कालीखोला



कोही पाखाको मकै देखेर
थाप्लोमा हात राख्तै
धिक्कार्दै छन् आफूलाई
कोही मौसमी र
बेमौसमी तरकारी लाएर
सपार्दै छन् आफूलाई

कहिल्यै बत्ती ननिभ्ने पालुङसँग
कुम जोडेर पनि
विकासलाई आतुरतासाथ आत्मसात गर्ने
डाँडाबासको नाकैमुन्तिर रहेर पनि
अझै अँध्यारै छ कालीखोला
अन्तै अन्तैको विकासे खबर सुनेर
चित्त बुझाउन विवश छ कालीखोला

चेतनाको राँकोले
बिस्तारै छुन खोजेको छ कालीखोलालाई
र त
झाँक्री बासँग मात्र
चित्त बुझाएर बस्तैन कालीखोला
नजिकैको ‘हेल्पोस’ पनि
धाउन थालेको छ कालीखोला

कालीखोलाको गति र
कालीखोले हावाको बहाव
बुझ्न खोज्दै छ कालीखोलाले
र त
डोल्मा र पासाङहरु
स्कुल
जान थालेका छन् हिजोआज
अब
पिरोलिन मात्र छाडेको छ कालीखोला
कठ्याङ्ग्रिन मात्र छोडेको छ कालीखोला

कालीखोला अब उठ्नेछ

उठिरहनेछ भालेको डाँकसँगै
उज्यालिने छ बिहानीको घाम जस्तै !!!

Beautiful_village

(Source of Photo:- Click Here )

5 comments:

  1. नेपालको आम गाँउहरुको सचित्र वर्णन !!

    ReplyDelete
  2. सुन्दर लुइटेलMay 5, 2010 at 5:01 PM

    भाषा-शैली र शब्द चैयन सरस र सहज लाग्यो । सामाजिक कविता ।

    ReplyDelete
  3. सहज र सजीव वर्णन! आशावादिता, उत्साह र सकारात्मक सन्देशले भरिएको छ कविता!

    ReplyDelete
  4. बड़ो रमाइलो लाग्यो , कालीखोलाको कबिता |

    ReplyDelete
  5. रमेशमोहन जी ! तपाइँ प्राकृतिक बस्तुलाई आशा र विकाशको प्रतिर्कात्मक रुपमा वर्णन गर्न माहिर हुनु हुदो रहेछ !
    निकै ससक्त रहेको छ !

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails