Showing posts with label लेख. Show all posts
Showing posts with label लेख. Show all posts

भय र स्नेहका पर्याय: ठुल्दाजु

आफ्नै दाजु भनेर के गर्नु ! ठुल्दाजु अर्थात् ध्रुवमोहनलाई मैले राम्ररी चिनेको म सात वर्ष पुगेपछि हो । माइल्दाजुलाई चिनेको पनि मोटामोटी त्यही समयदेखि हो । यसको कारण म र सान्दाजु प्राथमिक तहमा पढ्दै हुनाले गाउँ विश्रामपुरमै पढ्थ्यौँ । दाजुहरू माथिल्ला कक्षाहरूमा पढ्ने हुनाले दुई मुख्य नदी मनुषमारा र वाग्मतीपारि गोडैतामा पढ्नुहुन्थ्यो । छात्रावासमा बस्ने हुनाले देखादेख वा भेटघाट कमै हुन्थ्यो ।

म सात वर्ष नपुग्दै ठुल्दाजुले हकारेको चाहिँ मलाई सम्झना छ । मेरो सान्दाजु त्यतिखेर लुरे हुनुहुन्थ्यो । त्यसै ताका माइल्दाजुलाई बोकेर हिँड्दा सान्दाजुको गोडा भाँचिएको थियो । त्यही भएर दाजुहरूले सान्दाजुलाई ‘लुरे’ भन्नुहुन्थ्यो । म पनि हेपेर कहिलेकाहीँ ‘लुरे’ भनिदिन्थेँ । आमाबुबालाई चित्त नबुझे पनि केही गर्नुहुन्थेन तर ठुल्दाजुबाट कि हप्काइ कि कुटाइ खाइन्थ्यो । यस्तै सान्दाजुको सुरुको नाम ‘चन्द्रदीप’मा पनि हुन्थ्यो । सान्दाजु मेरो दाजु मात्र नभएर साथी जस्तो पनि हुनुहुन्थ्यो । त्यही भएर सान्दाजुलाई हेप्न सजिलो पर्थ्यो । सान्दाजु सहनुहुन्थ्यो वा मुर्मरिनुहुन्थ्यो तर ठुल्दाजुबाट यस्ता कुरा सहन हुँदैनथ्यो र यस्ता कुराको फैसला ठुल्दाजुले कुटेरै गर्नुहुन्थ्यो ।

‘घुम्तीहरू छेलिएपछि’भित्रका सान्दर्भिक चित्रहरू

लेखकः विश्वनाथ सन्जेल
१. विषय प्रवेश
                बन्धआधारपदमा निउपसर्ग लागेर बनेको निबन्ध शब्दको अर्थ राम्ररी बाँध्नु भन्ने हुन्छ । यसर्थ निबन्धको शाब्दिक अर्थ राम्ररी बाँधिएको रचना भन्ने हुन्छ । विश्वसाहित्यमा नै साहित्यको कान्छो विधाका रूपमा विकसित निबन्ध नेपाली साहित्यको पनि एक महŒवपूर्ण विधा हो । अन्तरङ्ग विचार वा भावना अभिव्यक्ति भएको अथवा बहिरङ्ग वर्णन र विवरण प्रस्तुत भएको समय र स्थानगत सीमाभित्र बाँधिन बाध्य नभए पनि निश्चित प्रकारको सिलसिला तथा अनुक्रमयुक्त विषयविशेषमा केन्द्रित कलात्मक गद्य रचनालाई निबन्ध भनिन्छ (श्रेष्ठ, २०५६ ः ११५) । वास्तवमा निबन्धमा लेखक स्वयम्को उपस्थिति अनिवार्य हुन्छ । यो उपस्थिति कतै विचार भएर कतै अनुभूति भएर अनि कतै भावुकता भएर अभिव्यक्त भइरहेको हुन्छ । लेखकले आफूलाई नढाँटी मन र मस्तिष्क दुवै प्रस्तुत गर्ने विधा नै निबन्ध हो (प्रधान, २०६६ ः ७) । यसरी नेपाली साहित्यकारहरूका निबन्धसम्बन्धी आआÇनै विचार र धारणाहरू छन् । यसका आधारमा निबन्ध लेखकको निजात्मक विचार केन्द्रित रचना हो भन्न सकिन्छ ।
               

कवि कलानाथका रचनामा पाइने राजनीतिक चेतना

कुनै साहित्यकारले आफ्ना रचनाद्वारा देश र जनताका लागि कतिसम्म योगदान गर्यो भनी केलाउने विधा समालोचना नै हो । त्यसैले प्रत्येक साहित्यकारका रचनालाई उसका कृतिका आधारमा आलोचना गर्ने, सुझाव दिने, प्रशंसा गर्ने र प्रोत्साहन दिने नीति अँगाल्नु पर्छ । यस क्रममा वैचारिका पूर्वाग्रहलाई रत्ति पनि ठाउँ दिन हुन्न । यसै धारणाका आधारमा यो समालोचना प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

एकताका लोकगीतको झङ्कारद्वारा नेपाल राज्यभरिका सम्पूर्ण झुप्रा छाप्राहरूमा जागृतिको आलोक फैलाउनेसुशिक्षित सुसंस्कृत तरुण तथा नेपाली भाषाका राम्रा लोक कवि र सुन्दर गायक२ भनी प्रशंसित कवि कलानाथ क्रान्तिकारी गीतका कारणले कुनै दिन रेडियो नेपालमा प्रतिबन्धित भएका थिए  भने आज नयाँ पुस्तामा साहित्यकार तथा संस्कृतिकर्मीहरूका अगाडि बिराना बन्न पुगेका छन् ।

‘अमरावति कान्तिपुरी नगरी’मा शैलीवैज्ञानिक दृष्टि

१. परिचय
आदिकवि भानुभक्त आचार्यकोे ‘अमरावति कान्तिपुरी नगरी’ कविता मैले कक्षा सातमा छँदा पढेको हुनुपर्छ । त्यतिखेर मेरा नेपाली भाषा शिक्षक अर्जुनप्रसाद अधिकारीले कसरी पढाउनुभयो र मैले कसरी बुझेको थिएँ भन्ने कुराको हेक्का मलाई अहिले छैन तर त्यो कविता मलाई एकसरो मन पर्थ्यो । छन्द र लय नजाने पनि कहिलेकाहीँ गुनगुनाउन मन लाग्थ्यो ।
अहिले पनि यस कविताले मलाई त्यही बेलाको सम्झना आउँछ र थोरै मात्र भए पनि बुझेको रहेछु जस्तो लाग्छ ।
यस कविताका कवि आचार्यलाई पहिलो पटक काठमाडौँ पुग्दा सारै रमाइलो लागेछ । सौन्दर्य चेतना भएका कवि प्रकृतिका सुन्दर उपहार युवतीहरू बाटामा मस्किँदै हिँडेको देखेर भुतुक्क भएछन् र लेखेछन् ः
चपला अबला एक सुरमा
गुनकेसरीको फुल ली शिरमा
हिँडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी

आनन्दमय यात्राहरू

आनन्दमय यात्राहरू

मेरा जीवनका रहरहरूमा यात्रामा रमाउनु पनि एउटा हो । तर यस मौकाबाट म प्रायः वञ्चित नै रहँदै आएको छु । यी वञ्चनाका आफ्नै बाध्यता त अवश्य होलान् । जन्मँदा म मोटर नचल्ने ठाउँमा थिएँ । आठ वर्ष टेक्दा नटेक्दै मेरो परिवार जहाँ बसाइँ सरेको थियो, त्यहाँ पनि भर्खर मोटर बाटो बन्न लागेको थियो । त्यसो हुनाले बाल्यकाल भनिने उमेरमा मैले यात्राको औपचारिक मौका पाइनँ ।
परिवारमा कान्छो भएको हुनाले म अलि पुल्पुलिएको थिएँ । जति पुल्पुलिए पनि मेरा बुवा–आमा तथा दाजुहरूले मलाई पढाइका मामलामा भने पुल्पुलिन दिनुभएको थिएन । सानो छदाँ म आफूभन्दा तीन वर्ष जेठो सान्दाजुलाई हेपिहाल्थेँ । उहाँसगैँ नै प्रायः खेल्ने, पढ्ने, विद्यालय जाने–आउने हुनाले पनि मैले उहाँलाई हेप्न सकेको थिएँ । त्यतिखेर सान्दाजु अलि सोझो खालको हुनुहुन्थ्यो । अरू दाजुहरू घरमा रहनुहुन्नथ्यो । बुवा जागिरमा कता–कता पुग्नुहुन्थ्यो । नियमितजसो घरमा बस्नेमा सान्दाजु, आमा र म थियौँ ।

जोसिला बुढा

Picture Source : Click Here

त्यही बाटो सयौँ पल्ट हिँडेँ हुँला, आफ्ना आवश्यकताले कैयौँपल्ट त्यहाँका पसल पसल चहारेँ हुँला । मलाई थाहा थिएन त्यहाँ कुनै मनीषि छन् भनेर । साँच्ची साँच्ची भन्ने हो भने म त पथलैयालाई छयहत्तर जिल्लाका नागरिकहरूको जमघट भन्ठान्थेँ । म त त्यहाँको संस्कृति, परम्परा तथा चालचलन अन्य स्थानहरूभन्दा भिन्दै छ भन्ठान्थेँ । त्यहाँका मानिसहरूमा आधुनिकताका नाममा केवल विकृत संस्कृतिको विकास भएको होला भन्ठान्थेँ तर होइन रहेछ । नयाँ ठाउँ भएर पनि त्यहाँ नयाँ मान्छे मात्र रहेनछन्, नयाँ सांस्कृतिक वातावरण मात्र रहेनछ, आधुनिकीकरणको अन्धानुकरणले मात्र गाँजेको रहेनछ । यो ठाउँ त साहित्य, संस्कृति, सञ्चार, खेलकुद आदि क्षेत्रमा आफ्नै ढङ्गले अगाडि बढ्दै रहेछ । यहाँ त गीतकार, साहित्यकार औ राणाकालदेखिका राजनीतिका ज्ञाता पनि रहेछन् ।

यो कुरा अझ म कयौँ वर्ष थाहा पाउँदैनथेँ हुँला, पथलैयालाई अझै कति वर्ष म पुरानै आँखाले हेरिरहन्थेँ हुँला निबन्धकार श्यामप्रसाद शर्मा तथा जनकप्रसाद हुमागाईँज्यूसँग हेटौँडामा भेट र परिचय नभएको भए । उहाँहरूसँग भेट भएको भोलिपल्ट अर्थात् २०४८ साल माघ ४ गते नै मेरो यो भ्रम टुटेको थियो । श्यामप्रसादहरू आफूले चिनेका मान्छेलाई आफ्नै ठान्नु हुँदो रहेछ, बिर्सनु हुँदो रहेनछ । त्यसैले चन्द्रनिगाहपुर जाने बाटामा पर्ने पथलैयाका ती मनीषि कलानाथ अधिकारीलाई भेट्न बिर्सनु भएन । मलाई लाग्यो यी बुढाहरूले कता लगेर कति अल्मल्याउने हुन्, समय कति बर्बाद गर्ने हुन् । कुरो सुन्दै र बुझ्दै गएपछि पो लाग्दै गयो त्यो भेट, त्यो संयोग कति उपयोगी रहेछ !

कलानाथ अधिकारी श्यामप्रसाद शर्माका विद्यालयीय गुरु हुनुहुँदो रहेछ । उमेर छँदा देशभरमै तहल्का मच्चाउन सक्ने मान्छे पो हुनु हुँदो रहेछ, रेडियो नेपालको स्थापनासँगै प्रथम पुस्ताका गायक हुनु हुँदो रहेछ, मास्टर रत्नदासको समकालीन हुनु हुँदो रहेछ ।

इन्द्र सरोवरमा म

मान्छेको जीवन अचम्मको हुँदो रहेछ । कतिपय यात्रा मान्छेले योजना गरेर हुँदो रहेछ, कतिपय यात्रा विना योजनामै वा अरूका योजनाका कारणले हुँदो रहेछ । कतिपय यात्रा थाहा पाएर हुँदो रहेछ, कतिपय यात्रा त आफैँले थाहा नपाई नपाई पनि हुँदो रहेछ । मैले गरेका मार्खुका यात्राहरू यस्तै थाहा पाई पाई थाहा नपाई नपाई भएका छन् । पहिलो चोटि २०४२ सालमा म मार्खु जाँदै छु भन्ने थाहा नपाईकनै पुगेको थिएँ । त्यतिखेर पनि माहिलो दाजु उत्तम चित्लाङमा पढाउनु हुन्थ्यो । दाजुलाई भेट्नु पर्ने थियो । त्यस ताका अहिले जस्तो मोबाइल त परैको कुरो भयो सिडिएमए फोन पनि प्रचलनमा थिएन । कसलाई सोध्नु ? चन्द्रनिगाहपुरबाट हेटौँडा आएर एक दुई जनालाई सोधेँ, भीमफेदीको बाटो देखाइदिए । होला त नि भनेर हिँडेको हत्तु हैरान भइयो । हो, त्यही बेला म चित्लाङ पुग्न मार्खु पुगेको थिएँ ।
 

दोस्रो पटक जागिरको सिलसिलामा चित्लाङको खर्क पुगेको थिएँ । खर्क अर्थात् कखुबिर्ता । मूलतः उपाध्याय लामिछानेहरूको बस्ती । त्यहाँ ठुला पसलहरू थिएनन् । चामल आदि किन्न कि त एक घण्टा हिँडेर पौवा पुग्नु पथ्र्यो कि त एक घण्टा नै हिँडेर मार्खु । मलाई चाहिँ पौवाभन्दा मार्खु नै सजिलो लाग्थ्यो । मार्खुमा विद्युत् प्राधिकरण क्षेत्रमा सान सानै भए पनि चिटिक्क मिलेका घरहरू थिए । इन्द्र सरोवर थियो । म त्यस क्षेत्रभित्र पस्तैनथेँ, इन्द्र सरोवरको पानी खेलाउन जाँदैनथेँ र त्यहाँको माछा खाने सोख पनि मभित्र पलाउँदैनथ्यो । किन भनेर भन्न मलाई अहिले पनि असजिलो छ । जे भए पनि  बाहिर बाहिरबाटै हेर्न भनेर पनि मैले मार्खुलाई मेरो बजारका रूपमा रोजेको थिएँ ।
Photo1421खर्कमा म एक वर्ष पनि बसिनँ । तर यही बाटो भएर २०५५ र २०५९ सालमा चित्लाङको साहित्यिक यात्राका क्रममा पनि हिँडेको छु ।  
त्यसपछि पुरा बाह्र वर्ष भएछ मार्खु नगएको । यसपालि फेरि अचानक जाने मौका पर्यो । कार्यालयबाट परीक्षा शाखाका हरिश्चन्द्र सापकोटाले फोन गर्नु भयो 'रमेश सर, फागुन २३ गते जिशिकामा आउनु होला ।' मैले किन भनेर प्रश्न सोधेँ । उहाँले तपार्ईँ केन्द्राध्यक्ष हुनुभा'छ भन्नुभयो । मैले केको भनी सोधेँ । उहाँले एसएलसीको भन्नुभयो । अनि मैले कहाँको भनी सोध्दा तपाईँलाई त्यति मात्र भन्ने आदेश छ भन्नु भयो । मैले २३ गते मात्र थाहा पाएँम मार्खु जानु छ भनेर ।
कार्यालयीय जिम्मेवारी भनेको एउटा अवसर र एउटा जिम्मेवारी पनि हो । अझ प्रवेशिका परीक्षा सञ्चालन गर्ने जिम्मेवारी त चुनौती पनि हो । कार्यालयले दिएको जिम्मेवारी राम्ररी गर्न सके जस पनि पाइन्छ र राम्ररी गर्न नसके अपजस पनि । तर पनि कार्यालयले दिएको जिम्मेवारी वहन गर्नै पर्ने हुन्छ ।
नेपालमा दलहरूको बहादुरी बन्द गर्नमा छ । त्यो बन्दले कस कसलाई कसरी कसरी मार पर्छ भन्ने चासो छैन । कुन दिन कसलाई के भ्mवाँक चल्छ, बन्द गर्छन् त्यो पनि अचानक अचानक । बन्द गर्न कुनै ठुलो तयारी र शक्ति पनि चाहिँदैन । धाक दिन सके पुग्छ, थर्काउन सके पुग्छ, तोडफोड गर्न सके पुग्छ । दलहरूको शक्ति आम प्रदर्शनमा हुनु पर्ने, राम्रा र सृजनात्मक कामहरू गर्नमा हुनु पर्ने । तर दलहरू र तिनका भातृ सङ्गठनहरूले पच्चिस पचास वा सयको जमातले पुग्ने विरोधको कार्यक्रम रोज्ने गर्दछन् र सर्व साधारणलाई मर्कामा पार्दछन् । त्यो मर्काले कसैको जागिर, कसैको मजदुरी वा कसैको ज्यानमा समेत तल वितल पर्छ । त्यसको वास्ता बन्दकारीलाई हुँदैन । उनीहरू त आप्mना कारणले अरू अप्ठ्यारामा परे आफ्नो कार्यक्रम सफल भएको ठान्दछन् । उनीहरूले विरोध र असर पार्नु पर्ने शक्ति पहिल्याउन नसक्नाले न बन्दको असर सम्बन्धित पक्षलाई पर्छ न अन्य पक्षहरू सकारात्मक हुन्छन् । चोट एउटाले पाउनु पर्ने अर्कैले पाइराखेको हुन्छ । हुनु पर्ने कुरो भइराखेको हुँदैन, नहुनु पर्ने कुरो भइरहेको हुन्छ । जे होस्, बन्दकर्ताको लक्ष्य म लगायतका साथीहरू थिएनन् तर हामी सहरबाट टाढाको केन्द्रमा जानु पर्ने साथीहरू नै विद्यालयबाट एक दिन अघि हिँड्नु पर्नेमा पर्यौ ।  मैले जानु थियो दुई दिन अगाडि अर्थात् २९ गते तर जानु पर्यो २८ गते नै ।
परीक्षाभन्दा तिन दिन अगाडि आइपुगे पनि म मरुभूमिमा आएको थिइनँ । म मेरै देशको छहरामुनि थिएँ, म मेरै देशको पहरामुनि थिएँ । म नेपालको एउटा सुन्दर ताल इन्द्र सरोवरको समीपमा थिएँ । म यसको सौन्दर्यले सुवासित, आह्लादित र प्रभावित थिएँ । यहाँ छँदा मैले कर्तव्य निर्वाहपछिको सम्पूर्ण समयलाई अधिकतम सदुपयोग गर्नु थियो । यस ठाउँलाई अझ चिन्नु थियो, यस वरपरको परिवेशलाई अझ बुभ्mनु थियो र यस अवसरलाई सधैँ सधैँका लागि मन  मुुटुमा साँच्नु थियो ।    
समयले २०४२२०६९ का बिचमा थुप्रै नभए पनि केही न केही परिवर्तन गरिसकेको थियो । मार्खु, इन्द्र सरोवर र चित्लाङ केही बदलिइ सकेका थिए । म आफ्नो १३ दिने बसाइमा यही भिन्नता खुट्याउन चाहन्थेँ र यस क्षेत्रलाई अझ चिन्न चाहन्थेँ ।
मैले चिनेको चित्लाङ काठमाडौँसँग बढी सम्बन्ध जोडिएको ठाउँ मात्र थियो । अब पर्यटकीय क्षेत्र बन्न लागेको रहेछ । मैले यहाँका होमस्टेका बारेमा राष्ट्रिय दैनिक पत्रिकाहरूमा पढेको र सुनेको थिएँ । मलाई रिसोर्ट नै खुलेको चाहिँ थाहा थिएन । चित्लाङको यो परिवर्तन हेर्ने चाहनालाई दाजु र स्वच्छन्द भैरव उच्च माविका प्राचार्य मित्र विष्णु दाहालले पुरा गरिदिनु भयो । यस क्रममा सर्वथम हामी रिसोर्टमा पुग्यौँ। विद्यालयको जग्गा ठेक्कामा लिएर चलाइएको त्यस रिसोर्टमा क्यानाडा, अस्ट्रेलिया लगायत विभिन्न देशका पर्यटकहरू आएका रहेछन् । एक जना महिलाले ब्रिफिङ गर्दै हुनुहुन्थ्यो । तिनीहरू खाजा खाँदै पनि थिए । हामीले उनीहरूभन्दा पृथक् रहेर मकैभटमास खायौँ अनि मसरुम सुँप तथा चिया खायौँ । रिसोर्ट निर्माणाधीन अवस्थामै थियो । त्यहाँ आएका पाहुनाहरूलाई खाना त्यहीँ र सुत्ने व्यवस्था फरक फरक गरिएको थियो । कसैका लागि टेन्ट, कसैका लागि छुट्टै घरहरू तथा कसैका लागि होमस्टेमा व्यवस्था मिलाइएको रहेछ ।
रिसोर्टपछि होमस्टेतिर लागियो । साँझ परिसकेको हुनाले राधाकृष्ण बस्नेतको होमस्टे मात्र हेर्न भ्याइयो । चिटिक्क परेका कोठाहरूमा उसै गरी मिलाइएका ओछ्यानहरू, टकटकाउँदो सफापन, घरेलु खाजा र खान्गी, आत्मीय व्यवहार नै होमस्टेका विशेषता रहेछन् । उहाँकहाँ चिया र भुइँ स्याउ खाइयो । माटामुनि आलु जसरी नै फिँजिएर तरुल आकारमा फल्दो रहेछ यो । एउटा बोटमा १५-१६ किलो सहजै फल्ने रहेछ । अहिले सय रुपियाँमा बिक्न सक्ने यसको स्वाद रुखस्याउ जस्र्तै हुने रहेछ । सुगर, युरिक एसिड जस्ता रोगको औषधीका रूपमा उपयोगी हुने रहेछ ।
यता मार्खुमा पनि केही परिवर्तनहरू देखिए । मार्खु एउटा पर्र्यटकीय क्षेत्र मात्र नभएर अध्ययन केन्द्र पनि रहेछ । प्रत्येक वर्ष त्रिविविको विज्ञान सङ्कायका स्नातकोत्तर तहका विद्यार्थीहरू भूगर्भीय अध्ययनका लागि कतै न कतै जाँदा रहेछन् । यसपालि उनीहरू मार्खुलाई केन्द्र बनाएर मार्खु वरपरको क्षेत्रका खनिजको अध्ययन गर्दै थिए ।
मार्खुको बसाइ सकिन लाग्दा पनि मेरो एउटा रहर बाँकी नै थियो । म मेरै जिल्लाको सबगढा तथा गेडहीमा डुङ्गा चढेको थिएँ, यसै गरी फेवातालमा चढेको थिएँ । तर मार्खुमा दस बाह्र दिन बस्ता पनि डुङ्गामा पाइला राख्न ताल परेको थिएन । २÷३ दिन अघि स्रोतव्यक्ति पूर्णभद्र भुसाल सरको र मेरो नौका विहार गर्ने सोचाइ मेसो नपाउनाले त्यत्तिकै थन्किएको थियो । भोलिपल्ट महिलाले खियाएको डुङ्गामा ४५ मिनेट सयर गर्नु भएछ । म छक्क परेँ महिलाले डुङ्गा चलाएको सुनेर । कवि मोहन कोइरालाको कवितामा पढेको त थिएँ
माझी सुसेल्थे वारिबाट
मझिनी सुसेल्थिन् पारिबाट
तर आफैँले देख्न भने पाएको थिइनँ । यो कुरा डुङ्गा चढिरहनेका लागि सामान्य लागे तापनि म भने छक्क परिरहेको थिएँ । यत्तिकै हिँड्नु पर्ने भयो भन्ने लागिरहेको थियो । एस एल सीका सबै जाँच सकिएको दिन समीक्षा बैठक समेत सकिएपछि मित्रहरू समक्ष प्रस्ताव राखेँ । 'डुङ्गामा सयर गर्ने मेरो रहर बाँकी नै छ, सम्भव भए महिलाले खियाएको डुङ्गामा भए हुन्थ्यो ।' मेरो आसय बुझेर विद्यालय सहयोगी पार्वती रुम्बाले भनि पनि हाल्नु भयो 'सरलाई त्यस्तो लागेको छ भने म डुलाइदिउँला ।' मलाई के चाहियो र ढुङ्गो खोज्दा देउता पाएपछि । 
पार्वतीले वचन दिएको लगत्तै जसो खाना खाएर हामी तम्तयार भयौँ । सुरुमा केन्द्र परेको विद्यालय सरस्वती बालबोधिनी माविका प्रधानाध्यापक सहदेव कुमार रिमालले डुङ्गा खियाउन सुरु गर्नुभयो । हेड सरले नै चलाएको देखेर छक्क परेँ । मलाई पनि रहर लाग्यो । मैले पनि चलाएँ । बहना चलाउँदाको सन्तुलनले नै डुङ्गालाई सन्तुलन गर्दो रहेछ । सुरुमा त डर लाग्यो । कता कता डुङ्गामा चढेकाहरू दुर्घटनामा परेका समाचारहरू पढेको थिएँ । पानी नपस्ता डर हुँदैन भनेर सरहरूले भनेपछि आश्वस्त भएँ र एक छिन मज्जैले डुङ्गा खियाएँ । त्यसपछि पार्वतीले खियाएको हेर्दै सयर गरियो । मनमनै सिद्धिचरणको 'ओखलढुङ्गा' कविता सम्झेँ । सिद्धिचरण आफ्नो जन्मभूमि ओखलढुङ्गालाई सम्झेर भावको डुङ्गामा सयर गर्थे भने म शिक्षक मित्र पूर्णचन्द्र काफ्ले र विद्यालयकी अर्की सहयोगी लक्ष्मी लामा समेतसँग काठे डृुङ्गामा यथार्थमै थिएँ र पनि युगकविकै कविता सम्झिरहेको थिएँ :
 
जब म चढेर भावको डुङ्गा
सैर गर्छु स्मृतिको प्रिय गङ्गा
सुख स्मृतिको बर्सन्छ रिमझिम
स्वप्न गगनबाट सुशीतल जल
मेरो प्यारो .......................।
लेखन मिति : २०६९।१२।१४ 

जगदीश शर्माको 'अमेरिकामा महिना दिन' हेर्दा

Map of America१. परिचय
जगदीश शर्मा पेसाले पत्रकार हुन्। साहित्य भनेपछि हुरुक्क हुन्छन्। त्यसैले उनको योगदान पत्रकारिता र साहित्यमा उत्तिकै नभए साहित्यतर्फ पनि गतिलै छ। साहित्यिक क्षेत्रमा भने उनी मूलतः प्रेरकका रूपमा चिनिन्छन्। खास गरी 'प्रतीक' दैनिकको 'वाटिका' स्तम्भ मार्फत् उनले नारायणी अञ्चलका बारा, पर्सा, रौतहट तथा मकवानपुरका नव प्रतिभाहरूलाई चिनाउने तथा चिनिएकाहरूलाई स्थापित गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। 
२००६ सालमा जन्मेर ३३ वर्षको उमेरदेखि निरन्तर पत्रकारिता गर्दै आएका जगदीशको पहिलो पुस्तकाकार कृतिका रूपमा 'अमेरिकामा महिना दिन' यात्रा साहित्यिक कृति २०६७ मा पाठक समक्ष आएको हो। पत्रकारिताकै सिलसिलामा एक महिना अमेरिका बस्ने गरी जान पाएका जगदीशले यस कृतिमा सङ्ग्रहित चौध वटै यात्रा संस्मरणहरूमा आफूलाई खुलस्त रूपमा अभिव्यक्त गरेका छन्। 
२. अचम्म लाग्दा यथार्थको प्रस्तुति
लेखकले आफूले जानकारी पाएका प्रत्येक कुरा पाठकमा सम्प्रेषण गर्न खोजेका छन्। यस क्रममा अमेरिकामा रेडियो स्टेसन भएको थाहा पाएका उनले आफ्नो खुसी पाठकहरूलाई बाँड्न खोजेको अनुभूति हुन्छ। अमेरिका जस्तो संसारकै प्रजातान्त्रिक आदर्श ठानिने मुलुकमा समेत कतिपय कुरा खुलस्त भन्न मिल्ने स्थिति नहुनु र कसैले केही कुरो चुहाइहाले पनि 'अफ द रेकर्ड' भनेर मात्र भन्न मिल्ने अमेरिकी सहकारी संस्थाहरूको जस्तो उदेक लाग्दो स्थिति पनि हामी उनका संस्मरण पढेर थाहा पाउन सक्छौँ। नेपाल जस्तो अविकसित देशका समेत कतिपय सहरहरूमा हुने खालको सार्वजनिक शौचालय अमेरिकामा कतै नहुनु झन् अचम्म लाग्दो कुरा हो। यस्तै उपभोग्य वस्तुहरू उत्पादन नगर्ने अमेरिकी नीति र प्रवृत्ति पनि पत्याउन अप्ठ्यारो पर्ने तर पत्याउनै पर्ने सत्य हो।
अमेरिकाको 'आई डु नट नो' अर्थात् 'मलाई केही थाहा छैन' संस्कृति अचम्म लाग्दो छ। अमेरिकीहरू विवादमा पर्न सकिने सन्दर्भमा कतिपय अवस्थामा 'थाहा छैन' भनी दिन्छन्। त्यस्ता विषयमा उनीहरूले राम्ररी थाहा पाएका वा पटक्कै थाहा नपाएका पनि हुन सक्छन्। यो संस्कृति कतिपय प्रसङ्गमा ठिकै लागे पनि  कतिपय प्रसङ्गमा भने अलि बढी बिन्दास खालको तथा व्यक्तिवादी लाग्छ। सँगै कुनै कार्यक्रममा गएका व्यक्ति पति पत्नी नै भए पनि एकले अर्कालाई नपर्खने अमेरिकी विशेषता व्यक्तिवादी लाग्दा लाग्दै पनि ठिकै लाग्छ। यसो गर्दा भने कुनै एकका कारणले हुने ढिलाइ वा अन्य कमजोरीप्रति निर्दोष व्यक्ति दोषी ठहरिनु पर्दैन।

आधारभूत तहका नेपाली पाठ्य पुस्तकहरूमा एक दृष्टि

नेपाली पाठ्यक्रमले मूलत: विक्रमाब्द २०२८ देखि विकसित स्वरूप सुरु गरेको
हो । त्यसदेखि यता पनि समय अनुसार पाठ्यक्रममा निरन्तर रूपमा सुधार हुँदै
आएको छ । त्यही क्रममा पाठ्यक्रम आजको स्वरूपसम्म आइ पुगेको छ । सोही
अनुसार पाठ्य पु्स्तक पनि तयार भएर हाम्रा हात हातमा छन् । निश्चित रूपमा
भन्न सकिन्छ-पाठ्यक्रम र पाठ्यपुस्तक आजको स्थितिमा आइ पुग्दासम्म निकै
कुइनेटाहरू पार गरेको छ र अनन्तसम्म पाठ्यक्रम र सोही अनुसार पाठ्य
पुस्तकमा परिवर्तन गर्दै जान पर्ने स्थिति छ ।
यस लेखोटमा वर्तमान नेपाली पाठ्य पुस्तकका सन्दर्भमा केही कुरा उठाउन
खोजिएको छ । यस क्रममा सर्सर्ती हर्दा देखिएका सकारात्मक तथा नकारात्मक
पक्षको चर्चा हुने छ ।
पाठ्य पुस्तक अद्यावधिक छ र पनि ख्याल पुर्याउनु पर्ने कतिपय पक्ष छुटेका
छन्, खटकेका छन् । ती पक्षहरूलाई बुँदागत रूपमा प्रस्तुत गर्ने प्रयत्न
गरिएको छ । यस लेखमा आधारभूत तहको कक्षा एकदेखि पाँचसम्मलाई आधार मानिएको
छ ।
विद्वान् लेखकहरूले लेख्नु भएको छ, आआफ्ना सिप पोख्नु भएको छ राम्रो हो
तर उहाँहरूले कक्षा अनुसार शब्दहरू चयन गर्न ख्याल पुर्याउन नसक्नु भएको
हो कि जस्तो लाग्छ ।
हाम्रो देश बहु भाषिक, बहु स्थानिक तथा बहु जातीय हुनाले सबैका लागि
अर्थात् देशभरिका विद्यार्थीका लागि एउटै पाठ्य क्रम र पाठ्य पुस्तक
दिँदा उनीहरूको ग्रहण क्षमतालाई पनि ख्याल गर्नु पर्छ । काठमाडौँका
विद्यार्थीले ग्रहण गर्न सक्ने शब्दहरू मोफसलका लागि उपयुक्त नहुन सक्छ,
मोफसलका लागि उपयुक्त हुने शब्दहरू काठमाडौँका लागि उपयुक्त नहुन सक्छ ।
तसर्थ पुस्तक लेखक तथा सम्पादकहरूले नेपाली भाषाको स्तर उठेका
विद्यार्थीहरू, नेपाली मातृभाषी भएर पनि स्तर नउठेका विद्यार्थीहरू,
नेपाली भाषिक वातावरण नपाएका विद्यार्थीहरू तथा नेपाली भाषिक परिवेश
पटक्कै नपाएका विद्यार्थीहरूलाई एकै दृष्टिले हेर्न हुँदैन । यस कुरामा
ख्याल पुर्याउन सकिएन भने लक्ष्य अनुसार उपयुक्त ढङ्गले बालबालिकाको
विकास हुन सक्तैन ।

नेपाली भाषामा नेवारी भाषाको प्रभाव: सामान्य दृष्टि

old-architecture-newari परापूर्वकालदेखि नै एक भाषाभाषीको प्रभाव अर्को भाषाभाषीमा पर्दै आएको हो । एउटा भाषाको प्रभाव अर्को भाषामा नपर्ने हो भने प्रायः भाषाहरू समृद्ध हुन सक्तैनन् । कुनै पनि भाषामा मौलिक शब्दहरू हुनु नै राम्रो हो तर अर्को भाषाको प्रभाव पर्नै हुन्न पनि भन्न सकिन्न । ‘ बुढा मरै भाषा सरै’ भनेझैँ भाषा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुदैँ जान्छ तथा अवस्था र स्थान विशेषका कारणले यो स्थानान्तरण पनि हुँदै जान्छ ।

नेपाली भाषाको मूल संस्कृत हुँदै हो, त्यसैले आधाजसो शब्द नेपालीमा संस्कृतबाट नै आएका छन् । यसैगरी नेपाली भाषामा अङ्ग्रेजी भाषाको प्रशस्त प्रभाव परेको छ । यस्तै अरबी, फारसी, हिन्दी, तुर्की, पोर्तगाली, चिनियाँ एवं फ्रान्सेली भाषाहरूको । नेपालमा बोलिने अन्य भाषाहरुको प्रभावलाई पनि नेपाली भाषाले राम्रैसँग ग्रहण गरेको छ । नेवारी, थारु, लिम्बू, मैथली, मगराँती आदि भाषाहरूबाट पनि प्रभावित छ नेपाली भाषा ।

राष्ट्र भाषाहरुमध्ये सबैभन्दा बढी नेवारी भाषाबाट प्रभावित छ नेपाली भाषा । नेपालको राजधानी नै नेवारहरुको बहुल क्षेत्र भएकाले यस्तो भएको हुन सक्छ । नेपाली बृहत् शब्दकोश ( ने.रा.प्र.प्र., परिमार्जित संस्करण २०५८ ) का अनुसार नेपाली भाषामा नेवारी भाषाका सवा दुई सय जति शब्दहरू मुद्रित रूपमा समाविष्ट छन् । तीमध्ये कतिपय शब्दहरु राजधानी बाहेक अन्यत्रका नेपाली भाषीहरूका जिब्रामा त्यति सारो झुन्डिन सकेका छैनन् ।

नेपाल भाषाको रूपमा समेत चिनिने नेवारी भाषामा कस्ता कस्ता शब्दहरू छन् भन्ने कुरा खोजको अर्कै विषय हुन सक्छ ।

'प्रेतकल्प' पढ्दा

नारायण ढकालज्यू,

मैले 'प्रेतकल्प' भर्खरै जसो पढेँ । तपाईँनेर गरेको वचन अनुरूप यो पत्र लेख्तै छु । पुस्तक केही कुरामा अरू उपन्यासहरूभन्दा पृथक् छ । कुनै परिच्छेदमा प्रथम र कुनैमा तृतीय पुरुष प्रयोग हुनु फरकपना हो । यस्तै परिच्छेदपिच्छे टिप्पणी फरक जस्तो लाग्छ । टिप्पणीहरूले उपन्यासका प्रकरणहरूलाई जीवन्त पारेका छन् ।

पण्डित बालकृष्ण र उसको परिवारले रत्ति नडगी एकपछि अर्का हिम्मतिला कार्यहरू गर्नु , समाजबाट सहमति प्राप्त हुँदै जानु र सफलता समेत प्राप्त हुँदै जानु चमत्कार जस्तै लाग्छ । त्यो चमत्कारै चमत्कारको भुवँरी कतिखेरसम्म चल्ने हो शङ्का पनि लाग्छ । चन्द्र शमशेरजस्ता निरङ्कुश शासकका अगाडि आर्य समाजी प्रचार गर्नु, चन्द्र शमशेरको निम्तो अस्वीकार गर्नु, जातपातको कुरा मेटाउन खोज्नु , अझ अश्विनीको संरक्षण गर्नु, विष्णुभक्तलाई नरम बनाउनु, शिक्षाको ज्योति छर्ने कार्य गर्नु, चेतना फैलाउने कार्य गर्नु एकपछि अर्का जादुगरी जस्ता लाग्ने कार्यहरू हुन् । अझ विधवा विवाह र अन्तरजातीय विवाह त्यसबेलाका परिवेशमा अति क्रान्तिकारी कार्यहरू हुन् ।

यस उपन्यासले दुइटा शिक्षा दिन खोजे जस्तो लाग्छ - पहिलो, उपन्यासका कथानक तथा घटनाक्रमहरूले समाजमा जागरण ल्याउन सङ्गठनको आवश्यकता औँल्याउनु हो भने दोस्रो समाजलाई बदल्न व्यक्ति पर्याप्त हुँदैन, राज्यको कानुन पनि सहयोगी हुन सक्नुपर्छ भन्ने हो ।

'क्रान्तिको महान् गीत झैँ', 'फाँटको साँढे झैँ', 'असारे फूल झैँ' जस्ता सुन्दर उपमाहरू पाइने यो कृति सूक्तिमय वाक्यहरूले अझ सुन्दर बनेको छ र मार्मिक पनि छ ।

अति कथ्य 'मन्नोदरी', 'भे', 'विधुवी' सामान्य पाठकका लागि उपयुक्त जस्तो लागि हाले पनि अनेपाली 'दोगला' खट्कँदो शब्द हो । 'टाउचे', 'टेठा', 'खलिखप्पर', 'खुल्ली' जस्ता अप्रसिध्द शब्द भाषिका भए पनि सामान्य पाठकका दिमागभित्र घुस्न गाह्रो मान्छन् । 'कथाकारको टिप्पणी' मा पुनरुक्ति पाइन्छ भने आदरगत त्रुटि पनि पाइन्छ ।

बालकृष्ण थुनिएपछि उसको बाली स्याहारिदिने को थिए ? बाहिर खुलेर समर्थन गर्न नसके पनि भित्रभित्र सघाउन खोज्ने सार्कीहरू थिए कि अरू कोही ? विष्णुभक्तको छोरा किन त्यति साह्रो पलायन भएको ? त्यस्ता साहसिक कार्य गर्न सक्ने बालकृष्ण किन त्यति विघ्न निरीह देखिएको ? कुराहरू राम्ररी खुल्न सकेका छैनन् ।

पुस्तक पढिरहँदा हृदय चन्द्रसिंह प्रधानको उपन्यास 'स्वास्नीमान्छे' र कृष्ण धरावासीको कथा 'झोला' को सम्झना आउँछ ।

कृति उपन्यास हुनाले टिप्पणीलाई 'कथाकारको टिप्पणी' नभनेर 'उपन्यासकारको टिप्पणी' भन्न पाएको भए राम्रो हुन्थ्यो ।

प्रगतिवादी लेखक भएर पनि यौन सन्दर्भ प्रस्तुत गर्नु भएको रहेछ । यस्तै अश्लील शब्दको पनि प्रयोग पाइन्छ ।

'दु:खको नवीकरण' भन्ने परिच्छेद नराखेकै भए राम्रो हुन्थ्यो । नागरिकहरू निराश भएको अवस्थामा झन् हतोत्साहित पार्न हुन्नथ्यो ।

ढकालज्यू !

पुस्तक रोचक छ । सुरुमा प्रेरक छ र अन्त्यमा निराशाजनक ! मेरो विचारमा होनहार लेखक तपाईँले क्षतिपूर्तिमा अर्को उपन्यास लेख्नुपर्छ; बालकृष्णकै शृङ्खलामा वा एउटा गतिलो पात्र राखेर ! प्रेरक र उत्साहवर्ध्दक उपन्यास लेख्नुपर्छ ।

तपाईँको

रमेशमोहन अधिकारी

'ठूली' पढ्दा

नरनाथ लुइँटेलज्यू,

तपाईँले आफ्नी आमालाई सम्झेर लेख्नुभएको शोककाव्य 'ठूली' भर्खर पढिसिध्याएँ । आमाका बारेमा लेख्नुभएको राम्रो हो । आमाका बारेमा धेरै मानिसहरू संवेदित हुन्छन् । स्वाभाविकै हो , आमाले जत्तिकै माया र त्याग गर्ने नातादार वा अन्य व्यक्ति पनि कमै भेटिन्छन् ।

आमाका बारेमा लेख्नुपर्छ भन्ने प्रेरणा मैले सर्वप्रथम श्यामप्रसादबाट पाएको थिएँ । उहाँले आफ्नी आमाका बारेमा आमाको जीवन छँदै लेख्न नसकेकामा पछुतो मान्नुभएको थियो । त्यसैले म आमाको जीवन छँदै लेख्न चाहन्थेँ तर सकिनँ । जीवन छँदै लेख्ता त्यसमा आमाको चित्त नबुझ्न सक्थ्यो । त्यसले हामीबीचको समझदारीमा असर पार्न पनि सक्थ्यो । त्यसैले मैले मेरी आमाको देहावसानको एकतीसौँ दिनमा मात्र 'आमा' शीर्षकमा संस्मरण लेख्न सकेँ, जुन तपाईँले पढिसक्नुभएको हुन सक्छ ।

'ठूली' पढ्दा मैले तपाईँकी आमालाई मेरी आमाको समानान्तरतामा हेरेछु । तपाईँकी आमाले तपाईँलाई गर्नुभएको मायालाई मेरी आमाले मलाई गर्नुभएको ठानेछु र तपाईँकी आमाले तपाईँका बारेमा सोच्नुभएको कुरा मेरी आमाले मेरा बारेमा सोच्नुभएको ठानेछु । त्यसैले 'ठूली' का सिलोकहरू पढ्दा म द्रवित भएको रहेछु ।

'आशा किन नगरेकी त्यो गुनको गुन
बैगुनीले सकेनछौँ तिम्रा आँसु धुन'

पढेपछि मैले आफूलाई थाम्न सकिनँ, त्यसपछि दस मिनेटजति थामिएर पढ्न खोजेँ पुन: पढ्न सकिनँ । हो, त्यही रन्कोमा मैले तपाईँलाई एस्एम्एस् गरेको थिएँ 'रुने किन लेख्नुभएको ? रोएरै पढ्न सकिनँ मैले त !'

मेरो एस्एम्एस्ले पक्कै तपाईँलाई मर्माहत तुल्याएको हुनुपर्छ । आफ्नी जन्मदातृसँग सधैँभरिको लागि बिछोड कुनै पनि सुयोग्य छोराछोरीका लागि मार्मिक हुन्छ, त्यही कुराको अभिव्यक्ति थियो तपाईँको लेखाइमा । नितान्त आफ्नो संवेदना पोखिएको थियो त्यसमा । कसैलाई पीडा पार्ने उद्देश्य थिएन त्यो लेखाइको र पनि मैले चित्त कुँडिने एस्एम्एस् पठाएछु ।

कहिलेकाहीँ संवेदित पाठकले यसो गर्न पनि सक्छ। यसले असमञ्जसमा परिन्छ, चित्त दुख्ने स्थिति आउन पनि सक्छ तर यो लेखकको सफलता पनि हो ।

तपाईँको पुस्तकमा केही मार्मिक प्रसङ्गहरू आएका छन् । महिलाले हलो जोत्न हुँदैन भन्ने धारणा र अर्कातिर आमाले हलो जोत्नै पर्ने बाध्यता । यस्तै 'बाहुनले च्याउ खान हुँदैन' भन्ने धारणा र अर्कोतिर च्याउ खानै पर्ने बाध्यता । यस्ता केही गर्न नमिल्ने भनिएका बाध्यताहरू यथार्थताका विरूध्द छन् तर नगरी नहुने प्रकारका छन् । निकास दिन नसक्नेको औँलो ठड्याउने हक हुँदैन तर हाम्रो समाज उपयुक्त निकास दिने ल्याकत पनि राख्तैन र औँलो पनि ठड्याउँछ । पति भएर आफ्नो भूमिका वहन गर्न नसक्नेलाई स्याबासी दिने हाम्रो समाज लाजै नमानी एउटी पत्नी हुँदाहुँदै साली स्याहार्नेलाई धाप मार्छ । निरीहका पक्षमा बोल्न सक्तैन र चाहँदैन तर आफूलाई बाठो ठान्छ । हो; यो नचाहिँदो बाठोपनको तपाईँले पर्दाफास गर्नुभएको छ, राम्रो पक्ष हो ।

अत्याचारको पराकाष्ठाले मानिसलाई सहिष्णु वा विद्रोही जस्तो पनि बनाउन सक्छ । सहने प्रवृत्तिकाहरू सहेरै जिन्दगी बिताइदिन्छन् तर सहन नसक्नेहरू विद्रोही बन्न पुग्छन् । तपाईँ र आमाको बीचको फरक पनि त्यही होला ।

तपाईँ र आमाको बीचको सम्झौता गजब लाग्छ । एकले अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति तपाईँका घरमा अपवादका रूपमा भएजस्तो लाग्छ । सबैका आमाहरू कहाँ त्यति लचिला हुन्छन् र ? आमालाई त्यो कुरामा मनाउन तपाईँ सफल हुनुभएको रहेछ ।

आफ्नो मृत्युपश्चात् पिण्ड-पानी नदिन गर्नुभएको आग्रह जायज छ ।

अँ, तपाईँले आफ्नी आमाको दिगो सम्झनाको स्मारकका रूपमा केही गर्न खोज्नुभएको रहेछ । त्यसो गर्दा सम्भव भए वृध्दाश्रम नै राम्रो हो, नसक्ता पुरस्कार स्थापना गर्दा पनि हुन्छ । यसमा हाम्रो अनुभवले तपाईँलाई सहयोग गर्न सक्छ ।

हाम्रो बुवा २०३२ सालमा नै बित्नुभयो । हामी आमाकै संरक्षणमा हुर्क्यौँ । आमा २०६३ चैत्रमा बित्नुभयो । हामीले आमाको जीवनकालमै अर्थात् २०५२ सालमा 'शिव-सावित्री प्रतिष्ठान' स्थापना गर्यौँ र २०५४ सालदेखि केही वर्षसम्म साहित्यिक कार्यक्रमको प्रायोजन र लगभग २०६० देखि आयोजन नै गर्न थाल्यौँ । आमा खस्नुभएपछि त्यस क्रममा केही परिवर्तन आएको छ ।

आमाको जिउनीबाट क्रिया र बरखी गरेर बाँकी रहेको जग्गा आमाबुवाकै नाममा रहने सर्तमा 'शिव-सावित्री आँखा अस्पताल' खोल्न दिने निर्णय भएको छ । अस्पतालले सो सहयोग निश्चित समयभित्रमा प्रयोग नगरेमा त्यसका बारेमा पुन: निर्णय गर्नुपर्ने हुन्छ । यता हेटौँडामा चाहिँ मेरो व्यक्तिगत व्यवस्थापनमा प्रत्येक वर्ष दिने गरी 'शिव-सावित्री मुक्तक साहित्य पुरस्कार' स्थापना गरिएको छ । 'झरना-हेटौँडा सेतु'द्वारा आयोजना गरिने प्रत्येक वर्षको चौथो मुक्तक गोष्ठीका उत्कृष्टलाई दिइने पुरस्कार राशि रु ११११।– रहेको छ ।

यस्तै वा अन्य खाले पुरस्कार स्थापना गरेर पनि पितृलाई सम्झने बाटो गर्न सकिन्छ ।

मानिसले मरेर जाँदा केही लाने होइन, छोडेर जाने कीर्ति वा अकीर्ति हो । मरेर जाने त गइहाल्छन्, उनीहरूलाई सम्झने बाटो गर्नाले आफूलाई पनि सन्तुष्टि मिल्छ, यो नै बाँच्नेका लागि प्राप्ति हो ।

चिठी लामो पो हुन थालेछ । अरू कुरा भेटमा वा अर्को पत्रमा गरौँला । अहिलेलाई बिट मारेँ है त !

तपाईँको

रमेशमोहन अधिकारी

साहित्यमा कोमलता

कमलो वस्तुमा हुने गुण नै कोमलता हो । कोमल हुनु भनेको नरम हुनु हो ।
कुनै वस्तु नरम छ भने त्यसलाई स्पर्श गर्न पाउँदा मात्र पनि हामीलाई आनन्द आउँछ । नरम वस्तुलाई छुँदा आउने आनन्द साहित्यमा नआउन पनि सक्छ ।
साहित्यमा कोमलता भनेको मन छुने हुनु हो । मन छुने साहित्यिक रचनाले कहिले मनलाई आनन्दित तुल्याउँछ भने कहिले पीडित समेत । कविता अझ पद्य कविताका सन्दर्भमा भन्नुपर्दा माधुर्य गुण भएका कारण करुण, शृङ्गार आदि रसका रचनाहरू मूलत: कोमल हुन्छन् ।
शृङ्गार रस प्रधानताको पृथक्ता बोकेर आएको हुनाले गजल कोमल हुन्छ तर गीत अझ कोमल हुन्छ । यस्तै कविता तथा मुक्तकहरू पनि कोमल हुनु राम्रो हुन्छ । हाइकु, हाइकाइ, क्षणिका तथा छोकहरू भने अलि पृथक् प्रवृत्तिका हुन्छन् । जुन विषयमा हामी जति पग्लन सक्छौँ, जति हामी सलल बग्न सक्छौँ, त्यति नै त्यो सुबोध्य, हृदयसंवेद्य वा मर्मस्पर्शी हुन्छ, जति मर्मस्पर्शी हुन्छ; त्यति नै लयात्मक, मधुर, स्तरीय तथा चिरस्थायी हुने सम्भावना हुन्छ ।
कवितामा कोमलता खोज्दा छन्दमय कविताहरूमा हामी यसको पर्याप्त प्रभाव पाउन सक्छौँ । महाकवि देवकोटाको ‘मुनामदन’, माधवप्रसाद घिमिरेको ‘राजेश्वरी’ तथा ‘गौरी’ जस्ता खण्डकाव्य तथा शोक काव्यहरू कोमल कृतिका उदाहरण हुन् ।
कविता, गीत, गजल जस्ता पद्य विधामा मात्र होइन मानिसका पीडा तथा आनन्दसँग एकाकार हुन सकेका गद्य रचनाहरू पनि कोमल हुन सक्छन् । कृष्ण धरावासीको ‘झोला’ र महेशविक्रम शाहको ‘गनाउने चामल’ कथा समेत मर्म स्पर्शी र कोमल छन् । मानवीय संवेदनाको गहिराइसम्म मनग्गे डुबुल्की मारी लेखिएका रचनाहरू कारुणिक छन् र स्तरीय पनि ।
आनन्दका क्षणलाई मानवीय संवेदनाले च्याप्प समात्न सकेका खण्डमा आनन्दयुक्त रचनाहरू पनि कोमल हुन सक्ने सम्भावना हुन्छ तर पीडादायक वा करुणरसप्रधान रचनाहरू नै मूलत: कोमल हुन्छन् ।
साहित्यकार चाहे जुनसुकै विधामा सिध्दहस्त होस्, उसले मिठो शैलीलाई रोज्न सक्यो भने धेरैको प्यारो हुन सक्छ ।
मिठो रचना लेख्न खोज्दा स्वत: मस्तिष्कभन्दा हृदय परिचालित हुन्छ । मस्तिष्क बढी परिचालन हुँदा बौध्दिक रचनाहरू तयार हुन्छन् । बौध्दिकताका दृष्टिले ती स्तरीय र शाश्वत भए तापनि तिनले पाठकका मन जित्न नसकेका हुन सक्छन् । हृदय, मस्तिष्क र हातको क्रमश: संयोजन गरी हामीले त्रिशङ्कु रचना सिर्ज्यौँ भने त्यो निबन्ध नै भए पनि कोमल हुन सक्छ । निबन्धका क्षेत्रमा खास गरी आत्मपरक निबन्ध तथा नियात्रा कोमल हुने सम्भावना हुन्छ । कोमल रचनामा खुबी भएका साहित्यकारहरू नै लोकप्रिय हुन सक्छन् ।
प्रकृति तथा शृङ्गार जस्ता विषयमा लेखिएका रचनाहरू कोमल हुने सम्भावना हुन्छ । तैपनि व्यक्तिले आफ्ना विगतलाई रत्ति नलुकाई लेखेका रचनाहरू नै कोमल हुन्छन् ।
रचनालाई कोमल बनाउन आफू कोमल हुनु पर्छ । कठोर हृदय भएका व्यक्तिबाट कोमल रचनाको अपेक्षा गर्न सकिन्न । केही गरी कठोर हृदयीले कोमल रचना लेखेका छन् भने ती आदर्शका फोस्रा स्वाङ हुन्छन् । तसर्थ कोमल रचना कोमल हृदयीले मात्र लेख्न सक्छ भनेर ठोकुवा गर्न सकिन्छ ।
सबै मानिसले एकै प्रकारको काम गर्नुपर्छ, एउटै धारमा बग्नु पर्छ भन्ने छैन तर हरेकले आआफ्ना रचनालाई यथासम्भव हृदयस्पर्शी, मधुर तथा कोमल बनाउन सके साहित्यका नरम विधाहरूले अग्र गति लिन सक्छन्, स्तरीय हुन सक्छन् र आफ्ना पाठकहरू माझ प्रिय हुन सक्छन् । त्यसैले आउनुहोस्, हामी पनि कोमल रचना लेख्ने प्रयत्न गरौँ ।

बिदा ! जयपुर बिदा !

हामी राजस्थानको आबुरोडमा छौँ । हामीलाई आबुरोडबाट नेपाल आउनु छ । २०६३ सालको असार १५ गते दहीचिउरा खाएर रमाइलो गर्ने दिन ! हामी छ्याकछ्याके रेलमा चढेर सुइय्यँ आउने पक्षमा मात्र छैनौँ । हामीले यात्रामा बढीभन्दा बढी रमाइला, फरक र आनन्द लाग्ने कुराहरू अनुभव गर्नु छ, त्यसैले हामीसँगै भएका जनकपुरका साथीहरूभन्दा फरकिन्छौँ र चन्द्रनिगाहपुरेहरूमात्र एकसाथ यात्रा गर्न खोज्दै छौँ ।

हामीसँग रेलको रिजर्भ टिकट छ आबुरोड-दिल्ली, दिल्ली-नरकटियागन्ज, र नरकटियागन्ज-रक्सौलको । हामीलाई राजस्थानको प्रान्तीय राजधानी जयपुर हेर्न खुब मन छ, त्यसैले हामीले आबुरोडदेखि जयपुरसम्मको रेल-टिकट माया मारेका हौँ । झन्डै ५०० कि.मीको रिजर्भ टिकट माया मार्नु चानचुने कुरो होइन तर आएका बेला नयाँ ठाउँ हेरिहाल्नुपर्छ भन्ने धारणाले हामीले यो हिम्मत गरेको हौं।

आबुरोडबाट जयपुरसम्म रेल, बसजस्ता यात्रुवाहन चल्ने गर्छन् । तर रेल छाडिसकेपछि बसमा चढ्नु छ हामीले । बस पनि दुई थरी छन् । बस्ने सिट मात्र भएका र सुत्ने सिट पनि भएका । हाम्रो देशमा हामीले फोल्डिङ सिटवालाबाहेक सुत्ने सिट भएको बस देखेका छैनौँ, त्यसैले हामीलाई सुत्ने सिटको अनुभव गर्नु छ। सुत्ने र बस्ने सिटको भाडादर फरक रहेछ । यहाँ पनि हामी बढी तिरेरै भए पनि सुत्ने सिटहरूको जोहो गर्छौँ ।

बस्ने सिटहरूको मास्तिर हुँदो रहेछ सुत्ने सिट । बस्नेहरू नेपालका बसमा जस्तै बस्ने खालका सिटमा बस्ता रहेछन् , सुत्न खोज्नेहरू चाहिँ सुत्ने सिट नै रोज्दा रहेछन् ।सुत्ने सिटमा बस्न मन लाग्यो भने पलेटी कसेर बस्न पनि सकिँदो रहेछ ।एउटा सुत्ने सिटमा दुईजना सुत्नुपर्दो रहेछ । अपरिचितसँग परियो भने अप्ठ्यारै हुने रहेछ । बसको र रेलको सुताइमा धेरै फरक पर्ने रहेछ । रेल लिगमा सुलुलु बग्ने हुनाले प्राय: समतलै हुन्छ वा घल्च्याङघुल्चुङ हुँदैन भने बस गुड्ने बाटो राजमार्ग हुनाले रोकिँदा ,साइड दिँदा र जोल्डिङहरूमा पर्दा अलि अप्ठ्यारै हुने रहेछ । यात्री खाना खाएर सुतेको छ, बस ओरालोतिर हुइँकिरहेको छ र सिरानी ओरालैतिर परेको छ भने खाएको खाना फरक्क फर्करेर मुखबाट निस्कने सम्भावना हुँदो रहेछ ।

बसका केही अनुभूतिहरू बटुल्दै रात्रिकालीन झन्डै बाह्र घन्टाको यात्रा पूरा गरेर हामी आइपुग्छौँ जयपुर । प्लेटफार्म त नजिकै छ, लकरमा सामानहरू राखेर डुल्न त सकिन्छ तर हाम्रो यात्रादलका गाँठवाला मित्रहरूको मनसायलाई स्विकार्दै दिउँसो डुलुन्जेललाई मात्र भनेर लजका दुईवटा कोठाहरू लिन्छौँ । बाह्रैजनाले पालैपालो नित्य क्रिया गर्छौँ ।

कल्पन ट्राभल्सको टुरिस्ट बसले हामीलाई दिनभर जयपुर डुलाइदिने भएको छ ।

भव्य र दिव्य जयपुरमा हामी महालक्ष्मी मन्दिरबाट आफ्नो यात्राको श्रीगणेश गर्छौँ ।विशाल द्वार भएको त्यस भव्य मन्दिरमा हिन्दू देवताका प्रतिमूर्तिहरू देख्न पाइन्छ, मन्दिरका वरिपरि भागमा झन्डै रिङ्गै । निर्माणाधीन अवस्थामा पनि मैले कहिल्यै नदेखेको तालको भव्य छ भने निर्माण पूरा भइसक्ता झन् यो कस्तो होला !

मन्दिरलाई एकसरो तर थोरै भएपनि धित मर्ने गरी हेरेपछि हामी लाग्दै छौँ जन्तरमन्तरतिर । कुनै मन्त्रतन्त्रको प्रभाव देखाएर अन्धविश्वासी बनाउन खोजेको होला जस्तो लाग्छ हामीलाई । तर होइन रहेछ, नाम मात्र जन्तरमन्तर रहेछ । यो त तपाईँ-हामीले हेर्नुपर्ने कुरा पो रहेछ । ईसवीय अठारौँ शताब्दीको प्रारम्भमा सवाई जयसिंह द्वितीयद्वारा बनाइएको यस यन्त्रशालाका फरकफरक काम गर्ने र नजिकैनजिकै तर अलग-अलग रूपमा यी साधनहरू ढुङ्गाबाट बनाइएका रहेछन् । सिमेन्टेड जस्तो भ्रम हुने ढुङ्गाका यस्ता संसाधनहरू भारतका दिल्ली, मथुरा, बनारस तथा उज्जैनमा समेत भए तापनि जयपुरको जस्तो जन्तरमन्तर संसारको अन्य कुनै पनि ठाउँमा पाइन्न रे ! घडीको आविष्कार नहुँदा वा अभावमा समय थाहा पाउन कुनै खास समयको ग्रह, नक्षत्र , राशि आदि पत्ता लगाउन प्रयोग हुँदो रहेछ ज्योतिष विद्यासम्बन्धी यो वेधशाला । छाया नै मुख्य आधार हुनाले घाम नलाग्दा , पानी नपर्दा र हिउँदमा त्यति उपयोग हुन सक्तो रहेनछ यो ।

हामी अधबेस्रा खालका छौँ । बाह्र बजेको टन्टलापुर, त्यो पनि जयपुरको प्रचण्ड घाममा पनि हामीले ओढाहरू लिएका रहेनछौँ । छातालाई पानीबाट मात्र ओतिने साधनका रूपमा लिने बानी छ हाम्रो । त्यसैले घामबाट बच्न छाता चाहिन्छ भन्ने होस हामीमध्ये कसैलाई पनि छैन । चर्को घाम बेहोरेर खलखली पसिना काडेर पनि हामी पर्यटन सुख लिइरहेकाछौँ वा इन्द्रिय-सुख भोग गरिरहेका छौँ । जन्तरमन्तर हेर्दाहेर्दै मध्याह्न भइसकेछ । हाम्रा पेटहरू पनि उखरमाउलो गर्ने तम्तयारीमा जुटिसकेका छन । अब चाहिँ हामीले खाना खानुपर्छ । त्यसैले हामी राम्रै होटेलमा पुर्याइन्छौँ । होटेलमा प्रवेश गरिसकेपछि हाम्रा आन्द्राहरू एकछिनका लागि धीर हुन्छन् । तर हामी नयाँ खानाका लागि उत्कण्ठित हुन्छौँ ।

बिहानको खानामा म प्रय: भात रुचाउँछु । रोटी, चिउरा, चाउचाउ वा अन्य कुनै केहीले पनि मेरो आत्मा सन्तुष्ट हुँदैन । बेयराले कस्तो खाना ल्याउँछ केही थाहा छैन तैपनि अर्डर खुस्कन्छ ओठबाट 'राजस्थानी खाना'। मलाई लाग्छ 'राजस्थानको राजधानीमा म किन राजस्थानी खाना किन नखाऊँ ! यो पनि बेलाको उपलब्धि नै हो । सबै साथीहरूलाई खना दिइसकेपछि मात्र बेयरा मतिर फर्कन भ्याउँछ र ल्याउँछ-परोठा, दुई थरी तरकारी र अचार । उफ ! मैले भात खान नपाउने भएँ आज । तर के गर्नु बोलेको त आफैँले हो, चुकेको त आफैँ हो । खाना स्वादिलो रहेछ । थकथकिनु परेन मात्र होइन बेहद स्वादिलो ।

खाना खाएपछि बल्ल सास आयो, साहस पनि बढ्यो । नभए त 'नुन खाएको कुखुरा' भइसकिएको थियो ।

हामी अब अमेर जाँदै छौँ । यहाँ एउटा दरबार रहेछ पुरानो । दरबार जाने बाटो भन्दा निकै वर हाम्रो बस रोकिन्छ । दरबार जान थोरै उक्लिनुपर्छ । त्यसैले हाम्रा अधिकांश साथीहरू जान तयार हुँदैनन् । मलाई चाहिँ जान, हेर्न र रम्न खुब मन लागिरहेको छ । हाम्रो बसमा बाटामा चढेका केही भारतीय र हामीमध्ये केही प्राय: छरिएरै दरबार पुग्छौँ । एकजनाको लागि मात्र गाइड लिँदा महँगो पर्ने हुनाले म आफ्नै तालले दरबार चहार्छु । सत्रौँ शताब्दीतिर बनाउन थालिएको यस दरबारमा रानीहरूको तिर जाने बाटोमा भर्याङ छैन, सुस्त उकालोओरालो छ प्राय: अस्पतालमा हुने खालको । ओरालिँदा तल्लो तलामा पुगिन्छ, उकालिँदा माथ्लो तलामा । ३०० वर्षभन्दा पुरानो यस महलका रानीहरू हिँड्ने बाटामा हिँड्दा र उनीहरूका कोठाहरू चहार्न खोज्दा छुट्टै रमाइलो हुन्छ ।

यस दरबारमा कति नवयौवनाहरू रहरले भित्रिए होलान् र चाहेको आनन्द पाएर मक्खिए होलान् , सुन्दर सपना बोक्ने कतिपय शोडषीहरू यहाँ जबर्जस्ती भित्र्याइए होलान् र कुमारीत्व लुटाइए होलान् । यहाँका हाँसो र रोदनका, उदारता र सङ्कीर्णताका, नैतिकता र अनैतिकताका, मोजस्ती र पीडाका कथाहरू त यही भव्य दरबारलाई थाहा होला । तर न दरबार बोल्छ न इतिहास नै ।

हाम्रा कान र आँखाहरू जहिले पनि राम्रो सुन्न र हेर्न मात्र लालायित हुन्छन् । त्यसैले म रानीहरूका उन्मुक्त, तत्कालीन यौवनाहरूका रौनक, चहलपहल र मोजमस्तीहरू मात्र कल्पना गरेर विभोर हुन्छु र यी क्षणहरूलाई स्मृतिभित्र कैद गर्दै सुस्तसुस्त पइला चाल्छु ।

अँ, अमेरबाट फर्कँदा देखिन्छ वृन्दावन । यो कृष्णले रासलीला गरेको वृन्दावन होइन, त्यसको प्रतीक भने अवश्य हो । यहाँ पनि आधुनिक गोपिनीहरू जोडीजोडी भएर गफगाफमा तल्लीन भएको देख्न पाइन्छ । अनि सम्झन मन लाग्छ आफूले भर्खरभर्खर विवाह गरेको समयलाई ।

विवाह गर्दा म झन्डै एक्काइसको थिएँ भने मैले विवाह गरेकी कन्या थिइन् सोह्र वर्षकी । बिहे गरेको दोस्रो वर्ष अर्थात् मैले बाइस टेक्ता नटेक्तै र उनी सत्र वर्षकी छँदा मकवानपुर गढी डुल्न गएका थियौँ हामी । साथी थिए साला रूपचन्द्र । जुम्ल्याहाहरूको सँगसँगै विवाह गर्नुपर्छ भनेर रूपको पनि विवाह भइसकेको थियो हाम्रो भन्दा ठ्याक्कै सात दिन अगाडि अर्थात् २०४० साल माघ ८ गते । तर उनी सपत्नीक त्यहाँ थिएनन् अर्थात् हामी थियौँ तीन । म पहिलोपटक मकवानपुर गढी जाँदै थिएँ । फुरफर थिएँ म ऐतिहासिक-सांस्कृतिक स्थलमा जान पाएर । त्यहाँको बाटो थियो उकालो । उकालो र ओरालोमा अप्ठ्यारो परेको बेला एकले अर्काको हात समातिन्थ्यो-

'उकालीमा अघिअघि 
ओरालीमा पछिपछि'
मा जस्तै हो । त्यही सम्झना भइरहेको छ मलाई । आजभन्दा बाइस वर्षअगाडिको घटना सम्झँदा मात्र पनि मलाई रोमाञ्च भइरहेको छ र कताकता काउकुती लागेजस्तो पनि ।

कृष्णको सम्झना गराउने र आफैँलाई विगततिर फर्काइदिने रमाइलो वृन्दावनमा पाँच मिनेट रोकिएर यहाँको प्राकृतिक तथा वातावरणीय रसपान गरेर हामी अगाडि बढ्दै छौँ । अब हामीलाई अलिकति बजार गर्नु छ, त्यसैले हामी त्यतै लाग्दै छौँ ।

पहिले हामी जान्छौँ कपडा पसलमा । थरीथरी कपडाहरू छन् । सारी, तन्ना, गलैँचा, प्यान्ट, सर्ट, सुरुवाल, कुर्ता, ब्याग के लिने त्यही छ । लिन त मलाई पनि मन छ, तर यहाँको भाउ महँगो छ । घरका लागि कोसेली किन्ने रहर हुँदाहुँदै पनि म रोक्छु आफूलाई । यहाँभन्दा त मेरै देशमा सस्तो छ । वीरगन्जमा उही मूल्यमा पाइने कुरा जयपुरदेखि किन बोक्नुपर्यो ! केही किन्दिनँ । केही साथीहरू सारी, कुर्ता-सुरुवाल र तन्नाहरू किन्छन् र थकथकिन्छन् । किन नथकथकिऊन् , भारुमा मूल्य सुन्दा सस्तो ठान्छन तर गोजीबाट रकम झिक्ता नेपाली रुपियाँ घटेको महसुस गर्छन् 'मथुराजीका पेडा खायाभी पछताया, नहीं खायाभी पछताया ।'

कपडा पसलपछि हामी अघि बढ्दै छौँ अन्य पसलहरूतर्फ । अब हामीले पनि अलिअलि अनुभव गर्न लागेका छौँ 'कि त जयपुर महँगो छ कि त जयपुरको महँगो पसलमा पर्यौँ हामी ।' ब्रोकेन हिन्दी बोले पनि नेपाली भनेर चिनिहाल्छन् जयपुरका धूर्त व्यापारी । त्यसमाथि पसलमा पनि परस्परमा हामी नेपाली बोल्ने, ठगिन झन् सजिलो । चिनोका रूपमा केही किन्नैपर्ने हाम्रो सोचाइ हुनाले विभिन्न पसलहरूबाट हामी भाँडा, मूर्ति, प्रतिमूर्ति, जुत्ता, ब्याग, रिङ आदि केही न केही किन्छौँ र बाटो लाग्छौँ ।

अब हामी समयमा नै रेल चढ्न स्टेसनमा पुग्नु छ । हामीलाई जयपुर डुल्नु छैन अब । झन्डैझन्डै एकसरो धोको पूरा गरी हेरेका छौँ गुलाबी सहर जयपुरलाई । त्यसैले जयपुरलाई बिदाइका हातहरू हल्लाउँदै अघि बढ्छौँ – बिदा ! जयपुर बिदा !!

jantar_mantar_jaipur_2281_jpg_600x

(Source of Photo: Click Here)

माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म

प्रिय जोन उड,                                                            २०६६।०८।२७    

मैले "लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वर्ल्ड" खगेन्द्र सङ्ग्रौलाकृत सुन्दर नेपाली अनुवाद माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म भर्खर पढेँ । यो पुस्तक म अध्यापनरत विद्यालयमा नेस्ट मकवानपुरद्वारा दिइएको पुस्तकालयबाट लिएर पढेको हुँ । यसको अध्ययनबाट मैले तपाईँले गर्नुभएको त्याग, निरन्तरको कडा मिहिनेत तथा समर्पण थाहा पाएँ ।

अनुग्रह

अनुग्रह

         बसमा साह्रै भिड थियो । रामप्रसाद बसको पछिल्लो सिटमा परेका थिए । एउटा बच्चा लिएका एक जोडी बसभित्र छिरे । उनी सक्पकाए । बूढाबूढी चढेका भए के गर्थे कुन्नि! उनी उठिहाल्न सकेनन् तर तिनका बच्चा काखमा भने लिइदिए । बच्चाकी आमा अनुगृहित देखिइन् ।


आमा

आमाभन्ने शब्द गजबको रहेछ । आमा जिउँदो हुदा पनि आमा भएको सन्तान हुनुको गर्व हुदो रहेछ । आमाको अभावमा त झन् आमाको महत्व बढ्ने रहेछ । आमाको मृत्युपश्चात् आमालाई प्रत्यक्ष रुपमा देख्न नपाए पनि आमाशब्दको उच्चारण मात्रले पनि शान्ति मिल्दो रहेछ ।
आमाशब्द त भगवान्भन्दा ठूलो र महत्वपूर्ण रहेछ । भगवान् अदृश्य हुन्छन्, मान्छेले कहिल्यै देख्तैनन् ,मानिआएका मात्र हुन्छन् ।आमा त जिउदो हुदाका दृश्य र मरेपछि अदृश्य भगवान् हुदा रहेछन् । त्यसैले भगवानको अप्रत्यक्ष आशीर्वादभन्दा आमाको काख नै लाख हुँदो रहेछ र आमाको मृत्युपश्चात् समेत आमाशब्द प्यारो, आदरणीय र पूज्य भइरहदो रहेछ ।
आज २०६४ साल वैशाख २३ गते आइतवार अर्थात् आमालाई कहिल्यै भेट्न नपाउने गरी देख्न नपाएको एकतीसौ दिन । आमालाई सम्झिरहेको छु , धेरै सम्झिरहेको छु । आमाको अभाव खट्किरहेको छ । आमाविनाको जीवन बाच्नु छ अब । आमालाई बोलाउन नपाई बाच्नु छ अब ।
आमासग बितेका प्रत्येक पल सम्झनामा छन् र ती अझ प्रगाढ बनेर झकझक्याइरहेछन् मलाई । ती प्रत्येक पलहरु आमाको महत्व दर्साउन उपस्थित हुन खोजिरहेछन् मेरा सामु । तिनलाई तछाडमछाड गर्न नदिन खोज्दै छु म ।
amma0

घरमा कान्छो सन्तान भएर जन्मेको थिए म । कान्छो हुनाले आमाको निकटता बढी पाए मैले । आमाको माया चाहि अरु दाजुभाइभन्दा बढी पाए कि पाइन भन्न हम्मे परिरहेको छ मलाई । मलाई लाग्छ कसैको पनि जेठो सन्तानले नै बढी माया पाउछ । पछि जन्मनेहरुले पनि माया त पाइ नै हाल्छन् । जति सन्तान जन्मन्छन् , त्यति नै सन्तानमा आमाबाबुको माया विभाजित हुदोरहेछ र पनि प्रत्येक सन्तानले पाउने माया पूर्ण नै हुँदो रहेछ । यसो हुदाहुदै पनि एक ठाउमा चाहि हिसाब नमिल्ने देख्छु म । जेठाहरुले कान्छाहरु जन्मनु अघि जति माया पाउछन् त्यति त उनीहरुको पेवा नै हुन्छ । कान्छाहरु नजन्मिदासम्म उनीहरुका दाजुदिदीले पाउने माया त बढीको बढी नै हुदो रहेछ । त्यसैले जेठो बाबुको, कान्छो आमाको, साइलो माइलो आनामानीभन्ने उखान कताकति नमिल्दो जस्तो लाग्ने रहेछ ।
जे होस् ,म कान्छो थिए त्यसैले मैले थाहा पाउने हुदासम्म म आमाको दूध चुस्थेँ । मैले चार वर्षको हुँदासम्म आमाको दूध चुसे रे । एक दिन अलिअलि जानेरै आमाको थुन टोकिदिएछु । आमा रन्थनिएर साह्रो हप्काउनुभयो । मैले आमासग गिज्जिदागिज्जिदै त्यस्तो बदमासी गरेको थिए ,पीडा दिने उद्देश्यले होइन । आमा मर्माहत भएको देखेर म पनि आत्तिए अबदेखि यस्तो कहिल्यै गर्दिन’  भनेर माफी मागे
हाम्रो पुर्ख्यौली रामेछाप जिल्लाको कठजोर भए पनि हजुरबुवा तराई झर्नु भएकोले बुवा पर्सा जिल्लाको खेस्राहामा जन्मनुभएको थियो । हाम्रो पुरानो घर त्यही थियो । म सानै छदा आमासग खेस्राहा जादाको प्रसङ्ग पनि अहिले म झल्झली सम्झदै छु । तीन वर्षजतिको हुदो हु । मेरो जन्मघर रौतहटको विश्रामपुरबाट खेस्राहा पुग्न सदरमुकाम गौरसम्म गडी (गोरुगाडा) र गौरको सीमावर्ती बैरगनियादेखि खेस्राहाको सीमावर्ती सिक्टासम्म रेलयात्रा गर्नुपथ्र्यो । रेलको पहिलो यात्रा , त्यो पनि तीन वर्षकै छदा रेल आफ्नै गतिमा गुड्दै गर्दा मैले रुखहरु कुदेको ठानेछु । अनि मैले आमालाई सोधेछु आमा रुख पनि कुद्छ ?’ मेरो जिज्ञासा सुनेर आमालाई हासो उठ्यो होला.। तर जिज्ञासा मेटिने जबाफ दिनुभयो रेल अगाडि गुड्दा पछाडिएका रुखहरु कुदेजस्ता  देखिएका मात्र हुन्, रुखहरु कहिल्यै कुद्दैनन् ।
, यो पनि तीन वर्षकै हुदाको कुरो हो । आमालाई ठूलो मामाको घर जानुपर्ने रहेछ । उहाको घर एक किलोमिटर जति पर थियो । म आमालाई पिर्दै रहेछु । आमालाई झिझ्याहट लागेछ क्यारे आमाले भन्नुभयो म तेरी आमा होइन, तेरी आमा त माइत गाछे । ऊ आउने बेला भयो । त चादी खोलाको बगरमा गएर हेरिराख् , ऊ आइरहेकी हुनेछे । ऊ आएर तलाई खाजा पनि दिनेछे ।आमाले मेरो आखा छल्नु रहेछ । मैले ख्याल गर्न नभ्याउने बाटाबाट जानुभएछ । नभन्दै आमा केही बेरपछि बगरबाटै आउनुभयो र खाजा पनि दिनुभयो । कुराले एकछिन छक्किए पनि मेरा आखाहरुले भने धोका खाएका थिएनन् । मलाई म तेरी आमा होइन भन्ने र मेरी आमा बनेर खाजा दिने महिला उही हुनुहुन्थ्यो र मेरी आमा नै हुनुहुन्थ्यो ।
कतिपय आमाहरु आदर्शतामा मात्र संस्कार सिकाउछन् । व्यवहारले संस्कार सिकाउने आमाहरु नै आदर्श र महान् हुन्छन् । मेरी आमा व्यवहारतः संस्कार सिकाउनुहुन्थ्यो र सिकाइरहनुहुन्थ्यो । आमालाई धेरैथरी मिठाई पकाउन आउथ्यो । तराईमा पकाइने गोजी, खजुरी, बुनिया, रसवरी, लालमोहन, जेरी, सातपत्रे आदि ।
सातपत्रे मिठाई पकाउने अर्को व्यक्ति न म जन्मेको गाउ विश्रामपुरमा थियो, न म हुर्केबढेको चन्द्रनिगाहपुरमा नै । विश्रामपुर छदैको कुरो हो यो । मिठाई पकाउन जान्ने हुनाले आमाले धेरै दुःख पनि पाउनुपर्थ्यो। गाउमा हुनेखाने वा आफन्तहरुकहा मिठाई पकाउनुपर्दा आमाले जानैपथ्र्यो । गाउमै पढ्दै रहेका म र सान्दाजु स्कुलबाट घरमा आइपुग्दा कहिलेकाही आमालाई भेट्टाउदैनथ्यौ । यसै पनि बच्चाहरु जहाकहीबाट आइपुग्नासाथ आमालाई खोज्छन् । त्यसमाथि विद्यालयबाट घर आउनासाथ घरमा ताल्चा लागेको देख्ता र आमालाई नभेट्ता खोज्नु स्वाभाविक नै हुन्छ । त्यसैले हामी पनि कुनै सुराकले आमालाई फेला पारी छाड्थ्यौ ।आमा अरु कसैकहा मिठाई पकाइरहनुभएको भेटिनुहुन्थ्यो । हामीलाई देख्नासाथ साचोको झुत्ता दिनुहुन्थ्यो र मूक भाषामा झट्टै घरतिर लागिहाल्ने आदेश दिनुहुन्थ्यो । आमासग एकछिन बस्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अलि भित्रबाट अर्को लोभ पनि थियो होला, अलिबेर अल्मलिन पाए पकवानमध्येबाट थोरै भए पनि रसास्वादन गर्ने । हाम्रो यो अभीप्सालाई आमाले पनि राम्ररी बुझ्नुहुन्थ्यो । भित्र कतै कुनामा होस् न तभन्ने पनि हुन सक्थ्यो । तर अह , त्यो भाव प्रकट हुन दिनुहुन्थेन आमाले । हाम्रो लोभले आमाको स्वाभिमानमा असर पर्न सक्थ्यो । आफ्नो सीप पोखेर गाउलेहरुलाई सघाउने उहाको सदासयता लोभमा अनुवाद हुन सक्थ्यो र धेरै गुमाएर उहाले प्राप्त गर्नुभएको प्रतिष्ठा हाम्रो कारणले खस्कन सक्थ्यो । यस प्रकरणमा उहा निकै सचेत र सतर्क हुनुहुन्थ्यो । त्यसैले उहाले आखा तरेर हप्काउन लागेको थाहा पाएपछि हामी लोइरे कान लाएर हिडिहाल्थ्यौ
हामी चन्द्रनिगाहपुर आइसकेपछिको कुरो हो । म दस वर्ष जतिको थिए ुँला, आमालाई हेटौडा जाने काम आइपर्यो । त्यसैताका म पहिलोपल्ट वीरगन्ज गएको थिए । हेटौडाको नाम त्यति सुनेको थिइन । मैले आमालाई म पनि जान्छुभने । आमाले पढ्ने मान्छेले धेरै डुल्ने होइनभन्नुभयो तर म सहमत हुन सकिन । आमा बसमा चढेर हेटौडातिर लाग्नुभयो । म पनि बसको पछिपछि दौडन थाले । बस त आफ्नो गतिमा हुइकिहाल्यो । म पनि बसलाई पछ्याउदै सात किलोमिटर परको लमाहासम्म पुगे । बस के भेटिनु,  म लमाहासम्म पुग्दा बस हेटौडा पुगिसकेको थियो होला । बल्ल पो मेरो होस खुल्यो । आफ्नो मुर्ख्याइप्रति पश्चात्ताप गर्दै कुदेर थाकेका गोडाहरुले लोफ्र्याकलोफ्र्याक गर्दै घर आइपुगे । आफ्नो पीडा सान्दाजुलाई सुनाए । त्यसको एकदुई दिनपछि आमा आइपुग्नुभयो । आमाले मलाई छाडेर जानुभएको पहिलोपल्ट थियो क्यारे आमाको अभावमा म निकै न्यास्रिएको थिए । आमा आइपुग्नासाथ आमाको फरिया समातेर म धेरैबेर रोए । आमा पनि झन्डै रुनुभयो ।
आमाको जीवनमा उहाको चित्त दुखाउने कुनै काम नगरे पनि आफूसक्तो हेरविचार र सेवा गरे तापनि अहिले लागिरहेको छ आमालाई अझ खुसी राख्न सकिन्थ्यो, अझ सुखी राख्न सकिन्थ्यो ।
आमाहरु आफू खाएरनखाएर, लाएरनलाएर आफ्ना सन्तानहरुको पालनपोषण गर्छन् । छोराछोरीको खुसीका लागि आफूलाई पनि त्याग्न सक्छन् । आमाहरुको यस्तो महान्ताको गुन तिर्न कुनै पनि सन्तान सक्षम हुँदैनन्, मैले पनि सकिन
मैले मेरी आमाले जस्तै माया गर्ने केही आमाहरु मेरो जीवनमा भेट्टाएको छ्रु । चन्द्रनिगाहपुरकी तिमल्सिना आमा, हिमालीबासका भुजेल र पोख्र्रेल आमाहरु, भलुवाइ खोरकी मैनाली आमा, छतिवनकी दाहाल आमा र मेरी सासूआमा । उहाहरुले कुनै खास समयमा र भेट्ताका समयमा ठूलो गुन लाउनुभएको छ । उहाहरुको सदासयता र उदारताप्रति म नतमस्तक छु ।  म छोरा बन्न सके  भने अब बाकी जीवनमा पनि माया गर्ने आमाहरु अवश्य भेट्नेछु । तर मलाई जन्म दिने, स्याहारसुसार गर्ने, हुर्काउने ,बढाउने, संस्कार दिने र ४५ वर्षको बनाएर कहिल्यै नफर्कने बाटो लाग्ने मेरी आमा सावित्रीदेवीलाई म कहिल्यै पाउन्न , कहिल्यै पाउन्न

     

Related Posts with Thumbnails