एक त्यान्द्रो गुन्द्रुक
गिजामा अड्किरहन्छ
दाँतलाई दु:ख दिइरहन्छ
जिब्रोलाई सक्रिय मात्र पारिरहन्छ
र
मेरो मस्तिष्कलाई
उतै केन्द्रित पारिदिन्छ
कस्तो रहेछ
न त्यसै त्यसै बिलाउने
न हतपत बाहिर नै आउने
कस्तो अधबेस्रो यो
उकुच पल्टेको घाउजस्तो
भिरमा फलेको फर्सीजस्तो
न यसो गर्दा हुन्छ
न उसो गर्दा हुन्छ
यसले मलाई खालि दु:ख दिन्छ
न यो रहनुको प्रयोजन छ
न यो आफैँ मेरो मर्का बुझ्न प्रयत्नरत छ
स्वार्थ पूरा गर्न मात्र तयार देखिन्छ यो
पीडा दिन मात्र तयार भेटिन्छ यो
कस्तो यो कस्तो कस्तो
न यसोको न उसोको
एक त्यान्द्रो गुन्द्रुक !
एक त्यान्द्रो गुन्द्रुकबाट पनि यस्तो राम्रो कविता बन्ने रहेछ, वाह!
ReplyDeleteHo hai. gundruk bhaye pani jyardo po rayecha ta.
ReplyDelete1 tyandro gundruk ko kabitale jado mahinama gundruk bhatamasko tarkarisaga bhat khanuko majja samjhayo.ajhakabitako antarbastule chahi sisiphasko katha samjhayo.sir badhai.
ReplyDeleteगुन्द्रुकको विम्बमा उनिएको कविता मिठो लाग्यो।
ReplyDeleteकविता पढ्दा रमाइलो लाग्यो, प्रचन्डले माधब नेपाललाई गाली गरेजस्तो पनि लाग्यो |
ReplyDeleteप्रयोगवादी खालको !
ReplyDeleteटिप्पणी गर्नुहुने सम्पूर्ण मित्रहरूलाई धन्यवाद !
ReplyDelete