पारिजात

पारिजात
प्रकृतिको एक सुन्दर उपहार
ऊ आफैँ प्रकृतिको अंश
पारखीका आँगनमा
वा
चुरे डाँडामा
हरियै भेटिन्छ यो
फुल्छ अरूका लागि
सुन्दर फूल भएर
प्रस्तुत हुन्छ अरूका लागि
मिठो वासना भएर
पुजिन्छ देवतालाई
पवित्र ठानिएर
फुल्दै जान्छ प्रत्येक दिन ढल्कँदा
ओइलिएर झर्छ प्रत्येक रात छिप्पिँदा
काम लाग्दा छन् यसका प्रत्येक अङ्ग

गजल

नाघ्नसम्म नाघ्यो आज खुराफातीको हद
अर्कालाई होच्याउनेले हेर्नुपर्छ आफ्नै कद

जसलाई जे मन लाग्छ त्यही गरे भयो
सीमा नाघेरै बढ्न लाग्यो मानिसमा मद

आफू ठिक अरू बेठिक मान्ने कस्तो चलन
आफू बसे मात्र ठिक हुने भयो कुनै पद

जिन्दगीको मोड

मानिसको जीवन मोडिएर कताबाट कता पुग्दो रहेछ । कहिले आफूले थाहा पाई पाई र कहिले नपाई नपाई पनि जीवनले कोल्टो फेर्दो रहेछ । अनि मानिस त्यही कोल्टो फेरेको क्षेत्रबाट अगि बढ्न खोज्दो रहेछ ।
यस सन्दर्भमा गम्न खोज्दा म आपूmलाई नै पाउँछु । मेरो सान्दाजु चन्द्रमोहन म नौ कक्षामा पढ्दा आई.कम. पढ्नुहुन्थ्यो । बी.कम. गरेपछि म्यानेजर बन्न पाइन्छ भन्ने धारणा त्यसताका हाम्रो परिवारमा थियो । सान्दाजुले म्यानेजर बन्न कमर्स पढेको सुनेर म पनि प्रभावित भएँ । मलाई एस.एल.सी. सकेर कमर्स पढ्न हतार भइरहेको थियो । त्यसो त ठुल्दाजुले आतेस लाग्ने गरी कुट्ता र सातो जाने गरी हप्काउँदा भित्रभित्रै एउटा इख जन्मन्थ्यो र आमासँग भन्ने पनि गर्थेँ म ठुलो भएपछि जागिर खाएर गाडी किन्नेछु र घरतिरकै बाटाबाट अघि बढ्नेछु । ठुल्दाजुले गाडी रोकेर म पनि जान्छु भन्नुहुनेछ । अनि म तपाईँलाई चढाउँदिन, तपाईँले म सानो छँदा कुट्नुभएको होइन ? भनेर अगाडि बढ्नेछु । ठुल्दाजु जिल्ल परेर हेरेको हे¥यै गर्नुहुनेछ । त्यस बेला थाहा पाउनुहुनेछ दाइले मलाई कुटेको फल !
सायद बाल्य उमेरको यही कुरा अचेतनमा चुपचाप बसेर एसएलसी ताका चिमोट्थ्यो कि ! एसएलसी पास गरेपछि सान्दाजुको सिकोमा मैले कमर्समा नाम लेखाएँ ।

सम्झना समनपुर बसाइको

सत्ता चलाउने र  तिनका मतियारहरु स्वार्थी भएपछि सोझासाझाको केही चल्दो रहेनछ । फोर्सका अगाडि सोर्सले शिर नुहाउनु पर्दो रहेछ र सोर्सका अगाडि व्यक्तिका योग्यता र क्षमताले । त्यही भएर हाम्रो देश हरेक क्षेत्रमा पछाडि परेको रहेछ र यो देश अहिलेको अवस्थासम्म आइपुग्नु परेको रहेछ । नभए  स्थायी हुन २०५२ देखि २०६० सम्मको कष्टकर आठ वर्ष कुर्नु पर्ने थिएन होला मैले पनि । २०४० सालदेखि २०५२ भन्दा अघिका १२ वर्षहरूमा लिखितमा पास हुने र मौखिकमा  फालिने, जाँच लिइने र जाँच स्थगित गरिने स्थिति भोग्नुपर्दैनथ्यो होला ‘म’ हरूले ।
२०५२ सालमा जाँच दिएर २०६० सालमा पास भएको खबर सुन्दा कस्तो लाग्यो होला हामीलाई ! तैपनि दीपकराज सोती शिक्षक सेवा आयोगमा प्रमुख नभएका भए हामी जस्ता बबुराको के हाल हुन्थ्यो होला ? सोती न मेरो नातामा पर्छन्  न मैले त्यक्तिगत रूपमा चिनेको छु न त कुनै सम्बन्ध नै जोरेको छु । त्यतिखेर उनले निष्पक्षता अँगालेका हुनाले ’म’ हरू स्थायी हुन पाएका हौँ मात्र  भन्न खोजेको हुँ ।

रमेश मोहन अधिकारीको घुम्तीहरू छेलिएपछिमाथि दृष्टि प्रक्षेप

लेखकः घनश्याम न्यौपाने 'परिश्रमी'
रमेशमोहन अधिकारी शिक्षण र सिर्जनामा सम्बद्ध र प्रतिबद्ध व्यक्ति हुन् । भाषा साहित्यकै अध्येता भएकाले पनि परिभाषाका वृत्तमा केन्द्रित रहेर साहित्यका विविध विधाको ज्ञानार्जन गर्न सदैव इच्छुक र उत्सुक  रमेशले विभिन्न विधामा कलम चलाउँदै आएका छन् तापनि यिनको लेखनले सार्थकता पाएको प्रमुख क्षेत्र भने संस्मरण र नियात्रा हो ।  सम्झनाको सेरोफेरो(२०६३) यिनको प्रथम कृतिका रूपमा प्रकाशित  संस्मरण र नियात्रा सङ्ग्रह हो । यसपछि यिनको घुम्तीहरू छेलिएपछि (२०७४) नामकृत संस्मरण र नियात्राकै द्वितीय कृति प्रकाशित भई पाठकलोकमा आएको छ ।
Related Posts with Thumbnails