कवि निमेष र उनको ‘शोकगीतको पोस्टमार्टम’

१. विषय

कवि निमेष निखिलको तेस्रो कविता सङ्ग्रह हो ‘शोकगीतको पोस्टमार्टम’ । उनको यस अघि प्रकाशित ‘मनहरूको परिसर’ छोटा कविताहरूको सङ्ग्रह हो भने ‘उमेरको नदी’ लामा कविताहरूको । माघ २०७१ मा प्रकाशित ‘शोकगीतको पोस्टमार्टम’  भने अगिल्ला दुई कृतिहरूभन्दा अलि पृथक् छ ।
उनी यस कविता सङ्ग्रहमा  पनि अन्य सङ्ग्रहमा झैँ राष्ट्रियताप्रति चिन्तित छन् । मानिसका कुण्ठाहरू प्रकट गर्न नपाइएको तिक्तताको अभिव्यक्ति गर्ने कवि हाम्रो देशका बासिन्दाहरूमा दलीय, जातीय, साम्प्रदायिक तथा विविध प्रकारका द्वन्द्वले सिर्जना गरेको आतङ्क तथा सन्त्रास आफ्ना कवितामा व्यक्त गर्दछन् । आम नागरिकका असन्तुष्टि कवितामा व्यक्त गर्दै भोका, नाङ्गा, चेलीहरू तथा सम्पन्नहरूका विविध प्रकारका सपनाहरू पुरा हुन नसकेकामा चिन्ता प्रकट गर्दछन् ।

रेलमा रमाउँदै

मानिसका चासाहरू विविध विषयहरूमा हुने गर्दछन् । आफूले चासो राखेका विषयहरूमा मानिसले अभिरुचिपूर्वक अध्ययन गर्न खोज्दछन् र जान्दछन् पनि । मेरा पनि चासा र जिज्ञासाहरू विविध क्षेत्रमा छन् । तीमध्ये एउटा क्षेत्र हो आध्यात्म ।
जानेर वा नजानेर तिनै कक्षादेखि आध्यात्मिक अध्ययन गरे पनि अध्ययनको जिज्ञासा भने चालिस वर्ष नाघेपछि मात्र पलाएको छ । जिज्ञासा पलाएकै बेला अवसर मिल्दा वातावरण झन् अनुकूल भइदिएको छ ।
मेरो गृहनगर चन्द्रनिगाहपुरमा गीता पाठशाला छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा सञ्चालित यो मेरो छिमेकमै छ अचेल ।
मेरो माइल्दाजु र भाउजू त यससँग नजिकिएको दुई तिन वर्ष भइसक्यो । म भने भर्खर मात्र त्यसको चेष्टा गर्दै छु ।
म आध्यात्मिक व्यक्तिहरूको पछि लागेर पनि हिँडिनँ, उनीहरूसँग तर्केर पनि हिँडिनँ । यसो हुनाले सानैदेखि घर र सामाजिक वातावरणका प्रभावले ममा आध्यात्मिक रुचि एक किसिमले थियो र झन् बढ्यो । गीता

विद्या भण्डारी ‘चिराग’ र उनका बाल कविताहरू

वि.सं.२०२३ मा काठमाडौँमा जन्मेकी विद्या भण्डारी ‘चिराग’ को एउटा बाल कविता सङ्ग्रह वि.सं.२०६२ मा प्रकाशित देखिन्छ ।

उनका कविताहरू हकमुखी छन् । टिभीबाट बाल कार्यक्रम, ज्ञानविज्ञानका सामग्री तथा देश विदेशका खबर थाहा हुने हुनाले टिभी हेर्न दिनु पर्छ भन्ने बाल भावनाको प्रतिनिधित्व उनका कविताले गरेका छन् । बालबालिकालाई साना भनी नहोच्याउन आग्रह गर्ने उनका कवितामा शनिवारलाई फुर्सतको, स्वतन्त्रताको तथा बालबालिकाले आमाबुवासँग बिताउने दिनका रूपमा पहिचान गराउने प्रयत्न गरेकी छन् । बाल सुलभ लाग्ने उनका कवितामा हरियो चउरमा खेल्दा आनन्द लाग्ने अभिव्यक्ति पाइन्छ । उनले आफ्ना कवितामा जन्मदिनको महत्ता प्रकटन गरेकी छन् भने पढ्नमा रमाउने बालबालिकाको प्रशंसा गरेकी छन् ।

थुक



उसले पिच्च थुक्यो
उसले पिच्च थुकी
उनले थुके
उनले थुकिन्
उहाँले थुक्नुभयो
उहाँले थुकिबक्स्यो

प्रहरीले थुके
कर्मचारीले थुके
शिक्षकले थुके
नेताले थुके
नेतृले थुकिन्

‘अमरावति कान्तिपुरी नगरी’मा शैलीवैज्ञानिक दृष्टि

१. परिचय
आदिकवि भानुभक्त आचार्यकोे ‘अमरावति कान्तिपुरी नगरी’ कविता मैले कक्षा सातमा छँदा पढेको हुनुपर्छ । त्यतिखेर मेरा नेपाली भाषा शिक्षक अर्जुनप्रसाद अधिकारीले कसरी पढाउनुभयो र मैले कसरी बुझेको थिएँ भन्ने कुराको हेक्का मलाई अहिले छैन तर त्यो कविता मलाई एकसरो मन पर्थ्यो । छन्द र लय नजाने पनि कहिलेकाहीँ गुनगुनाउन मन लाग्थ्यो ।
अहिले पनि यस कविताले मलाई त्यही बेलाको सम्झना आउँछ र थोरै मात्र भए पनि बुझेको रहेछु जस्तो लाग्छ ।
यस कविताका कवि आचार्यलाई पहिलो पटक काठमाडौँ पुग्दा सारै रमाइलो लागेछ । सौन्दर्य चेतना भएका कवि प्रकृतिका सुन्दर उपहार युवतीहरू बाटामा मस्किँदै हिँडेको देखेर भुतुक्क भएछन् र लेखेछन् ः
चपला अबला एक सुरमा
गुनकेसरीको फुल ली शिरमा
हिँडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी
Related Posts with Thumbnails