एउटा स्पष्ट चित्र छ
सुदूरमा
जो धेरैलाई मन पर्छ
र
थोरैलाई मन पर्दैन
टाढाको, साह्रै टाढाको त्यो चित्र
कल्पनाको मात्र भए पनि
सपनाको मात्र भए पनि
दन्त्यकथाको
अप्ठ्यारो प्राप्तिझैँ भए पनि
त्यो प्यारो छ, सबैको प्यारो
त्यो चित्र
छुन र भोग्न
बडो अप्ठ्यारो छ
किनभने
त्यहाँसम्म पुग्ने बाटाहरू
स्पष्ट छैनन्
सजिला छैनन्
त्यसैले
चित्र छुन र भोग्न चाहनेहरू
चित्रसम्म पुग्ने बाटो खोज्दै छन्
र
त्यहाँसम्म पुग्न सक्ने
समर्थ पथप्रदर्शक खोज्दै छन्
बाटाहरू अस्पष्ट छन्
धूमिल छन्
र पनि
चित्रसम्म पुग्न डोर्याउने
साहसी खोज्दै छन्
धेरै मान्छेहरू
(फोटो स्रोत :- यहाँ क्लिक गर्नुहोस् )
निकै राम्रो रहेछ यहाँको सामाग्रीहरु। पालै पालै पढ्दै गए।
ReplyDeleteनिकै राम्रो कविता आशा,संघर्ष अनि विश्वाशको । त्यो स्पष्ट चित्र सम्म पुग्ने उत्कट चाहना छ हाम्रो पनि ।
ReplyDeleteतपाइंको चित्र त मलाई संबिधान बनेपछि बन्ने नयां संघिय नेपालको जस्तो लाग्यो | पहिला त संबिधान नै बन्नु पर्यो | (गलत बुझेको भए क्षमाप्रार्थी छु है )
ReplyDeleteप्राप्ति अप्ठ्यारो नै भए पनि ... त्यो सुदुरमा रहेको सुन्दर दृश्य प्राप्तिको लागि ... प्राय सबैको मन आकृष्ट रहेको हुन्छ किनकी सबै लाइ राम्रो र असल चाहिएको छ !
ReplyDelete