कवि कलानाथका रचनामा पाइने राजनीतिक चेतना

कुनै साहित्यकारले आफ्ना रचनाद्वारा देश र जनताका लागि कतिसम्म योगदान गर्यो भनी केलाउने विधा समालोचना नै हो । त्यसैले प्रत्येक साहित्यकारका रचनालाई उसका कृतिका आधारमा आलोचना गर्ने, सुझाव दिने, प्रशंसा गर्ने र प्रोत्साहन दिने नीति अँगाल्नु पर्छ । यस क्रममा वैचारिका पूर्वाग्रहलाई रत्ति पनि ठाउँ दिन हुन्न । यसै धारणाका आधारमा यो समालोचना प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

एकताका लोकगीतको झङ्कारद्वारा नेपाल राज्यभरिका सम्पूर्ण झुप्रा छाप्राहरूमा जागृतिको आलोक फैलाउनेसुशिक्षित सुसंस्कृत तरुण तथा नेपाली भाषाका राम्रा लोक कवि र सुन्दर गायक२ भनी प्रशंसित कवि कलानाथ क्रान्तिकारी गीतका कारणले कुनै दिन रेडियो नेपालमा प्रतिबन्धित भएका थिए  भने आज नयाँ पुस्तामा साहित्यकार तथा संस्कृतिकर्मीहरूका अगाडि बिराना बन्न पुगेका छन् ।

सन् १९४७ को भारतीय स्वतन्त्रता सङ्ग्राम, सन् १९४९ मा सम्पन्न चिनियाँ सशस्त्र क्रान्ति तथा घरेलु प्रतिक्रियावादको निरङ्कुशताले युवक कलानाथको चेतनालाई नछोई रहन सकेन । त्यसै बेला नेपाली जनताको सक्रिय सहभागिता तथा नेपाली काङ्ग्रेस पार्टीको नेतृत्वमा २००७ सालमा राणा शासनको अन्त्य भयो । अपेक्षित प्रजातान्त्रिक वातावरणमा साहित्यकारहरू पनि स्वतन्त्र एवं उन्मुक्त भए । तर राजा, राणा तथा काङ्ग्रेसको त्रिपक्षीय सत्तामुखी गठबन्धनले जनक्रान्ति लक्ष्यमा पुग्न नसकेकाले साहित्यकारहरू पनि स्वरमा स्वर मिलाउँदै आफ्ना रचनाहरूद्वारा असन्तुष्टि पोख्न थाले । त्यसै प्रवाहमा कलानाथ पनि अघि बढे कलम र स्वर लिएर । त्यसैले उनको कलम पनि अपुरो रहेको क्रान्तितर्फ उन्मुख रह्यो ।
काठमाडौँको त्रिपुरेश्वरमा वि।सं १९८१ मा जन्मेर वि.सं. १९९६ मा उदयमासिकमा अस्तित्वछापिएपछि४ साहित्य जगत्मा देखा परेका हुन् कलानाथ । उनका जतिसुकै पुस्तक पुस्तिकाहरू प्रकाशित भए तापनि घर आगलागी हुँदा नष्ट हुनबाट बचेका रचनाहरूका आधारमा यो समालोचना मूलतः वैचारिक पक्षलाई लिएर गर्न थालिएको छ ।
उनका प्राप्य सबै जसो रचनाहरू गीति कविता प्रकारका हुन् । एक दुई भने कथा तथा वक्तव्य पनि छन् । उनका कृतिहरू यस प्रकार रहेका छन् :
क्रम    कृति                        विधा                        प्रकाशन
१. मनधन                         काव्य                       २००८
२. कुतकुते गीत                      गीत                        २००८
३. मनमा                           कविता                       २००८
४. आह्वान                          गीत                        २००८
५. समय गीत  ,,                 गद्यपद्य                   २००९
६ .माइला दाइ गाइदे त                गीत                        २०११                                                  
७.. नेपाली शिर उठाऊ न               गीत                        २०१२
८. एक होऊ                         गीत                        २०१२
९. मनको कुरो बुझिदेऊ          निबन्ध र गीत                       २०१२
१०. नेपाल प्र. महासभाको संविधान संविधान                            २०१४
११. सुनगाभा                        गीत                        २०१५
१२. जितिया पावनी                    लोककथा                     २०१६
१३. दिउल                           गीत                        २०२२

२००७ साले आन्दोलन जनताले आफ्ना आधारभूत आवश्यकता परिपूर्ति तथा प्रजातन्त्रका लागि गरेका थिए तर अवसरवादी तत्त्वले सत्ताको लोभले सो जनआन्दोलनको घाँटीमा सुर्केनी कस्ने काम ग¥यो । त्यसले कवि कलानाथको पनि मन पोल्यो । त्यसैले उनले मनधनलघु खण्डकाव्य माफत् आफ्ना असन्तुष्टि पोखे :
नेपालीहरूको हक अझै उस्तै
समान भएको छैन
हक पल्टियो प्रेमीका होमले
होम सफलिएको छैन
                                                (पृष्ठ १६)
सत्तामा नपुग्दा मुसो बनेकाहरू पनि सत्ताशक्तिको उन्मादमा सिंह बन्न पुग्छन्, जनताका चाहनाहरू बिर्सन्छन् र आपूmलाई सत्तामा पु¥याउनेहरूप्रति जाई लाग्छन् । त्यसैले त्यस्ताहरूले सेखी देखाउन थाले भनेर चुप लागेर बस्न हुँदैन । त्यसैले कवि भन्दछन् :

दर्बार तर्बार तिम्ले चिन्यौ बाँकी अब के छ ?
जाई लाग्नु तिनैमाथि जो त अब विष छर्छ
(कुतकुते गीत, पृष्ठ२)
कुनै पनि सत्ता शक्तिको रबाफमा मात्र धेरै दिन टिक्न सक्तैन भन्ने कुरा शासकहरूलाई राम्ररी थाहा छ त्यसैले उनीहरू धर्मभिरू नागरिकलाई धर्मोपदेश पिलाउन सालनाल जोडिएका पण्डित माफत् भनाउँछन् :
के गरेको हे लाटा हो
हेर हाम्रो धर्म
राजा बाबु प्रजा छोरा
तिम्रो तिर्ने काम
(, पृष्ठ३)
नागरिकका आधारभूत आवश्यकता पुरा गर्न उनीहरू स्वयम् सजग र सचेत हुनु पर्छ । अधिकार मागेर पाइएन भने खोसेर पनि लिन सक्नु पर्छ भन्ने कविको सोचाइ रहेको पाइन्छ :
हिँड काठमाडौँ भन्दै
हिँडुन् सर्वहारा
लिउन् मागी वा हातै हाली
आफ्नो हक हजारा
थालिएको रक्तक्रान्ति यसै भन्छ
(मनमा, पृष्ठ८)
जनता एक ढिको भई जागृत भएमा कस्तै शक्तिशाली हुँ भन्नेहरूको पनि जोर चल्दैन भन्दछन् कवि ।
सबै भोका जागे भने के हुन्छ
राखी मेसिनगन पाले
(माइला दाइ गाइदे त पृष्ठ १२)
२००७ साले जनक्रान्तिलाई त्रिशक्ति गठबन्धनद्वारा सत्ताको स्वाद चाख्ने आशामा धोकामा टुङ्ङ्याइएपछि डा.के.आई. सिंह तथा वीर भीमदत्त पन्तले छेडेको सङ्घर्षलाई समर्थन गर्दै कवि जोसिलो गीत गाउँछन् :
गाऊ न गाऊ नव जवान लगाऊ नारा क्रान्तिको
(इन्कलाब जिन्दाबाद तानाशाही मुर्दावाद)
बढाऊ जोश शक्तिको लडेर जित दिई ज्यान
परेमा लिई शत्रु ज्यान राखी एकताको शान
(ऐ. पृष्ठ ५०)
सर्वजन हितायको भावनाबाट प्रभावित छन् कवि । सर्वजन हिताय भनेको साम्यवाद हो । उनको झुकाव मूलतः साम्यवादतफ रहेको देखिन्छ :
अन्नवस्त्र सुख मौका
सबका एकनासले वितरण होला
तब पो भविष्य उज्ज्वल होला
यही विचारका खोला
आफ्ना अघिल्ला रचनाहरूद्वारा अर्थात् २००८ सालदेखि २०१२ सालसम्मका रचनामा त्रिपक्षीय गठबन्धनका विरुद्ध अत्यन्त आक्रोसित हुँदै श्री ५ त्रिभुवनको शासनकालमा गणतन्त्रात्मक शासनसम्मका कुरा उठाए तापनि श्री ५ महेन्द्रको शासन सुरु भएपछि भने उनको आक्रोस सेलाउँदै गएको मात्र होइन, राजा महेन्द्रको स्तुति गायकसम्म हुन पुग्दछन् । यसबाट उनको युवा जोशमा होस गुमाएको बेलाको क्रान्तिकारिता प्रस्टिन्छ साथै राजतन्त्रप्रति नभई राजा त्रिभुवन तथा उनीद्वारा सञ्चालित व्यवस्थाप्रति मात्र आक्रोस केन्द्रित रहेको स्पष्ट हुन्छ । कविले राजा महेन्द्रको स्तुति यसरी गाएका छन् ः
अतुल पुजारी राज्यपाल
मानवताका अडिग ढाल
गौरीशङ्कर हिमाली भाल
जहाँ सुशोभित महेन्द्र राज छ ।
(सुनगाभा, कभर पृष्ठ)
यस रचनापछि उनमा सृजनात्मक प्रतिभा लोलाउनुका साथै वैचारिक धरमरपनाले स्थान पाएको देखिन्छ ।
गद्यात्मक, पद्यात्मक कविता, भ्mयाउरे, सोरठी तथा आधुनिक गीतका रचयिता कलानाथका रचनामा पाइने लयात्मकता, अन्त्यानुप्रास, अलङ्कार तथा कमै मात्रामा भए पनि प्रयोग भएका प्रतीकहरूको प्रयोगले गर्दा उनका रचना सरल र सरस बन्न पुगेका छन् । देश र जनताका दुःख र दर्द, मर्म तथा व्यथाहरू बोलेका हुनाले ती अझ मिठा बन्न पुगेका छन् । शब्दहरूको थुप््रयाइले कविताहरू दुर्बोध तथा क्लिष्ट पनि बन्न नपुगेका होइनन् । हिन्दी तथा अङ्ग्रेजी शब्दहरूको प्रयोग कहीँकहीँ बिŠने खालकै छ । उनका कतिपय कविताका शैलीमा देवकोटा, सम तथा रिमालको टड्कारो प्रभाव पाउन सकिन्छ ।
कविको विशृङ्खलित आस्थाका कारणले होला, समालोचकहरूले उनका विषयमा उस्तो कलम चलाएको देखिन्न । कविका कृतिहरूको सूची हेर्दा उनको कलम विक्रम सं २००८ देखि २०२२ सालसम्म चलेको भए तापनि अत्यन्त उर्वर काल भने २००८ देखि २०१२ सम्म ठहरिन्छ ।
पाद टिप्पणी
१. कवि शिरोमणि लेखनाथको भनाइ सुनगाभा
२. राहुल सांकत्यायनको भनाइ मनको कुरो बुझिदेऊ
३. कविकै भनाइ (२०४९।०८।२८ को भेटमा) : कुतकुते गीतमाइला दाइ गाइदे तप्रतिबन्ध गरिएका थिए ।
४. कविको सम्झनाका आधारमा
सन्दर्भ :
. मदन पुरस्कार पुस्तकालय
  
(पुनःश्च : यसै पत्रिकाको पूर्णाङ्क ३१ मा स्वनामधन्य साहित्यिक अनुसन्धाता शिव रेग्मीले कलानाथ अधिकारीशीर्षकमा लेख्नु भएको लेखोटमा यस्तो लेख्नु भएको रहेछ उहाँका सम्बन्धमा सूर्योदयवर्ष २ अङ्क ३ सहित २०५० मा रमेशमोहन अधिकारी एउटा लेख लेख्नु भएको रहेछ । उहाँको अनुसार कलानाथ अधिकारीको जन्म १९८१ सालमा काठमाडौँमा भएको रहेछ । तर उहाँले उल्लेख गरे अनुसार उदयमासिक १९९६ मा प्रकाशित अस्तित्वभनी फेला पर्दैन किनभने उदयत्यतिबेला बन्द थियो ।
मेरो स्पष्टीकरण :
मैले कलानाथ अधिकारीले सम्झनाका आधारमा भन्नु भएका कुरा उल्लेख गरेको हुँ । आधिकारिक प्रमाणले जे बोल्छ, त्यही सत्य ठहरिन्छ । अझ खोजबिन गरेर निष्कर्षमा पुग्नु आवश्यक छ । अन्य तथ्य र प्रसङ्गका लागि  समादरणीय शिव रेग्मीले सङ्केत गर्नु भएको समीक्षा केही परिष्कारसाथ प्रस्तुत छ ।)    




1 comment:

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails