समय
समय चिप्लिरहेछपलपल गर्दै
म
समयलाई समात्न
कति प्रयत्न गरिरहेछु
तर पनि
समय भागिरहेछ मबाट
पलपल गर्दै
र पनि
मैले
समयलाई पछ्याउन छाडेको छैनभर्खरै समय मनेर बाटै पार भयो
म उसलाई नै पर्खँदै थिएँ
म उसलाई नै चियाउँदै थिएँ
म सजग थिएँ
र पनि
थिइनँ चाहिने जति
र त
मेरो छेवैबाट गएर पनि
मैले उसलाई भेट्टाउन सकिनँ
उसले मलाई
पर्खेर हेरेन
फर्केर हेरेन
कति निष्ठुर रहेछ समय
म उसलाई पर्खिरहेको थिएँ
तर
ऊ मलाई नै छलिरहेको थियो
कस्तो निष्ठुर
उफ !
कस्तो निष्ठुर !!
जीवन दर्शनको कलात्मक प्रस्तुति! यहि छलकारी समयका दास हौं हामी सबै।
ReplyDeleteThis is the nice poem about the time.
ReplyDeleteएउटा भनाई याद आयो- "समयको उत्तरार्धमा कथा भन्ने मान्छे आफै कथा वन्दो रहेछ!!"
ReplyDeleteवसन्त दाईले भनेजस्तै जीवनदर्शनको कलात्मक प्रस्तुति छ यो कवितामा । पढ्नलाई साह्रै मज्जा आउने । अनि सतहिरूपमा हेर्दा यो एउटा आव्हान यो समय व्यवस्थापनप्रति ।
भनिन्छ नि बगेको खोला फर्किदैन , समयले पर्खिदैन | हामीले समयलाई दाश बनाउन सक्दैनौ तर हामी समयको दाश बन्ने पर्छ |
ReplyDeletesamayale manislai thaha napai jhukyaundo rahechha . yasartha malai ghat paryo .
ReplyDelete