तिमी आएझैँ गर्छ्यौ
आएकी पनि हुन्छ्यौ
दैला ठेलामा ठिङ्ङ उभिएकी हुन्छौ
अमृतको घडा हुन्छ तिम्रो साथमा
म अमृतको प्यासी
एक थोपा मात्र पाए पनि
अमर बन्ने लालसामा छु
तिमीले घडाबाट
अमृतको एक थोपा
निकालिसकेकी पनि छ्यौ
म आनन्दले विभोर छु
मेरो खुसीको सीमा छैन
र
आँखा चिम्लन्छु
पूर्ण तृप्तिका लागि
म आँखा खोल्छु
तिमीलाई देख्तिनँ
कहाँ गयौ तिमी
कलश साथमा लिएर
कहाँ गयौ
मलाई मृगतृष्णामा भुलाएर
पानीबिनाको माछो बनाएर
उफ !
म एक थोपा अमृतको प्यासी
प्यासप्यासमै मर्न लागेँ
हाय !!
कविता मिठो छ!कल्पना/स्मृति र यथार्थबीचको खाडललाई सफलतापूर्वक शब्दमा उतारेको छ।
ReplyDeleteअन्त्यमा भने प्रवाह अलिक बिग्रेको हो कि जस्तो लाग्यो मलाई।
कल्पनाका चित्रहरु शव्दमा उतार्नु भएको छ । प्रस्तुति मनोरमनीय लाग्यो ।
ReplyDeletethank you Ramesh mohanjee your blog is also very nice keep it up .
ReplyDelete