कोही पाखाको मकै देखेर
थाप्लोमा हात राख्तै
धिक्कार्दै छन् आफूलाई
कोही मौसमी र
बेमौसमी तरकारी लाएर
सपार्दै छन् आफूलाई
कहिल्यै बत्ती ननिभ्ने पालुङसँग
कुम जोडेर पनि
विकासलाई आतुरतासाथ आत्मसात गर्ने
डाँडाबासको नाकैमुन्तिर रहेर पनि
अझै अँध्यारै छ कालीखोला
अन्तै अन्तैको विकासे खबर सुनेर
चित्त बुझाउन विवश छ कालीखोला
चेतनाको राँकोले
बिस्तारै छुन खोजेको छ कालीखोलालाई
र त
झाँक्री बासँग मात्र
चित्त बुझाएर बस्तैन कालीखोला
नजिकैको ‘हेल्पोस’ पनि
धाउन थालेको छ कालीखोला
कालीखोलाको गति र
कालीखोले हावाको बहाव
बुझ्न खोज्दै छ कालीखोलाले
र त
डोल्मा र पासाङहरु
स्कुल
जान थालेका छन् हिजोआज
अब
पिरोलिन मात्र छाडेको छ कालीखोला
कठ्याङ्ग्रिन मात्र छोडेको छ कालीखोला
कालीखोला अब उठ्नेछ
र
उठिरहनेछ भालेको डाँकसँगै
उज्यालिने छ बिहानीको घाम जस्तै !!!
(Source of Photo:- Click Here )
नेपालको आम गाँउहरुको सचित्र वर्णन !!
ReplyDeleteभाषा-शैली र शब्द चैयन सरस र सहज लाग्यो । सामाजिक कविता ।
ReplyDeleteसहज र सजीव वर्णन! आशावादिता, उत्साह र सकारात्मक सन्देशले भरिएको छ कविता!
ReplyDeleteबड़ो रमाइलो लाग्यो , कालीखोलाको कबिता |
ReplyDeleteरमेशमोहन जी ! तपाइँ प्राकृतिक बस्तुलाई आशा र विकाशको प्रतिर्कात्मक रुपमा वर्णन गर्न माहिर हुनु हुदो रहेछ !
ReplyDeleteनिकै ससक्त रहेको छ !