आदरणीय मित्र ! नव वर्ष २०१० तपाईँ, तपाईँको परिवार, हाम्रो राष्ट्र र सिङ्गो विश्वका लागि पूर्व वर्षहरूभन्दा सुखद रहोस् । शुभकामना !
जय चुस्की !
चुस्की
तपाईँलाई मीठो लाग्छ
चुस्कीको स्वाद नपाउनेहरू
‘अङ्गुर अमिलो हुन्छ’ भन्दछन्
चुस्की पाइसकेकाहरू
त्यसैमा रत्तिन चाहन्छन्
चुस्की त चुस्की नै हो
‘अङ्गुर अमिलो हुन्छ’ भन्दछन्
चुस्की पाइसकेकाहरू
त्यसैमा रत्तिन चाहन्छन्
चुस्की त चुस्की नै हो
यसको स्वाद नपाउन्जेल हो
स्वाद पाएपछि
तपाईँलाई छोड्न मन लाग्दैन
मलाई छोड्न मन लाग्दैन
र
उहाँलाई पनि छोड्न मन लाग्दैन
त्यसैले आउनुहोस् मित्रहरू ! स्वाद पाएपछि
तपाईँलाई छोड्न मन लाग्दैन
मलाई छोड्न मन लाग्दैन
र
उहाँलाई पनि छोड्न मन लाग्दैन
हामी सबै चुस्कीको जयजयकार मनाऔँ
जय चुस्की !
हा हा हा! रमाईलो कविता!
ReplyDeleteतपाईँ र यो ब्लगमा पाल्नुहुने समस्त पाठक महानुभावहरुमा नववर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!
साह्रै रमाईलो लाग्यो कविता पढेर । त्यसो त अहिलेको चिसो र नयाँ वर्षको कम्बिनेशन गतिलो वाहाना बनेको छ तमाम मदिरा सर्कललाई । हा हा हा....त्यसै हाँस उठ्यो अव के गरी थाम्नु हो.....
ReplyDelete