तिमी जन्मँदा सग्लै थियौ
सलक्क परेका हातगोडा
बोलिहाल्लान् जस्ता ओठ
मृगका जस्ता आँखा
सुन्दर नाक
अनुहारका प्रत्येक उपाङ्ग
तिम्रो सुन्दरता बढाइरहन उद्यत देखिन्थे
तिमी हुर्कँदा, बढ्दा
ती अझ राम्रा हुँदै गए
तर
तिमी जब बुझ्ने हुँदै गयौ
आफूलाई समझदार ठान्ने भयौ
तिमी टुक्राटुक्रामा विभाजित हुन थालेछौ
अमिबा टुक्रिन्छ
तिमी पनि टुक्रियौ
त्यो टुक्रिँदा
अर्को पूर्ण अमिबा तयार हुन्छ
तर तिमी त
अधुरा अधुरा हुँदै गएछौ
तिमी
कतै हात बनेर चोइटिएछौ
कतै गोडा बनेर उछिट्टिएछौ
कतै पेट, कतै ढाड
कतै नाक, कतै आँखा
कतै ओठ त कतै बोली
तिम्रा जस्तै लागे कुनै अङ्ग
अरूका जस्तै लागे कुनै अङ्ग
तिमी सर्वाङ्गमा चिनिन्थ्यौ
तिमी पूर्णाङ्गमा पुकारिन्थ्यौ
तिमी चिनिइन सकेनौ मसँग
कुनै खास अङ्ग वा उपाङ्गले
तिमी समष्टिमा चिनिनुपर्थ्यो
चोइटाचोइटामा चिनिन हुन्नथ्यो
चोइटाचोइटामा विभाजित भएपछि
म तिमीलाई कसरी चिनूँ
तिमी तिमी नै हौ कि होइनौ भनेर
म कसरी चिनूँ तिमीलाई
मान्छे नै हौ कि होइनौ भनेर !
कविता राम्रो लाग्यो, सर ।
ReplyDeleteltdL lzif{s sljtf k9\bf sljn] of] sljtf cfk\mg} ;Gtfg dfly Ao8=u ul/ n]v]sf] xf] elg lgis{if lgsfn] / ha s'/f O{G6/g]6d} cfP kl5 dn} hjfkm lbg' plrt 7fg] / cfpFbf sd]G6 cjZo ;a}n] k9\g' xf]nf . ltdL lzif{s sljtfsf] ltdL elgPsL ljldtf clwsf/L -sfsL{_
ReplyDeleteasf
ReplyDeletehjkl
ReplyDeleteमलाई यो कविता हालको देशको परिप्रेक्ष्यमा सुहाउँदो लाग्यो । अहिले हाम्रो देश संघियताको नाममा विभाजित हुनलागेको विषयमा सरले कलम चलाउनु भएको देखेर खुसी लाग्यो ।
ReplyDelete