पारिजात

पारिजात
प्रकृतिको एक सुन्दर उपहार
ऊ आफैँ प्रकृतिको अंश
पारखीका आँगनमा
वा
चुरे डाँडामा
हरियै भेटिन्छ यो
फुल्छ अरूका लागि
सुन्दर फूल भएर
प्रस्तुत हुन्छ अरूका लागि
मिठो वासना भएर
पुजिन्छ देवतालाई
पवित्र ठानिएर
फुल्दै जान्छ प्रत्येक दिन ढल्कँदा
ओइलिएर झर्छ प्रत्येक रात छिप्पिँदा
काम लाग्दा छन् यसका प्रत्येक अङ्ग


औषधि पनि हो ज्वरोकोे यो
हो यो घरायसी शोभा पनि
बनेलु सुन्दरता पनि हो यो
फुल्न जानेको छ अरूका लागि
प्रस्तुत हुन जानेको छ अरूका लािग
आफूलाई चाहिन्न केही बदलामा
दिन मात्र जानेको छ यसले
लिन जानेकै छैन यसले
तब पो यो
छ प्रसिद्ध
चाहे फूल होस्
चाहे मान्छे होस् ।



No comments:

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails