आँखा ( लघुकथा )

fuuny doctor ‘के कम्प्लेन हो, तपाईँको ?’ एक सरकारी अस्पतालका डाक्टर आफ्नो रोगदेखि आत्तिएको रोगीलाई हल्का तरिकाले प्रश्न गर्दछन् ।

‘मेरो कानमा केही समयदेखि रातो देखिएको छ । दुख्तैन पनि र चिलाउँदैन पनि । पहिलेभन्दा फैलिएको पनि थाहा छैन । यस्ता रोगमा के के जाति रोगका लक्षण देखिन्छन् भन्ने सुनेर आएको हुँ ।’ रोगी आफ्नो रोगलाई राम्ररी हेरियोस् भन्ने आग्रहयुक्त बोली एकै सासमा तुर्याउँछन् ।

रोगीलाई आफ्नो अलि नजिक डाक्तै डाक्टर हल्कै तरिकाले हेर्छन् र भन्छन् ‘देखिँदैन त ?’

‘इ ! याँनेर डाक्टर साहेब !’ रोगीले रातै ठाउँमा देखाउँछ ।

‘खै, मैले त देख्तै देखिनँ।’ डाक्टरको उपेक्षित जस्तो जवाफ हुन्छ ।

यस घाउका बारेमा शङ्का भएपछि ‘ दुइटा प्राइवेट क्लिनिकमा यसको उपचार गराएँ तर ठिक भएन । त्यसैले यहाँ आएको हुँ ।’ यसभन्दा अघिको उपचारको स्थिति अवगत गराउँछन् रोगी ।

त्यसपछि डाक्टर प्रसन्न हुँदै भन्छन् ‘ए ! उसो भए मेरो पनि प्राइवेटमै आउनुस् न !’

 

( Source of photo :Click here )

5 comments:

  1. समय अनुसार मिल्दो लाग्यो कथा। यस्तै छ यँहा को चलन।

    ReplyDelete
  2. पैसा अनुसारको उपचार । यो परिस्थिति हाबी भएसम्म सर्बसाधारण को पहुँच सम्म स्वास्थ्य सेवा पुग्ला ? अनि २-२ चोटी चेक गराउदा पनि सन्तुष्ट नहुने बिरामीलाई मानसिक बिरामी पनि मान्नु पर्ला ।

    ReplyDelete
  3. साह्रै सरल , सटिक र मार्मिक लघुकथा |

    ReplyDelete
  4. रमेशमोहन जी - लाजै पचाएर भन्ने है - ति डाक्टर भनाउदाहरुले !

    लेखन राम्रो लाग्यो !

    ReplyDelete
  5. पैसा लिन्छन् उपचार गर्छन्, व्यापारमूखी पनि हुन्छन्, कमी कमजोरी लाई एकछिन् पन्छाएर विचार गर्दा उनीहरुले हाम्रो शरीरमा गर्ने प्रयोगात्मक अभ्यास मलाई पट्क्कै मन पर्दैन । यो मैले ५ दिन भोगेर भर्खर मात्र आएँ ।

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails