किर्र किरिर्र किर्र किरिर्र
आवाजहरू आइरहेछन्
मेरा अगाडिबाट
मेरा पछाडिबाट
मेरा छेउहरूबाट
धुलो खाइरहेछु म
प्रस्तरको
मेरो नाकमा धुलो पसेको छ
र पनि
निमग्न छु यी आवाजहरूमा
तल्लीन छु यी आवाजहरूमा
चौबासे र चेतना
लेखक :
रमेशमोहन अधिकारी
समयको चाल बुझ्न नसक्ता
चौबासेहरू
जौ खेतीमै मग्न भए
कालो अक्षर र भैँसीको मोल
एउटै तोकेर
निरक्षर नै रहे
गोरेटा बाटा
ध्वाइँला चुला र
ध्वाँसे बत्तीमै मस्त रहे
तर समयले
अलिकता भने पनि
पाठ पढाउन भ्याएको छ
चौबासेहरूलाई
र त
अब उनीहरू
साना नानीहरू
किशोर किशोरीहरू
तन्नेरी–तरुनीहरू
बुढा बुढीहरू
सबैलाई अक्षर चिनाउन खोज्दै छन्
अक्षरको महत्त्व बुझ्दै
बुझाउँदै छन्
र
चौबासेहरू
जौ खेतीमै मग्न भए
कालो अक्षर र भैँसीको मोल
एउटै तोकेर
निरक्षर नै रहे
गोरेटा बाटा
ध्वाइँला चुला र
ध्वाँसे बत्तीमै मस्त रहे
तर समयले
अलिकता भने पनि
पाठ पढाउन भ्याएको छ
चौबासेहरूलाई
र त
अब उनीहरू
साना नानीहरू
किशोर किशोरीहरू
तन्नेरी–तरुनीहरू
बुढा बुढीहरू
सबैलाई अक्षर चिनाउन खोज्दै छन्
अक्षरको महत्त्व बुझ्दै
बुझाउँदै छन्
र
‘घुम्तीहरू छेलिएपछि’भित्रका सान्दर्भिक चित्रहरू
लेखक :
रमेशमोहन अधिकारी
लेखकः विश्वनाथ सन्जेल
१. विषय प्रवेश
‘बन्ध’
आधारपदमा
‘नि’ उपसर्ग लागेर बनेको निबन्ध शब्दको अर्थ राम्ररी
बाँध्नु भन्ने हुन्छ । यसर्थ निबन्धको शाब्दिक अर्थ राम्ररी बाँधिएको रचना भन्ने
हुन्छ । विश्वसाहित्यमा नै साहित्यको कान्छो विधाका रूपमा विकसित निबन्ध नेपाली
साहित्यको पनि एक महŒवपूर्ण विधा हो । अन्तरङ्ग विचार वा भावना
अभिव्यक्ति भएको अथवा बहिरङ्ग वर्णन र विवरण प्रस्तुत भएको समय र स्थानगत
सीमाभित्र बाँधिन बाध्य नभए पनि निश्चित प्रकारको सिलसिला तथा अनुक्रमयुक्त
विषयविशेषमा केन्द्रित कलात्मक गद्य रचनालाई निबन्ध भनिन्छ (श्रेष्ठ, २०५६
ः ११५) । वास्तवमा निबन्धमा लेखक स्वयम्को उपस्थिति अनिवार्य हुन्छ । यो उपस्थिति
कतै विचार भएर कतै अनुभूति भएर अनि कतै भावुकता भएर अभिव्यक्त भइरहेको हुन्छ ।
लेखकले आफूलाई नढाँटी मन र मस्तिष्क दुवै प्रस्तुत गर्ने विधा नै निबन्ध हो
(प्रधान, २०६६ ः ७) । यसरी नेपाली साहित्यकारहरूका निबन्धसम्बन्धी आआÇनै
विचार र धारणाहरू छन् । यसका आधारमा निबन्ध लेखकको निजात्मक विचार केन्द्रित रचना
हो भन्न सकिन्छ ।
‘डाक्टर अङ्कल’ कथामा एक दृष्टि
लेखक :
रमेशमोहन अधिकारी
१. परिचय
आत्माराम शर्मा पुडासैनी एक कथाकार, कवि तथा उपन्यासकार हुन् । उनी वि.सं. २०२० मा काठमाडौँको भद्रवासमा जन्मेका हुन् । उनको ‘माफ गर बहिनी चिन्न सकिनँ’ कविता सङ्ग्रह वि.सं. २०५७ मा प्रकाशन भएको थियो भने ‘धुवाँ’ कथा सङ्ग्रह २०६० मा । यसै गरी ‘सुखान्त’ उपन्यास वि.सं. २०७१ मा प्रकाशित भएको हो । ‘डाक्टर अङ्कल’ कथा सङ्ग्रह भने वि.सं.२०६७ मा प्रकाशन भएको हो ।
‘डाक्टर अङ्कल’ कथा ‘डाक्टर अङ्कल’ किशोर कथा सङ्ग्रहमा सङ्गृहीत कथा हो । यस सङ्ग्रहमा १२ वटा कथाहरू समाविष्ट छन् । यस सङ्ग्रहमा ‘पीडा’, ‘मृत डायरी’, ‘एउटाले बिराउँछ, शाखा पिराउँछ’ ‘अस्वीकृत मृत्यु’, ‘अपूर्ण’, ‘नहाँसेको मन—१’, ‘नहाँसेको मन—२’, ‘नहाँसेको मन—३’, ‘बोर्ड फस्ट’, ‘यो दुःख म संसारलाई बाँड्नेछु’ तथा ‘निर्मलको प्रतिज्ञा’समेत समाहित छन् ।

कवि कलानाथका रचनामा पाइने राजनीतिक चेतना
लेखक :
रमेशमोहन अधिकारी
कुनै साहित्यकारले आफ्ना रचनाद्वारा
देश र जनताका लागि कतिसम्म योगदान गर्यो भनी केलाउने विधा समालोचना नै हो ।
त्यसैले प्रत्येक साहित्यकारका रचनालाई उसका कृतिका आधारमा आलोचना गर्ने, सुझाव
दिने, प्रशंसा गर्ने र प्रोत्साहन दिने नीति अँगाल्नु पर्छ । यस क्रममा
वैचारिका पूर्वाग्रहलाई रत्ति पनि ठाउँ दिन हुन्न । यसै धारणाका आधारमा यो
समालोचना प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
एकताका ‘लोकगीतको
झङ्कारद्वारा नेपाल राज्यभरिका सम्पूर्ण झुप्रा छाप्राहरूमा जागृतिको आलोक फैलाउने’१ ‘सुशिक्षित
सुसंस्कृत तरुण तथा नेपाली भाषाका राम्रा लोक कवि र सुन्दर गायक’२
भनी प्रशंसित कवि कलानाथ ‘क्रान्तिकारी गीतका कारणले कुनै दिन
रेडियो नेपालमा प्रतिबन्धित भएका थिए’३
भने आज नयाँ पुस्तामा साहित्यकार तथा संस्कृतिकर्मीहरूका अगाडि बिराना बन्न
पुगेका छन् ।
Subscribe to:
Posts (Atom)