आमा

आमाभन्ने शब्द गजबको रहेछ । आमा जिउँदो हुदा पनि आमा भएको सन्तान हुनुको गर्व हुदो रहेछ । आमाको अभावमा त झन् आमाको महत्व बढ्ने रहेछ । आमाको मृत्युपश्चात् आमालाई प्रत्यक्ष रुपमा देख्न नपाए पनि आमाशब्दको उच्चारण मात्रले पनि शान्ति मिल्दो रहेछ ।
आमाशब्द त भगवान्भन्दा ठूलो र महत्वपूर्ण रहेछ । भगवान् अदृश्य हुन्छन्, मान्छेले कहिल्यै देख्तैनन् ,मानिआएका मात्र हुन्छन् ।आमा त जिउदो हुदाका दृश्य र मरेपछि अदृश्य भगवान् हुदा रहेछन् । त्यसैले भगवानको अप्रत्यक्ष आशीर्वादभन्दा आमाको काख नै लाख हुँदो रहेछ र आमाको मृत्युपश्चात् समेत आमाशब्द प्यारो, आदरणीय र पूज्य भइरहदो रहेछ ।
आज २०६४ साल वैशाख २३ गते आइतवार अर्थात् आमालाई कहिल्यै भेट्न नपाउने गरी देख्न नपाएको एकतीसौ दिन । आमालाई सम्झिरहेको छु , धेरै सम्झिरहेको छु । आमाको अभाव खट्किरहेको छ । आमाविनाको जीवन बाच्नु छ अब । आमालाई बोलाउन नपाई बाच्नु छ अब ।
आमासग बितेका प्रत्येक पल सम्झनामा छन् र ती अझ प्रगाढ बनेर झकझक्याइरहेछन् मलाई । ती प्रत्येक पलहरु आमाको महत्व दर्साउन उपस्थित हुन खोजिरहेछन् मेरा सामु । तिनलाई तछाडमछाड गर्न नदिन खोज्दै छु म ।
amma0

घरमा कान्छो सन्तान भएर जन्मेको थिए म । कान्छो हुनाले आमाको निकटता बढी पाए मैले । आमाको माया चाहि अरु दाजुभाइभन्दा बढी पाए कि पाइन भन्न हम्मे परिरहेको छ मलाई । मलाई लाग्छ कसैको पनि जेठो सन्तानले नै बढी माया पाउछ । पछि जन्मनेहरुले पनि माया त पाइ नै हाल्छन् । जति सन्तान जन्मन्छन् , त्यति नै सन्तानमा आमाबाबुको माया विभाजित हुदोरहेछ र पनि प्रत्येक सन्तानले पाउने माया पूर्ण नै हुँदो रहेछ । यसो हुदाहुदै पनि एक ठाउमा चाहि हिसाब नमिल्ने देख्छु म । जेठाहरुले कान्छाहरु जन्मनु अघि जति माया पाउछन् त्यति त उनीहरुको पेवा नै हुन्छ । कान्छाहरु नजन्मिदासम्म उनीहरुका दाजुदिदीले पाउने माया त बढीको बढी नै हुदो रहेछ । त्यसैले जेठो बाबुको, कान्छो आमाको, साइलो माइलो आनामानीभन्ने उखान कताकति नमिल्दो जस्तो लाग्ने रहेछ ।
जे होस् ,म कान्छो थिए त्यसैले मैले थाहा पाउने हुदासम्म म आमाको दूध चुस्थेँ । मैले चार वर्षको हुँदासम्म आमाको दूध चुसे रे । एक दिन अलिअलि जानेरै आमाको थुन टोकिदिएछु । आमा रन्थनिएर साह्रो हप्काउनुभयो । मैले आमासग गिज्जिदागिज्जिदै त्यस्तो बदमासी गरेको थिए ,पीडा दिने उद्देश्यले होइन । आमा मर्माहत भएको देखेर म पनि आत्तिए अबदेखि यस्तो कहिल्यै गर्दिन’  भनेर माफी मागे
हाम्रो पुर्ख्यौली रामेछाप जिल्लाको कठजोर भए पनि हजुरबुवा तराई झर्नु भएकोले बुवा पर्सा जिल्लाको खेस्राहामा जन्मनुभएको थियो । हाम्रो पुरानो घर त्यही थियो । म सानै छदा आमासग खेस्राहा जादाको प्रसङ्ग पनि अहिले म झल्झली सम्झदै छु । तीन वर्षजतिको हुदो हु । मेरो जन्मघर रौतहटको विश्रामपुरबाट खेस्राहा पुग्न सदरमुकाम गौरसम्म गडी (गोरुगाडा) र गौरको सीमावर्ती बैरगनियादेखि खेस्राहाको सीमावर्ती सिक्टासम्म रेलयात्रा गर्नुपथ्र्यो । रेलको पहिलो यात्रा , त्यो पनि तीन वर्षकै छदा रेल आफ्नै गतिमा गुड्दै गर्दा मैले रुखहरु कुदेको ठानेछु । अनि मैले आमालाई सोधेछु आमा रुख पनि कुद्छ ?’ मेरो जिज्ञासा सुनेर आमालाई हासो उठ्यो होला.। तर जिज्ञासा मेटिने जबाफ दिनुभयो रेल अगाडि गुड्दा पछाडिएका रुखहरु कुदेजस्ता  देखिएका मात्र हुन्, रुखहरु कहिल्यै कुद्दैनन् ।
, यो पनि तीन वर्षकै हुदाको कुरो हो । आमालाई ठूलो मामाको घर जानुपर्ने रहेछ । उहाको घर एक किलोमिटर जति पर थियो । म आमालाई पिर्दै रहेछु । आमालाई झिझ्याहट लागेछ क्यारे आमाले भन्नुभयो म तेरी आमा होइन, तेरी आमा त माइत गाछे । ऊ आउने बेला भयो । त चादी खोलाको बगरमा गएर हेरिराख् , ऊ आइरहेकी हुनेछे । ऊ आएर तलाई खाजा पनि दिनेछे ।आमाले मेरो आखा छल्नु रहेछ । मैले ख्याल गर्न नभ्याउने बाटाबाट जानुभएछ । नभन्दै आमा केही बेरपछि बगरबाटै आउनुभयो र खाजा पनि दिनुभयो । कुराले एकछिन छक्किए पनि मेरा आखाहरुले भने धोका खाएका थिएनन् । मलाई म तेरी आमा होइन भन्ने र मेरी आमा बनेर खाजा दिने महिला उही हुनुहुन्थ्यो र मेरी आमा नै हुनुहुन्थ्यो ।
कतिपय आमाहरु आदर्शतामा मात्र संस्कार सिकाउछन् । व्यवहारले संस्कार सिकाउने आमाहरु नै आदर्श र महान् हुन्छन् । मेरी आमा व्यवहारतः संस्कार सिकाउनुहुन्थ्यो र सिकाइरहनुहुन्थ्यो । आमालाई धेरैथरी मिठाई पकाउन आउथ्यो । तराईमा पकाइने गोजी, खजुरी, बुनिया, रसवरी, लालमोहन, जेरी, सातपत्रे आदि ।
सातपत्रे मिठाई पकाउने अर्को व्यक्ति न म जन्मेको गाउ विश्रामपुरमा थियो, न म हुर्केबढेको चन्द्रनिगाहपुरमा नै । विश्रामपुर छदैको कुरो हो यो । मिठाई पकाउन जान्ने हुनाले आमाले धेरै दुःख पनि पाउनुपर्थ्यो। गाउमा हुनेखाने वा आफन्तहरुकहा मिठाई पकाउनुपर्दा आमाले जानैपथ्र्यो । गाउमै पढ्दै रहेका म र सान्दाजु स्कुलबाट घरमा आइपुग्दा कहिलेकाही आमालाई भेट्टाउदैनथ्यौ । यसै पनि बच्चाहरु जहाकहीबाट आइपुग्नासाथ आमालाई खोज्छन् । त्यसमाथि विद्यालयबाट घर आउनासाथ घरमा ताल्चा लागेको देख्ता र आमालाई नभेट्ता खोज्नु स्वाभाविक नै हुन्छ । त्यसैले हामी पनि कुनै सुराकले आमालाई फेला पारी छाड्थ्यौ ।आमा अरु कसैकहा मिठाई पकाइरहनुभएको भेटिनुहुन्थ्यो । हामीलाई देख्नासाथ साचोको झुत्ता दिनुहुन्थ्यो र मूक भाषामा झट्टै घरतिर लागिहाल्ने आदेश दिनुहुन्थ्यो । आमासग एकछिन बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अलि भित्रबाट अर्को लोभ पनि थियो होला, अलिबेर अल्मलिन पाए पकवानमध्येबाट थोरै भए पनि रसास्वादन गर्ने । हाम्रो यो अभीप्सालाई आमाले पनि राम्ररी बुझ्नुहुन्थ्यो । भित्र कतै कुनामा होस् न तभन्ने पनि हुन सक्थ्यो । तर अह , त्यो भाव प्रकट हुन दिनुहुन्थेन आमाले । हाम्रो लोभले आमाको स्वाभिमानमा असर पर्न सक्थ्यो । आफ्नो सीप पोखेर गाउलेहरुलाई सघाउने उहाको सदासयता लोभमा अनुवाद हुन सक्थ्यो र धेरै गुमाएर उहाले प्राप्त गर्नुभएको प्रतिष्ठा हाम्रो कारणले खस्कन सक्थ्यो । यस प्रकरणमा उहा निकै सचेत र सतर्क हुनुहुन्थ्यो । त्यसैले उहाले आखा तरेर हप्काउन लागेको थाहा पाएपछि हामी लोइरे कान लाएर हिडिहाल्थ्यौ
हामी चन्द्रनिगाहपुर आइसकेपछिको कुरो हो । म दस वर्ष जतिको थिए ुँला, आमालाई हेटौडा जाने काम आइपर्यो । त्यसैताका म पहिलोपल्ट वीरगन्ज गएको थिए । हेटौडाको नाम त्यति सुनेको थिइन । मैले आमालाई म पनि जान्छुभने । आमाले पढ्ने मान्छेले धेरै डुल्ने होइनभन्नुभयो तर म सहमत हुन सकिन । आमा बसमा चढेर हेटौडातिर लाग्नुभयो । म पनि बसको पछिपछि दौडन थाले । बस त आफ्नो गतिमा हुइकिहाल्यो । म पनि बसलाई पछ्याउदै सात किलोमिटर परको लमाहासम्म पुगे । बस के भेटिनु,  म लमाहासम्म पुग्दा बस हेटौडा पुगिसकेको थियो होला । बल्ल पो मेरो होस खुल्यो । आफ्नो मुर्ख्याइप्रति पश्चात्ताप गर्दै कुदेर थाकेका गोडाहरुले लोफ्र्याकलोफ्र्याक गर्दै घर आइपुगे । आफ्नो पीडा सान्दाजुलाई सुनाए । त्यसको एकदुई दिनपछि आमा आइपुग्नुभयो । आमाले मलाई छाडेर जानुभएको पहिलोपल्ट थियो क्यारे आमाको अभावमा म निकै न्यास्रिएको थिए । आमा आइपुग्नासाथ आमाको फरिया समातेर म धेरैबेर रोए । आमा पनि झन्डै रुनुभयो ।
आमाको जीवनमा उहाको चित्त दुखाउने कुनै काम नगरे पनि आफूसक्तो हेरविचार र सेवा गरे तापनि अहिले लागिरहेको छ आमालाई अझ खुसी राख्न सकिन्थ्यो, अझ सुखी राख्न सकिन्थ्यो ।
आमाहरु आफू खाएरनखाएर, लाएरनलाएर आफ्ना सन्तानहरुको पालनपोषण गर्छन् । छोराछोरीको खुसीका लागि आफूलाई पनि त्याग्न सक्छन् । आमाहरुको यस्तो महान्ताको गुन तिर्न कुनै पनि सन्तान सक्षम हुँदैनन्, मैले पनि सकिन
मैले मेरी आमाले जस्तै माया गर्ने केही आमाहरु मेरो जीवनमा भेट्टाएको छ्रु । चन्द्रनिगाहपुरकी तिमल्सिना आमा, हिमालीबासका भुजेल र पोख्र्रेल आमाहरु, भलुवाइ खोरकी मैनाली आमा, छतिवनकी दाहाल आमा र मेरी सासूआमा । उहाहरुले कुनै खास समयमा र भेट्ताका समयमा ठूलो गुन लाउनुभएको छ । उहाहरुको सदासयता र उदारताप्रति म नतमस्तक छु ।  म छोरा बन्न सके  भने अब बाकी जीवनमा पनि माया गर्ने आमाहरु अवश्य भेट्नेछु । तर मलाई जन्म दिने, स्याहारसुसार गर्ने, हुर्काउने ,बढाउने, संस्कार दिने र ४५ वर्षको बनाएर कहिल्यै नफर्कने बाटो लाग्ने मेरी आमा सावित्रीदेवीलाई म कहिल्यै पाउन्न , कहिल्यै पाउन्न

     

1 comment:

  1. Aama sabaiko lagi pyaro hun6n. This essay make me cry. Thank you

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails