अनुग्रह
बसमा साह्रै भिड थियो । रामप्रसाद बसको पछिल्लो सिटमा परेका थिए । एउटा बच्चा लिएका एक जोडी बसभित्र छिरे । उनी सक्पकाए । बूढाबूढी चढेका भए के गर्थे कुन्नि! उनी उठिहाल्न सकेनन् तर तिनका बच्चा काखमा भने लिइदिए । बच्चाकी आमा अनुगृहित देखिइन् ।
गन्तव्य आइपुगेपछि तिनले आफ्ना बच्चा सम्हाले । ती दुवै अनुगृहित जस्ता देखिए । तिनीहरू बसबाट ओर्लिनासाथ अकस्मात् आँखा बगलीमा पर्दा पो रामप्रसाद झल्याँस्स भए । उनको बगलीमा एकसुको थिएन । बल्ल उनले सम्झे ‘बच्चाको बाबुले उनको बगलीतिर आँखा निकै गाड्न भ्याएको थियो ।’
२०६६।७।९,सोमबार ।
sano chutkila jasto lagyo.
ReplyDeletesaroj
बिषय बस्तुका हिसाबले पुरानै लाग्यो ।
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDelete