भ्यागुताहरू


सहरिया भ्यागुताहरू NEW-MathFrog
सहरमा बस्छन्
सहरमा रम्छन् 
ती गाउँ पस्नै चाहन्नन्
त्यसैले ती 
गाउँमा पनि देख्छन्
सहरिया सुख–सुविधाहरू
अर्थात् 
रिक्सा, बस, ट्याक्सी
फोन, फ्याक्स र इन्टरनेट
अनि सजगता र सचेतता


गाउँका भ्यागुताहरू
गाउँमा बस्छन्
गाउँमै रम्छन्
ती सहर जान्नन्
ती सहर जान चाहन्नन्
र 
सहरमा पनि बाँचेको ठान्छन्
गाउँले मौलिकता

अर्थात् 
निष्पक्षता, निस्वार्थता 
श्रमनिष्ठा, स्वावलम्बीपन र नैतिकता 
अनि स्वाभिमानीपन र स्वच्छता
 
Related Posts with Thumbnails