१. परिचय
आदिकवि भानुभक्त आचार्यकोे ‘अमरावति कान्तिपुरी नगरी’ कविता मैले कक्षा सातमा छँदा पढेको हुनुपर्छ । त्यतिखेर मेरा नेपाली भाषा शिक्षक अर्जुनप्रसाद अधिकारीले कसरी पढाउनुभयो र मैले कसरी बुझेको थिएँ भन्ने कुराको हेक्का मलाई अहिले छैन तर त्यो कविता मलाई एकसरो मन पर्थ्यो । छन्द र लय नजाने पनि कहिलेकाहीँ गुनगुनाउन मन लाग्थ्यो ।
अहिले पनि यस कविताले मलाई त्यही बेलाको सम्झना आउँछ र थोरै मात्र भए पनि बुझेको रहेछु जस्तो लाग्छ ।
यस कविताका कवि आचार्यलाई पहिलो पटक काठमाडौँ पुग्दा सारै रमाइलो लागेछ । सौन्दर्य चेतना भएका कवि प्रकृतिका सुन्दर उपहार युवतीहरू बाटामा मस्किँदै हिँडेको देखेर भुतुक्क भएछन् र लेखेछन् ः
चपला अबला एक सुरमा
गुनकेसरीको फुल ली शिरमा
हिँडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी
काठमाडौँमा धनीहरू भएकाले ती सबै अर्थात् काठमाडौँबासीहरू सुखी र खुसी छन् भन्ने ठम्याइ कविको आफ्नै प्रकारको रहेछ ।
काठमाडौँलाई कविले विश्वकै सुन्दर स्थान वा नगरका रूपमा हेरेका रहेछन् । उनले देश र राजधानीका बारेमा त्यति ख्याल नगरे पनि नेपाल कुनै देश वा राजधानीभन्दा कम्ती छैन भनी काठमाडौँलाई तिब्बत, लन्डन तथा चिनभन्दा कम्ती छैन भनेका छन् तथा दिल्ली, लखनौ, पटना, मदरास जस्ता उसबेलाका प्रसिद्ध स्थानहरूसँग समेत दाँजेका छन् ।
यसै गरी हाम्रो जस्तो युद्ध सामग्री र योद्धाहरू भएको देश संसारमा अन्त कहाँ नै छ र भन्ने प्रश्न पनि गरेका छन्.।
कविले त्यसताका बुझेको काठमाडौँ र अहिलेको काठमाडौँमा आकाश-जमिनको अन्तर छ । कविले काठमाडौँलाई रिस, राग, छल र कपट नभएको र पशुपतिले रखबारी गरेका हुनाले धर्मले स्थान पाएको कुरा उठाएका छन् ।
यस लेखोटमा कवि आचार्यको यस कवितालाई मैले आंशिक रूपमा शैलीवैज्ञानिक दृष्टिले हेर्न खोजेको छु ।
२. चयन
(क) शब्दवर्गीय दृष्टि
कवि भानुभक्तले यस कवितामा प्रायः नाम शब्दहरूको प्रयोग गरेका छन् । यस क्रममा उनले भोट, लन्डन, चिन जस्ता तत्कालीन देश तथा स्थानका नाम तथा लन्डन, दिल्ली, लखनौ, पटना, मदरास जस्ता प्रसिद्ध स्थानहरूका नाम उल्लेख गरेका छन् । कविले तरवार, कटार, खुँडा, खुकुरी, पिसतोल र बन्दुक जस्ता युद्ध सामग्री तथा रिस, राग, कपट, छल, खुसी, मन जस्ता भावनात्मक शब्दहरू प्रयोग गरेका छन् । यसै गरी गुनकेसरी, फुल, सखी, नगरी, काल, गल्ली, पुरि, धनिञाँ, दुनिञाँ, जन, सगरी जस्ता नामशब्दहरू प्रयोग गरेका छन् ।
यही क्रममा चपला, अबला, एक्, अतिशूर, वीर, भरी, बहुतै, यति, कति जस्ता विशेषण र लीकन, ओरिपरी, यसरी, कँहीं, सरी, काँहाँ, याँहाँ, जाँहाँ जस्ता क्रियायोगी; कुन् जस्तो सर्वनाम तथा त जस्तो निपात शब्द प्रयोग भएका छन् ।
(ख) शब्दस्रोतीय दृष्टि
यस कवितामा चपला, अबला, सुर, सखि, अमरावति, नगरी, सुख, अलकापुरि, अतिशूर, वीर, राग, कपट्, छल, धर्म, पशु, शिव र पुरि जस्ता तत्सम शब्द प्रयोग भएका छन् । यसै गरी ओरिपरी, धनिञाँ, सगरी, सरी, र, खुकुरी, रिस जस्ता तद्भव शब्द तथा दुनिञाँ, भोट, लन्डन, चिन, दिल्ली, लखनौ, पटना, मदरास, तरवार, पिसतोल, बन्दुक र रखबारि जस्ता आगन्तुक शब्द प्रयोग गरेका छन् ।
(ग) यस कवितामा क्षेत्रगत दृष्टिले विविध प्रकारका शब्दहरू प्रयोग गरिएका छन् । यस क्रममा लैङ्गिक, प्राकृतिक, भौगोलिक, अमूर्त, भावनात्मक तथा शस्त्रास्त्र सम्बन्धी शब्दहरू परेका छन् ।
(घ) वर्णविन्यासीय दृष्टि
आदिकवि भानुभक्तका समयमा व्याकरण लेखिएको थिएन । आज व्याकरणले धेरै फड्को मारिसकेको अवस्था छ । यसर्थ भानुभक्तको यस कवितामा प्रयोग भएको वर्णविन्यासलाई हेर्न खोजिएको छ ।
कविले आफ्नो वर्णविन्यास अपनाएको भए पनि वा छन्द र लयका लागि अनुकूल पार्नु परेको भए पनि यी शब्दहरूलाई वर्तमानका सापेक्षतामा हेर्न खोजिएको छ ः
कवितामा प्रयुक्त वर्णविन्यास वर्तमान वर्णविन्यास
एक् एक
गुनकेसरि गुनकेसरी
हिँडन्या हिँड्छन्
सखि सखी
ओरिपरी वरिपरि
अमरावति अमरावती
काँहाँ कहाँ
धनिञाँ धनी यहाँ
खुसि खुसी
दुनिञाँ दुनियाँ
अलकापुरि अलकापुरी
कँहिं कहीँ
काल् काल
गल्लि गल्ली
मदरास मद्रास
पिसतोल पेस्तोल
कुन् कुन
कपट् कपट
जाँहाँ जहाँ
कती कति
याँहाँ यहाँ
रखबारि रखबारी
३. विचलन
कान्तिपुरलाई स्वर्ग ठान्नु, निर्जीवहरूलाई मानवीकरण गरी स्त्रीलिङ्गी बनाउनु विचलनका उदाहरणहरू हुन् ः
जनकी यसरी सुखकी सगरी
अलकापुरि कान्तिपुरी नगरी
यसका साथै यस कवितामा अतिशयोक्ति पनि पाइन्छ ।
(४) समानान्तरता
यस कवितामा कविले ‘कान्तिपुरी नगरी’ भन्ने पद समूहलाई प्रत्येक श्लोकमा दोहोर्याएर समानान्तरता सृजना गरेका छन् र कवितालाई लयात्मक बनाएका छन् ।
यस कवितामा केही शब्दहरू पुनरावृत्त भएका देखिन्छन् । यस क्रममा छन् र सरी तिन तिन तिन पटक, अलकापुरि, कँहिं, र, छ, कति दुई दुई पटक र अमरावति एक पटक दोहोरिएका छन् ।
यसरी पुनरावृत्त भएका शब्दहरूले कवितामा मिठास भरी कवितालाई सुन्दर बन्न सघाएका छन् ।

No comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!