अप्ठ्यारो प्राप्ति



एउटा स्पष्ट चित्र छ
सुदूरमा
जो धेरैलाई मन पर्छ

थोरैलाई मन पर्दैन

टाढाको, साह्रै टाढाको त्यो चित्र
कल्पनाको मात्र भए पनि
सपनाको मात्र भए पनि
दन्त्यकथाको
अप्ठ्यारो प्राप्तिझैँ भए पनि
त्यो प्यारो छ, सबैको प्यारो


त्यो चित्र
छुन र भोग्न
बडो अप्ठ्यारो छ
किनभने
त्यहाँसम्म पुग्ने बाटाहरू
स्पष्ट छैनन्
सजिला छैनन्
त्यसैले
चित्र छुन र भोग्न चाहनेहरू
चित्रसम्म पुग्ने बाटो खोज्दै छन्

त्यहाँसम्म पुग्न सक्ने
समर्थ पथप्रदर्शक खोज्दै छन्
बाटाहरू अस्पष्ट छन्
धूमिल छन्
र पनि
चित्रसम्म पुग्न डोर्याउने
साहसी खोज्दै छन्
धेरै मान्छेहरू

निकै धेरै मान्छेहरू !

 12

 

(फोटो स्रोत :- यहाँ क्लिक गर्नुहोस् )

4 comments:

  1. निकै राम्रो रहेछ यहाँको सामाग्रीहरु। पालै पालै पढ्दै गए।

    ReplyDelete
  2. निकै राम्रो कविता आशा,संघर्ष अनि विश्वाशको । त्यो स्पष्ट चित्र सम्म पुग्ने उत्कट चाहना छ हाम्रो पनि ।

    ReplyDelete
  3. तपाइंको चित्र त मलाई संबिधान बनेपछि बन्ने नयां संघिय नेपालको जस्तो लाग्यो | पहिला त संबिधान नै बन्नु पर्यो | (गलत बुझेको भए क्षमाप्रार्थी छु है )

    ReplyDelete
  4. प्राप्ति अप्ठ्यारो नै भए पनि ... त्यो सुदुरमा रहेको सुन्दर दृश्य प्राप्तिको लागि ... प्राय सबैको मन आकृष्ट रहेको हुन्छ किनकी सबै लाइ राम्रो र असल चाहिएको छ !

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails