गोहीको साथी

गोहिँ

हेर्दा मान्छेजस्तो लाग्थ्यो
मान्छेकै जस्ता दुई ओटा गोडा
मान्छेकै जस्तो आकृति
मान्छेकै जस्तो उभ्याइ, हिँडाइ र बोलाइ थिए उसका
लाग्थ्यो, त्यो मान्छे हो
निक्खुर मान्छे

एक दिन ऊ हाँस्तै
म नेर आउँदै थियो
म पनि मान्छे न हुँ
फिस्स हाँसि दिएँ

उसले मलाई च्याप्प समात्यो
ग्वाम्लाङ्ङ अँगालो मार्‍यो

मलाई चाट्न थाल्यो

म मक्खिएँ चाटिन पाएकामा
धेरै माया गरेको ठानेँ
उसले चाट्दै गयो,
म चाटिँदै गएँ

उसले धेरै चाटेपछि
म आत्तिएँ
मेरा गाला, हात, पाखुरा र गोडाका
मासुहरु त
दर्फरिइसकेका रहेछन्
जता छाम्दा पनि दुख्तो रहेछ
जता छाम्दा पनि पीडा नै हुँदो रहेछ

उसले चाट्ता चाट्तै
क्रूरताका डामहरु छोडि सकेको रहेछ
पीडाका स्मारकहरु खडा गरि सकेको रहेछ
झलक्क हेर्दा दयालु जस्तो
पुलुक्क चियाउँदा मायालु जस्तो
त्यो त
बोली मिठो

जिब्रो खस्रो भएको
गैँडा पो रहेछ
गोहीको साथी!

(Picture Source : Click Here)

5 comments:

  1. गोहीको साथी साँच्चिकै डरलाग्दो पो हुँदोरहेछ |

    ReplyDelete
  2. उच्चतम कला शौलि र मौलिकताको प्रखर मिश्राण ।

    ReplyDelete
  3. I like kathmandu... I visit kathmandu 5 days ago..

    ReplyDelete
  4. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails