तिहार : एउटा उन्माद

एउटा उन्माद छाइरहेछ सबैतिर

भावनात्मक उन्माद
रक्त सम्बन्धको उन्माद
आत्मीयताको उन्माद
यो कस्तो उन्माद हो ?

दिदीबहिनीहरू
हस्याङफस्याङ गर्दे छन्
कुनै कुरो बित्न लागे जस्तो
कुनै कुराको समय बित्नै लागे जस्तो

दाजुभाइहरू मक्ख छन्
दाजुभाइहरू गमक्क छन्
कुनै कुरा पाउन लागे जस्तो
कुनै दुर्लभ कुरा भेट्नै लागे जस्तो

कस्तो सम्बन्ध हो यो
कस्तो परम्परा हो यो

दाजुभाइ नहुनेले दाजुभाइ खोज्नै पर्ने जस्तो
दिदीबहिनी नहुनेले पनि दिदीबहिनी खोज्नै पर्ने जस्तो
भावनाको कस्तो डोरो हो यो
आत्मीयताको कस्तो पोयो हो यो

दाजुभाइ आफ्नै नभए पनि आफ्नै जस्तो
दिदीबहिनी आफ्नै नभए पनि आफ्नै जस्तो

छाड्न खोजेर छाड्न नसकिने
त्याग्न खोजेर त्याग्न नसकिने
अचम्मको चाड यो भावनाको
अचम्मको पर्व यो आत्मीयताको

कस्तो सम्बन्ध यो स्पृहाको
तर नितान्त हार्दिकताको ।  

No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails