गुराँस र युध्द



ऊ परका डाँडाहरूमा
ढकमक्क फुलेका छन् लालीगुराँसहरू
राताम्मे देखिएका छन् डाँडाहरू यतिखेर
यस्तरी गुराँसहरू
एकसाथ फुलेको देखेर
म रमाइरहेको छु
हामी रमाइरहेका छौँ
उनीहरू मुर्मुरिएका छन्
हामी गुराँसको सौन्दर्य चाहन्छौँ
हामी सौन्दर्यको अविरलता चाहन्छौँ
गुराँसहरू पनि हाम्रै आड पाएर
फक्रिरहेका छन्
फुलिरहेका छन्

सौन्दर्यका पारखीहरूलाई
आनन्दै आनन्द पस्किरहेका छन्
तर
उनीहरू गुराँसका
प्रत्येक पत्र
प्रत्येक फूल
प्रत्येक रूख
र अझ
गुराँसे डाँडा नै मास्न उद्यत् छन्
उनीहरू बम बारुद लिएर
जत्था जत्था मिलेर आउँदै छन्
गुराँसे डाँडाको सौन्दर्य ध्वस्त गर्न
अब पनि म तटस्थ बस्न सक्तिनँ
म पनि अब यो युध्दमा होमिन चाहन्छु
किनभने यो युध्द
यो जातको वा त्यो जातको
यो भाषा वा त्यो भाषाको
यो सम्प्रदाय वा त्यो सम्प्रदायको
होइन

यो धर्म वा त्यो धर्म
यो भूगोल वा त्यो भूगोल
यो लिङ्ग वा त्यो लिङ्ग
वा
यो राजनीति वा त्यो राजनीति
बीचकै हो
यो युध्द नितान्त
सौन्दर्यका रक्षक र भक्षक
बीचको हो
त्यसैले तपाईँ पनि आउनुहोस्
लालीगुराँसको रक्षा गर्न
गुराँसे डाँडाको रक्षा गर्न । 

२०६५।१०।२९।५

 

1 comment:

  1. Sir malai ramro laguyo tapaile pani IT use garna thanlbhayechha lala pragati gardai januhos

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails