कागजको घोडा



त्यो त कागजको घोडा हो
जो एक झोक्का हावाले
ढल्न सक्छ
एक घुस्सा मात्रले पनि
कच्याककुचुक हुन सक्छ


कागजको घोडाको
के पाइन हुन्छ र ?
केही छिटा पानीले
गल्न सक्छ
पानीको एउटा सानै लहरले पनि
बग्न सक्छ

जनआन्दोलन


कागजको घोडा
आखिर कागतकै हो
चाहे त्यो गत्ताको होस्
चाहे नेपाली कागतको
वा
साधारण रोलदार,
फुलिस्केपको
त्यो एक काँटी सलाईको
खेल त हो 


त्यसैले
त्यति कमजोर घोडाले होस्
वा
त्यसमाथि काठी कस्नेले होस्
फुर्ती लाइरहनु आवश्यक छैन
किनभने
घोडा जस्तो देखिए पनि
आखिर कागतकै हो  !

(२०६२-६३को आन्दोलनका क्रममा सशस्त्र सेनाको घेराबन्दीबीच २०६३ वैशाख ५ गते चन्द्रनिगाहपुरको दुर्गाचोकमा सुनाइएको कविता )

(Source of photo : Click here)

3 comments:

  1. निकै साहसपूर्ण काम गर्नुभएको रहेछ ,अधिकारीज्युले | यस्तो चोटिलो व्यंग सेनाको घेराबन्दीमा सुनाएर! कागजी घोडा त ढलिहाल्यो नि |

    ReplyDelete
  2. यहाँ र यहाँका पाठकहरुलाई नयाँ सालको शुभकामना !

    ReplyDelete
  3. कागजको घोडाको एक अंश जेठ् ९ गतेको कार्यक्रम बुलन्द आवाजमा बिहान सवा ९ बजे

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails