समय

समय

समय चिप्लिरहेछ
पलपल गर्दै

समयलाई समात्न
कति प्रयत्न गरिरहेछु
तर पनि
समय भागिरहेछ मबाट
पलपल गर्दै
र पनि
मैले
समयलाई पछ्याउन छाडेको छैनभर्खरै समय मनेर बाटै पार भयो
म उसलाई नै पर्खँदै थिएँ
म उसलाई नै चियाउँदै थिएँ
म सजग थिएँ
र पनि
थिइनँ चाहिने जति
र त
मेरो छेवैबाट गएर पनि
मैले उसलाई भेट्टाउन सकिनँ
उसले मलाई
पर्खेर हेरेन
फर्केर हेरेन
कति निष्ठुर रहेछ समय
म उसलाई पर्खिरहेको थिएँ
तर
ऊ मलाई नै छलिरहेको थियो
कस्तो निष्ठुर
उफ !
कस्तो निष्ठुर !!

5 comments:

  1. जीवन दर्शनको कलात्मक प्रस्तुति! यहि छलकारी समयका दास हौं हामी सबै।

    ReplyDelete
  2. This is the nice poem about the time.

    ReplyDelete
  3. एउटा भनाई याद आयो- "समयको उत्तरार्धमा कथा भन्ने मान्छे आफै कथा वन्दो रहेछ!!"

    वसन्त दाईले भनेजस्तै जीवनदर्शनको कलात्मक प्रस्तुति छ यो कवितामा । पढ्नलाई साह्रै मज्जा आउने । अनि सतहिरूपमा हेर्दा यो एउटा आव्हान यो समय व्यवस्थापनप्रति ।

    ReplyDelete
  4. भनिन्छ नि बगेको खोला फर्किदैन , समयले पर्खिदैन | हामीले समयलाई दाश बनाउन सक्दैनौ तर हामी समयको दाश बन्ने पर्छ |

    ReplyDelete
  5. samayale manislai thaha napai jhukyaundo rahechha . yasartha malai ghat paryo .

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails