लालबाबु

लालबाबु



लालबाबु

उति हाँस्तैन

उति बोल्दैन

कि त चुपचाप बसिरहन्छ

कि त फुङ्ग उडिरहन्छ

कि त अरूको कुरो एकनासले सुनिरहन्छ

एकतमासको छ लालबाबु

ऊ एक्लो छ

एक्लिन चाहन्छ




एक्लिइरहन चाहन्छ

एक्लिनमै आनन्द आउँछ उसलाई


उसलाई चाहिँदैन सहरको रमझम

उसलाई चाहिँदैन जङ्गलको आनन्द

उसलाई त माया छ आफ्नैको

आफ्नै गाउँ र आफ्नै ठाउँको


उसको भित्र पोल्छ


कता कता पोल्छ

उसको मन दुखेको छ

कता कता दुखेको छ


त्यसैले त ऊ हाँस्तैन

हाँस्छ त फिस्स केवल

मानौँ उसको हाँसो अट्टहास हो

मानौँ उसको हाँसो उपहास हो

आजको समाजप्रति


आजको मानवप्रति

आजको विकृति र विसङ्गतिप्रति




लालबाबु

आफ्नो पीडा सुनाउन चाहँदैन कसैलाई

आफ्नो पीडाले दुखी पार्न चाहँदैन कसैलाई

ऊ त पीडालाई खाइदिन्छ गम खाएझैँ

ऊ त पीडालाई चपाइदिन्छ पान चपाएझैँ

लालबाबुलाई बुझ्न सक्तैन जो कोहीले

लालबाबुलाई पढ्न सक्तैन जो कोहीले

हेर्दा लालबाबु सोझो लाग्छ

हेर्दा लालबाबु लाटो लाग्छ

तर लालबाबु अरूले सोचेजस्तो छैन

लालबाबु अरूले खोजेजस्तो पनि छैन

अचम्मको छ लालबाबु

केही ज्ञान छैन जस्तो लाग्छ लालबाबु

केही होइन जस्तो लाग्छ लालबाबु

तर यथार्थमा लालबाबु केही हो



अवश्य केही हो

लालबाबु पीडाबाट छुटकारा चाहन्छ

निकास पाउँदैन

लालबाबु मुक्ति चाहन्छ

उपाय पाउँदैन

त्यसैले लालबाबु पड्कन सक्छ

जतिखेर पनि

जहाँसुकै पनि



लालबाबु अहिले पनि पड्कन सक्छ

लालबाबु जहिले पनि पड्कन सक्छ

लालबाबु प्रमिथस बन्न सक्छ

हो, साँच्चै लालबाबु प्रमिथस बन्न सक्छ

4 comments:

  1. Yo Lalbabu bhaneko ko ho?

    ReplyDelete
  2. लालबाबुको अवश्थाको सजीव चित्रण छ! तर लालबाबु किन त्यो अबश्थामा पुग्यो होला? कतै तयो लालबाबु भनेको नेपाली जनता त होईन?
    --------------------------------------------------------
    तपाईँको ब्लगमा आईपुग्दा खुशी लाग्यो। समय हुँदा मेरो ब्लग http://www.basantagautam.com पनि हेर्दै गर्नुहोला।

    ReplyDelete
  3. मित्र तपाईंको ब्लगमा आउन भ्याएँ धेरै नै गहकिला र नेपाली श्रीजनाहरु पढ्न पाएँ आशा र विश्वास गर्छु, नेपालको पक्षमा नै आफ्नो रचनालाई कोर्नुहुने छ, मैले "लालबाबु" पढ्न भ्याएँ खुशीले गद गद भएँ। आजकाल का धेरै रचनाहरु नेपाल सम्बन्धी नभएर पेरिस टावरको बारेमा कोरिन्छ, सिड्नीको ओपेरा हाउसको बारेमा कोरिन्छ, क्यानडाको लस भेगसको बारेमा कोरिन्छ अनी न्युटनको प्रयोग देखी लिएर जेम्स वाटको प्रबिधी कोरिन्छ अनी नेपालआमाको बारेमा कोर्नु पर्ने कबिता बी. बी.सी. न्युज होकी सी. एन. एन. केही बुझिन्न मतलब सबै भालुलाई पुराण, अहिले संरचनाहरु नेपाल आमाको पक्षमा नभएर अरुनै बिषय बस्तुमा केन्द्रित हुनाले कतै नेपाली कबिताको ठेट पना सुँघ्न धेरै पानाहरु पल्टाउदा समेत पाउन छोडिएको मैले अनुभव गरेको छु, यो सबैको बावजुद आज तपाईंको ब्लगमा धेरै आनन्द मिल्यो, यसरीनै प्रगती गर्नु होला नेपाली ठेट कबिताले ओतप्रोत पाएँ म तपाईंको यो सञ्जाल दुनियाँँमा छिर्दा रमाइलो महसुस भयो प्रगतीको कामना है त।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails