जय चुस्की !

आदरणीय मित्र ! नव वर्ष २०१० तपाईँ, तपाईँको परिवार, हाम्रो राष्ट्र र सिङ्गो विश्वका लागि पूर्व वर्षहरूभन्दा सुखद रहोस् । शुभकामना !




जय चुस्की !

चुस्की
तपाईँलाई मीठो लाग्छ 
मलाई मीठो लाग्छ

उहाँलाई पनि मीठो लाग्छ

चुस्कीको स्वाद नपाउनेहरू
अङ्गुर अमिलो हुन्छभन्दछन्
चुस्की पाइसकेकाहरू
त्यसैमा रत्तिन चाहन्छन्
चुस्की त चुस्की नै हो

यसको स्वाद नपाउन्जेल हो
स्वाद पाएपछि
तपाईँलाई छोड्न मन लाग्दैन
मलाई छोड्न मन लाग्दैन

उहाँलाई पनि छोड्न मन लाग्दैन
 
त्यसैले आउनुहोस् मित्रहरू !
हामी सबै चुस्कीको जयजयकार मनाऔँ
जय चुस्की !
 





2 comments:

  1. हा हा हा! रमाईलो कविता!

    तपाईँ र यो ब्लगमा पाल्नुहुने समस्त पाठक महानुभावहरुमा नववर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

    ReplyDelete
  2. साह्रै रमाईलो लाग्यो कविता पढेर । त्यसो त अहिलेको चिसो र नयाँ वर्षको कम्बिनेशन गतिलो वाहाना बनेको छ तमाम मदिरा सर्कललाई । हा हा हा....त्यसै हाँस उठ्यो अव के गरी थाम्नु हो.....

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails