अनामग्राममा कुनै बेला दुईजना अचुक निसानाबाजहरु थिए । ती दुवैको सिकारपनामा कहिल्यै कमजोरी आउन पाएको थिएन । एक दिन ती दुवै सिकार गर्न सँगै जङ्गल पसेका थिए । एउटा घनघोर जङ्गलको माझमा पुगेपछि दुइटा बाटाहरू देखिए । एकजनालाई दायाँतिरबाट जाँदा सिकार पाइने लाग्यो र अर्कालाई बायाँपट्टिबाट ।
आ-आफ्ना निसानाको अचुकताले दुवैको अहम् चरमावस्थामा पुग्यो र ती एकै बाटाबाट अघि बढ्न नसक्ने भए । आखिर ती दुई छुट्टिए । ती दुवै झन्नै उस्तै गतिमा हिँड्दै थिए । दुवैले भिन्नाभिन्नै बाटामा कुनै वस्तुको सरसराहट सुने । ती दुवैलाई लाग्यो ‘सिकार पक्कै उनीहरूको नजिक आउँदै छ ।’ दुवैले आआफूले आवाज सुनेका दिशामा गोली छाडे ।
नीरव वनमा एक्कासि दुई ठूला आवाजहरू ध्वनन-प्रतिध्वनन भए ‘ड्याङ्ङ ! ड्याङ्ङ !!’ उनीहरू दुवैको निसाना अचुक नै थियो तर ती निसानाहरूका सिकार ...................!
शिकार उनीहरु आफैं भएका हुन्? हुन् भने त्यो रहस्यलाई कथाको अन्त्यमा राखिदिनुनै राम्रो होला। नत्र यो कथा एकदम अष्पष्ट लाग्छ।
ReplyDeleteमैले भने दुबैका शिकार ती दुबै नै भएको मानेर पढें । कथा छोटो भए पनि यसमा नलेखिएका धेरै कुराको पनि यही कथाले देखाउँछ । धेरै कुरा र प्रसंगसंग यसलाई जोडेर हेर्न सकिन्छ जस्तो लाग्यो ।
ReplyDeleteछोटो तर शन्देशमुलक बेजोड कथा !
मैले पनि दिलिपजीकै भर्सनमा बुझे।। साहै राम्रो ज्ञानमु्लक लाग्यो। धन्यबाद
ReplyDeleteपरस्परमा निशाना बनेको छनक दिने कथा सटिक र संदेशमुलक छ| छोटो मीठो छ |
ReplyDelete