित अभिव्यक्ति पाइन्छ । यस संस्मरणले लेखकको जीवनभरिकै आनन्दमय बसाइ छतिवनको भएको निष्कर्ष दिएको छ । त्यस्तै खेम एक सम्झनाशीर्षकको संस्मरणले मोटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका मकवानपुरे युवा स्रष्टा खेम बानियाँको सम्झना गरिएको छ भने नारायण मेरो आँखामाशीर्षकको सस्ंमरणमा नेपाली साहित्यको स्रष्टा बन्ने सम्भावना देखेको भए पनि असमयमै निधन भएका एक युवा नारायण सापकोटाको स्मरण गरिएको पाइन्छ । त्यस्तै कृतिको अन्त्यतिर समाविष्ट प्रियालाई चिठीसंस्मरणमा पत्रात्मक शैलीमा छतिवनलाई प्रियाका रूपमा मानवीकरण गरी साहित्यिक तथा आत्मिक प्रेम गरेको सन्दर्भ चित्रण भएको छ । यस संस्मरणमा छतिवनलाई साहित्यको उर्वरभूमि भएको र त्यहाँका प्रतिभाहरूलाई विभिन्न क्षेत्रमा राष्ट्रिय पहिचान बनाउन सक्ने क्षमतावान् पात्रहरूका रूपमा यसरी स्मरण गरिएको पाइन्छ– “आहा ¤ झरनाको पानी कति कति पोसिलो ¤ झरनामा नुहाएर, नुहाएको निहुँमा कतिपय अनमोलहरू मणि बने, कतिपय चिरञ्जीवीहरू चकोर बने कतिपय लीलाहरू शिरीष बने, अनि जनक, मीन, अमृत, सुवास, दीपक, राजन, विश्वनाथ, कुमार, देवकी, मुना, वासुदेव, नारायणहरू तृप्त भए । हो, यही तृप्ति आनन्द हो र जीवन पनि ।” (पृ.१४२)
                यसरी नियात्रा तथा संस्मरणभित्र मुख्य रूपमा उल्लिखित विषयवस्तुहरू समेटिए पनि यसभित्र नेपाली जनजीवन, प्रकृति चित्रण, देश, समाज र आफूले यात्रा गर्दाका आत्मीयता, अतिथि सत्कारलगायतका विषयहरू पनि कतै कतै स्मरण गरिएका छन् । त्यस्तै लेखकले यस नियात्रा तथा संस्मरण सङ्ग्रहमा शैक्षिक तथा राजनीतिक बेथितिहरूलाई पनि बाहिर ल्याउन अप्ठ्यारो मानेको पाइँदैन ।
४. भावविधानको आधार 
                संस्मरणकार रमेशमोहन अधिकारीद्वारा लिखित निबन्धहरूमा मुख्य गरी प्रकृति चित्रण, शैक्षिक विकृतिको विरोध, नयाँ पुस्ताप्रतिको विश्वास, मातापिताप्रतिको श्रद्धाभाव, सामाजिक यर्थाथको उद्घाटन र अध्यात्मप्रतिको झुकाव आदि भाव प्रकट भएको पाइन्छ । जसलाई यसप्रकार चर्चा गर्न सकिन्छ ः
४.१. प्रकृति चित्रण
यस घुम्तीहरू छेलिएपछि नियात्रा तथा संस्मरण सङ्ग्रहभित्रका निबन्ध रचनाहरूमा प्रकृति चित्रणलाई मूलभाव बनाएका निबन्धहरूमा माछी काँडैले’, ‘इन्द्र सरोवरमा म’, ‘जुके र चिप्लेकिरे बाटो’, ‘सम्झना समनपुर बसाइको’, ‘कोदाको ढिँडो र आकस्मिक फड्कोआदि पर्छन् । यी निबन्धहरूमा भीमफेदीदेखि मार्खुहुँदै कुलेखानी जलविद्युत् योजनाको बाँध भएर यात्रा गर्दाको अनुभूति, हेटौँडादेखि फापरबारीसम्मको पैदल यात्रा, उकाली र ओराली बाटोमा यात्रा गर्दाको कठिनता, ऐतिहासिक चिसापानी गढीका अवशेषहरूको अवलोकन, चित्रो, सतिबयर र लाली गुराँससँगका साक्षात्कार, इन्द्रसरोवरको सुन्दरता, चित्लाङको प्राकृतिक मनोहारिताका साथै शङ्कर गुदर मा.वि. रौतहटको विद्यालय हाताभित्रका गुलाब, गोदावरी, कमल, पारिजात, बेली, चमेलीजस्ता फूलहरूसँगको सामीप्यको दृश्यात्मक वर्णन गरी पाठकलाई स्थानीय प्रकृतिकै समीपमा विचरण गराउन लेखक सफल भएका छन् । लेखकले आफूसँगै पाठकलाई पनि प्रकृतिको काखमा लुटपुट्याउन खोजेका छन् । यस्ता यात्राहरू शारीरिक रूपमा कष्टकर भए पनि मनलाई भने आनन्द दिने हुन्छन् । उनले आÇना सजीव अनुभूतिका पोखाइसँगै पाठकलाई पनि यात्रानुभूति गर्ने प्रेरणा दिन खोजेका छन् । यसरी प्रकृतिको विचरण गर्दा स्वर्गीय आनन्दको अनुभूति जोकोहीलाई पनि हुन सक्ने विचार लेखकको रहेको पाइन्छ । 
४.२. शैक्षिक विकृतिको विरोध
                यस यात्रा संस्मरणात्मक निबन्ध सङ्ग्रहभित्रका जिन्दगीको मोड’, ‘सुपरइगोको पौरखलगायतका रचनाहरूमा शैक्षिक विकृति र विसङ्गतिहरूको विरोध गरिएको छ । यहाँ लेखकले प्रवेशिका पास भएका हरेक व्यक्ति शिक्षक हुने प्रवृत्तिको विरोधका साथै सामुदायिक विद्यालय व्यवस्थापन समितिको सोच राम्रालाई भन्दा हाम्रालाई जागिर खुवाउन खोज्ने भएकोप्रति गुनासो गर्दै सुधारको अपेक्षा गरेका छन् । त्यस्तै उनले प्रशासनका कमजोरीहरू चुपचाप सहनुपर्ने नियति र बालमनोविज्ञान नबुझी गरिने शिक्षण परिपाटीको अन्त्य हुनुपर्ने विचार व्यक्त गरेका छन् । यी शैक्षिक विकृतिहरूको अन्त्य नभएसम्म शैक्षिक उन्नति नहुनेतर्फ सङ्केत गर्दै समग्र शिक्षणप्रक्रियाको सुधारको अपेक्षा निबन्धमा गरेको पाइन्छ ।
४.३. नयाँ पुस्ताप्रतिको विश्वास
                यस कृतिभित्रका प्रियालाई चिठी’, ‘खेम ः एक सम्झना’, ‘नारायण ः मेरो आँखामा’, ‘केवलपुरेलाई सम्झँदाआनन्दमय स्थानलगायतका निबन्धहरूमा लेखकको नयाँ पुस्ताप्रतिको विश्वास पोखिएको पाइन्छ । लेखकले प्रियालाई चिठीमा मकवानपुर छतिवनका विभिन्न व्यक्तिहरू राष्ट्रिय स्तरका प्रतिभा बन्ने आशा व्यक्त गरेका छन् । त्यस्तै खेम र नारायणमा पनि त्यो सम्भावना हँुदाहँुदै उनीहरूको असायमिक निधनले लेखक मर्माहत भएको पाइन्छ । त्यसै गरी केवलपुरे किसानका कविता र गीतबाट नयाँ पुस्ताले समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण र दमनका विरुद्धमा लागेर समाजलाई सभ्य बनाउने आशा व्यक्त गरेका छन् । नयाँ पुस्ताभित्र लुकेका प्रतिभाहरू प्रस्फुटित भएमा यो देशले काँचुली फेर्नेमा उनी आशावादी देखिन्छन् । यसरी लेखकले नयाँ पुस्ताप्रति निकै सम्भावनाहरू रहेको विश्वास निबन्धहरूमार्फत अभिव्यक्त गरेका छन् ।
४.४. मातापिताप्रतिको श्रद्धाभाव
                यस संस्मरणात्मक निबन्ध कृतिभित्र रहेका आमा ¤ मेरी आमा ¤’ मेरो बुबा मेरै स्मृतिमाशीर्षकका निबन्धमा लेखकभित्र रहेको आमाबाबुप्रतिको श्रद्धाभाव अभिव्यक्त भएको पाइन्छ । उनले प्रत्येक व्यक्तिका लागि आमाबाबु भगवान्भन्दा पनि मूल्यवान् भएको विचार व्यक्त गर्दै मानव जीवनमा आमाबाबुको धेरै महŒवपूर्ण भूमिका रहेको भाव व्यक्त गरेका छन् । यसबाट उनीभित्र रहेको मातृपितृप्रेम स्पष्ट रूपमा बुझ्न सकिन्छ । उनले सबै मानिसहरूले आमाबाबुलाई जिउँदोमा हेरविचार गर्नुपर्ने र मृत्युपछि पनि श्रद्धा गर्न छोड्न नहुने सन्देश निबन्धमार्पmत समाजलाई दिन खोजेका छन् ।
४.५. सामाजिक यथार्थको उद्घाटन
                यस संस्मरणात्मक निबन्ध सङ्ग्रहभित्र लेखकले धेरैजसो निबन्धहरूमा सामाजिक यथार्थको उद्घाटन गर्ने प्रयास गरेका छन् । यस कृतिमा समावेश भएका अधिकांश रचनाहरूमा सामाजिक जनजीवनका यथार्थ घटना र सन्दर्भहरू प्रस्तुत भएको पाइन्छ । त्यस्ता निबन्धहरूमा जिन्दगीको मोड’, ‘हार्दिकताले बाँधिँदा’, ‘हुत्तिएर तल खसेको भए’, ‘जोसिला बुढा’, ‘मनै हल्लाउने भुँइचालोआदि पर्दछन् । यी निबन्धहरूमा उनले नेपाली भाषी विद्यार्थीहरूलाई अङ्ग्रेजी विषय गाह्रो लाग्ने यथार्थ प्रस्तुत गर्दै सामुदायिक विद्यालयको शिक्षण परिपाटी सुधार गर्नुपर्ने विचार व्यक्त गरेका छन् । मानिसहरूले उधारोमा सामान किन्ने प्रवृत्तिले साना व्यापारीहरू टाट पल्टिने गरेको सन्दर्भ उठान गर्दै नगदमा सामान किन्न सुझाएको पाइन्छ । त्यस्तै ड्राइभरहरू अपरिपक्व हुँदा दुर्घटना बढ्ने गरेको तितो यथार्थ उद्घाटन गर्दै दक्ष चालक भएमा यातायातका साधनहरूप्रति जनताको हेर्ने दृष्टिकोणमा सुधार हुनेतर्फ सङ्केत गरेका छन् । त्यस्तै प्राकृतिक विपत्तिसम्बन्धी दिइने तालिमहरू नेपाली परिवेशअनुकूल नभएकोे यथार्थ प्रस्तुत गर्दै त्यस्ता तालिमहरूमा सुधार गर्न सके आगामी दिनमा प्राकृतिक विपत्तिहरूले कम क्षति पु¥याउने सन्देश दिन खोजेका छन् ।
                लेखक अधिकारीले विश्वमा महात्मा गान्धी, इन्दिरा गान्धीजस्ता महान् व्यक्तिहरूको हत्या हुने गरेको र  नेपालमा पनि दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्रको सर्वनाश हुन पुगेको नमिठो तथ्य अघि सार्दै जीवितै हुँदा सम्मान नपाउने र मरेपछि श्रद्धापूर्वक स्मारक, सङ्ग्रहालय बनाइने यथार्थको उद्घाटन गरेको पाइन्छ । लेखकले हाम्रो सामाजिक संस्कारले अथिति देवो भवलाई मूल मन्त्र मान्दै आएको सन्देश निबन्धमार्फत् दिन सफल भएका छन् । त्यस्तै साहित्य, सङ्गीत, सञ्चार, खेलकुदजस्ता विविध क्षेत्रमा काठमाडौँ अघि बढेको भए पनि गाउँहरू अझै विकटता र गरिबीको सिकार भएर पछि परिरहेको यथार्थ प्रस्तुत गर्दै मोफसल र राजधानीको दूरी कम गर्ने कार्यमा लाग्नुपर्नेतर्फ सबैलाई सचेत गराउन खोजेका छन् । यसरी विभिन्न सामाजिक यथार्थपरक सन्दर्भहरू प्रस्तुत गर्दै निबन्धकारले समाजका विविध क्षेत्रमा सुधारको अपेक्षा राखेको पाइन्छ ।
४.६. अध्यात्मप्रतिको झुकाव
      यस नियात्रा सङ्ग्रहभित्र अध्यात्मप्रति लेखकको झुकाव बढेको विभिन्न रचनाहरूमा उल्लेख भएका धार्मिक यात्रा सन्दर्भहरूबाट बुझ्न सकिन्छ । यस्ता निबन्धहरूमा भव्य रहेछ शान्तिवन’, ‘रेलमा रमाउँदै’, ‘उडन खटोलामा सरर’, ‘परदेशी ¤ परदेशी ¤’ बिदा ¤ जयपुर बिदा ¤’ आदि पर्छन् । यी निबन्धहरूमार्फत् लेखकले भारतका विभिन्न ठाउँहरूमा आध्यात्मिक आस्था च्यापेर गरेको यात्राको क्रममा पाएका विविध सूचना तथा जानकारीहरू पाठकहरूसमक्ष सम्प्रेषण गर्न खोजेको पाइन्छ । वीरगन्ज, रक्सौलहँुदै भारतका विभिन्न ठाउँहरूमा गरेका यात्राका ससाना घटनाहरूको वर्णन यी निबन्धहरूमा गरिएको छ । त्यस्तै त्यहाँका भौतिक सुविधाहरूको वर्णन गर्दै हाम्रो देशमा पनि रेल, सुविधायुक्त बस, आधुनिक खाना पकाउने प्रविधिहरूको विकास हुनुपर्नेमा जोड दिएका छन् । यस्ता विषयको उठानबाट समय र श्रमको पनि बचत हुने कुरातर्फ सङ्केत गर्दै उनले आफूलाई आधुनिक विकास निर्माणका पक्षमा उभ्याएका छन् । त्यसै गरी धार्मिक उद्देश्यबाट प्रेरित यात्राहरूमा धार्मिकभन्दा भौतिक सुखसुविधाको वर्णन बढी भएको पाइन्छ । संसारको गुलाबी सहर जयपुरको भव्यता, वृन्दावनको सुन्दरता, गान्धी समाधिस्थलको भव्यता र शान्तिवनको आधुनिकता आदिको वर्णन गर्दै यस्ता भव्यता र सुन्दरताले सबैलाई लोभ्याउने निष्कर्षमा लेखक पुगेको देखिन्छ । त्यस्तै मन्दिरहरूको दर्शन, प्रसाद अर्पण र उपहार दिने संस्कारहरूको समेत जानकारी दिँदै पाठकलाई यस्ता यात्राले दिने मनोरञ्जनको स्वाद निबन्धहरूबाट पनि चखाउन खोजेको पाइन्छ ।
                यसरी यस घुम्तीहरू छेलिएपछि नियात्रा तथा संस्मरण सङ्ग्रहमा मूलतः लेखक अधिकारीले आफूले देखेका, सुनेका, भोगेका र यात्राका क्रममा प्राप्त भएका विभिन्न अनुभव र अनुभूति सम्पूर्ण पाठकहरूमाझ सम्प्रेषण गर्ने उद्देश्य लिएको पाइन्छ । उनले आÇना भोगाइहरूमा पाठकलाई पनि एकसाथ सहभागी बनाउने प्रयत्न गरेको पाइन्छ । आफूले गरेको यात्रा र यात्रा गरेका ठाउँका बारेमा सूचना तथा जानकारीहरू पनि यस कृतिभित्र दिइएको पाइन्छ । यहाँका अधिकांश संस्मरणहरूमा शैक्षिक र साहित्यिक क्षेत्रमा भएका विविध विकृति र विसङ्गतिप्रतिको प्रहारबाट शिक्षा लिनुपर्ने सन्देश दिन खोजेको देखिन्छ । त्यसै गरी केही संस्मरणका शैक्षणिक, साहित्यिक र आध्यात्मिक प्रसङ्गहरूले पाठकलाई मनोरञ्जन पनि दिन खोजेको पाइन्छ । यहाँका केही वैयक्तिक घटनाहरूको मार्मिक प्रस्तुतिले हृदयको भित्री तहमै छुन सफल भई पाठकलाई भावुक बनाउन सकेका छन् । यसर्थ पछिल्लो पुस्तालाई यस कृतिले मार्गदर्शन गर्ने कुरामा पनि आशावादी बन्न सकिन्छ । समग्रमा यस कृतिबाट नेपाली यात्रासाहित्यको क्षेत्रमा महŒवपूर्ण उपलब्धि हुने आशा गर्न सकिन्छ ।
५. भाषाशैलीको आधार
                घुम्तीहरू छेलिएपछि आत्मपरक शैलीमा लेखिएको यात्रासंस्मरणात्क निबन्ध कृति हो । यस कृतिमा संस्मरणकार स्वयम्ले देखेका, भोगेका, अनुभव गरेका, घटनासँग सम्बन्धित विषयवस्तु भएकाले यस सङ्ग्रहभित्रका रचनाहरूमा संस्मरणकार अधिकारीको निजीपन भेट्न सकिन्छ । त्यसैले यो संस्मरण तथा नियात्रासङ्ग्रह निजात्मक गद्य लेखनशैली प्रस्तुत गरिएको एक महŒवपूर्ण कृति हो । यस सङ्ग्रहभित्र समाविष्ट रचनाहरूको अध्ययन गर्दा लेखकले विविध शैलीहरूको प्रयोग गरेको पाइन्छ । यस क्रममा कुनैमा वर्णनात्मक शैली, कुनैमा पत्रात्मक शैली, कुनैमा संस्मरणात्मक शैली, कुनैमा कवितात्मक शैलीको प्रयोग गरिएको पाइन्छ । यस सङ्ग्रहभित्रका रचनाहरूमध्ये रोचक दाइसँगका कुरा’, ‘कवि केवलपुरेलाई सम्झँदाप्रियालाई चिठीपत्रात्मक शैलीमा लेखिएका छन् । जुन शैलीले पाठकलाई रचना पढ्दा रोचक र मिठासपूर्ण लाग्ने गर्दछ । त्यस्तै केही नियात्रात्मक शैलीको प्रयोग गरी लेखिएका छन् । जसअन्र्तगत रेलमा रमाउँदै’, ‘माछी काँडैले’, ‘बिदा ¤ जयपुर बिदा ¤’, ‘परदेशी ¤ परदेशी ¤’ जुके र चिप्लेकिरे बाटोआदि पर्छन् । यी निबन्ध रचनाहरूमा नियात्रात्मक शैलीको सफल प्रयोग पाइन्छ । त्यस्तै आमा ¤ मेरी आमा ¤’, ‘खेम एक सम्झना’, ‘नारायण मेरो आँखामा’, ‘सम्झना समनपुर बसाइको’, ‘मेरो बुबा मेरै स्मृतिमाआदि रचनाहरू संस्मरणात्मक शैलीको प्रयोग गरी लेखिएका निबन्ध
रचनाहरू हुन् । यी रचनाहरूमा स्मृतितŒव प्रबल बनेर देखा परेको देखिन्छ भने बाँकी संस्मरणहरू वर्णनात्मक शैली प्रयोग गरेर लेखिएका छन् । त्यस्तै केही संस्मरणहरूमा मिश्रित शैलीको प्रयोग पाइन्छ । कुनैकुनै निबन्धहरूमा नियात्रा र संस्मरणहरू पनि मिसिएको देखिन्छ । यस सङ्ग्रहका कतिपय रचनाहरू गीत, लोकगीत र कविताहरूको प्रयोगका साथ समापन गरिएका छन् । जसले पढ्दा मिठास र रोचकता थप्दै सन्तुलित बनाएका छन् ।
                यस यात्रा संस्मरणात्मक निबन्धसङ्ग्रहमा सरल एवम् सहज भाषाको प्रयोग गरिएको पाइन्छ । यस कृतिभित्रका रचनाहरूमा लामा लामा वाक्य गठन, कठिन शब्दहरूको प्रयोग र जटिल कवितात्मक भाषाको प्रयोग गरिएको पाइँदैन । यद्यपि केही आगन्तुक शब्दहरूको प्रयोग भने पाइन्छ । केही रचनाहरूमा गरिएको नेपाली उखानटुक्काको प्रयोगले अभिव्यक्तिलाई मिठासपूर्ण बनाएको छ । केही संस्मरणहरूमा संस्मरणकार अधिकारीले प्रकृतिलाई मानवीकरण गरी प्रस्तुत गरेको पाइन्छ । यस्तो प्रयोग प्रियालाई चिठीशीर्षकको संस्मरणमा यसरी गरिएको छ ः
                प्रिय छतु,
                धेरै धेरै सम्झना ¤
                तिमीलाई मैले छाडेको एक वर्ष नाघिसकेछ । यस बिचमा तिमीलाई एउटा चिठी पठाएको थिएँ । तिमीले पाएकी हुनुपर्छ तर मैले जबाफ पाउन सकिनँ, दुःख लागिरहेको छ । मेरा जीवनका ऊर्जाशील वर्षहरूमा तिम्रो र मेरो बिच फस्टाएको प्रेमले गर्दा नै तिम्रो पत्रको उत्तर नपाए तापनि पत्र कोर्ने धृष्टता गर्दै छ” (पृ.१३९)
यसरी नै इन्द्र सरोवरमा मशीर्षकको संस्मरणमा लेखकले डुङ्गामा सयर गर्दैगर्दा कवि सिद्धिचरण श्रेष्ठको ओखलढुङ्गाकविताका हरफहरू यसरी सम्झिएका छन् ः
                जब म चढेर भावको डुङ्गा
                सयर गर्छु स्मृतिको प्रिय गङ्गा
                स्वप्न गगनबाट सुशीतल जल
                सुख स्मृतिको बर्सन्छ रिमझिम
                मेरो प्यारो... ... ... ... ... ।” (पृ. १३२)
                यसरी कवितात्मक दृष्टान्तलाई पनि यहाँ प्रयोग गरेको पाइन्छ । त्यस्तै परदेशी ¤ परदेशी ¤’ शीर्षकको रचनामा चर्चित हिन्दी गीतको अंश प्रयोग गरी अन्त्य गरेको भेटिन्छ ः
                परदेशी ¤ परदेशी ¤¤
                जाना नहीँ
                मुझे छोड्के, मुझे छोड्के ¤” (पृ. १२२)
                त्यस्तै भाषिक विचलनहरूको पनि प्रयोग गरिएको पाइन्छ । जस्तो को बहुवचन हामीहुनुपर्नेमा महरूको प्रयोग गरिएको छ । (पृ. १२३) यस्तो भाषिक विचलनले पाठकलाई रचना पढ्दा भने मिठास दिइरहेको हुन्छ । यस संस्मरणभित्र उखानटुक्का, गीतिभाषा, कवितांशहरूका साथै तत्सम, तद्भव र आगन्तुक शब्दहरूको प्रयोग पाइनु नै यस कृतिका भाषिक विशेषताहरू हुन् ।
६. निष्कर्ष
                नियात्रा तथा संस्मरणात्मक रूपमा लेखिएको यस सङ्ग्रहभित्र संस्मरणकार अधिकारीले शिक्षण पेसाका क्रममा भोगेका तथा साहित्यिक यात्राका क्रममा प्राप्त गरेका र भारतको विभिन्न ठाउँहरू आध्यात्मिक उद्देश्य राखेर गरिएका यात्राहरूबाट प्राप्त अनुभव र अनुभूतिहरूलाई प्रस्तुत गरेका छन् । त्यस्तै केही संस्मरणहरूमा वैयक्तिक सन्दर्भहरू पनि प्रस्तुत भएका छन् । यी संस्मरणहरूलाई अध्ययन गर्दा केही संस्करण तथा नियात्राहरूमा विषयवस्तु, भाव र स्थान दोहोरिएझैँ लाग्छन् भने केही संस्मरणहरूमा कला पक्ष कमजोर देखिन्छ । यस्ता केही कमजोरीहरूलाई छाड्ने हो भने समग्रमा यी संस्मरणात्मक निबन्धहरू आमाबाबुलाई सम्मान गर्नुपर्ने, समाजमा भएका विभिन्न विकृतिहरू हटाउन पहल गर्नुपर्ने, गलत संस्कारहरू सच्याएर अगाडि बढ्नुपर्ने, तालिमहरूलाई हाम्रो वातावरणअनुकूल रूपान्तरण गरेर सञ्चालन गर्नुपर्ने र बोलेका आश्वासनहरू सबैले पूरा गर्नुपर्ने जस्ता सार कुराको बोध गराउन सफल देखिन्छन् । त्यस्तै संस्मरणकारले कुनै रचनामा पनि कोरा काल्पनिकता नभई यथार्थको अभिव्यक्ति दिएको पाइन्छ ।
                यस यात्रा संस्मरण सङ्ग्रहका सम्पूर्ण नियात्रा तथा संस्मरणहरूमा विषयगत विविधता, प्रस्तुतिगत सरलता र भाषागत बोधगम्यताको संयोजन भएकाले यात्रा संस्मरणात्मक निबन्ध लेखनमा लेखक सफल देखिन्छन् । कृतिभित्र बिचबिचमा प्रयोग गरिएका रोचक प्रसङ्गहरूले सम्पूर्ण रचनाहरू मार्मिक र भावात्मक बनेका छन् । यी यात्रा संस्मरणात्मक निबन्धहरूले सम्पूर्ण संस्मरणप्रेमी पाठकहरूको मन जित्ने विश्वास गर्न सकिन्छ ।
सन्दर्भसामग्री
अधिकारी, रमेशमोहन, २०७४, घुम्तीहरू छेलिएपछि, मकवानपुर ः झरना साहित्यिक परिवार ।
पोखरेल, बालकृष्ण र अन्य, (सम्पा.), २०६७, नेपाली बृहत् शब्दकोश, सातौँ संस्क., काठमाडौँ ः ने.रा.प्र.प्र. ।
प्रधान, प्रमोद, २०६६, नेपाली निबन्धको इतिहास, प्रथम.संस्क., काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
प्रधान, भिक्टर, २०५५, “यात्रासाहित्यनेपाली साहित्यकोश, काठमाडौँ ः ने. रा. प्र. प्र. पृ. ६७३६७७ ।
बराल, ईश्वर र अन्य, (सम्पा.), २०५५, नेपाली साहित्यकोश, काठमाडौँ ः ने. रा. प्र. प्र. ।
व्यास, निर्मोही, २०७०, यात्रासाहित्यको सिद्धान्त, ललितपुर ः वीणा पोखरेल ।
शर्मा, तारानाथ, २०३४, बेलाइततिर बरालिँदा, तेस्रो. संस्क., ललितपुर ः साझा प्रकाशन ।
श्रेष्ठ, दयाराम, २०५६, नेपाली साहित्यको सङ्क्षिप्त इतिहास, पाँचौँ. संस्क., ललितपुर ः साझा प्रकाशन ।
सुवेदी, राजेन्द्र, २०५५, “निबन्ध”, नेपाली साहित्यकोश, काठमान्डौँ ः ने. रा.प्र.प्र., पृ. ३८२३८९ ।


No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails