मानिसको जीवन मोडिएर कताबाट कता पुग्दो रहेछ ।
कहिले आफूले थाहा पाई पाई र कहिले नपाई नपाई पनि जीवनले कोल्टो फेर्दो रहेछ । अनि
मानिस त्यही कोल्टो फेरेको क्षेत्रबाट अगि बढ्न खोज्दो रहेछ ।
यस सन्दर्भमा गम्न खोज्दा म आपूmलाई
नै पाउँछु । मेरो सान्दाजु चन्द्रमोहन म नौ कक्षामा पढ्दा आई.कम. पढ्नुहुन्थ्यो ।
बी.कम. गरेपछि म्यानेजर बन्न पाइन्छ भन्ने धारणा त्यसताका हाम्रो परिवारमा थियो ।
सान्दाजुले म्यानेजर बन्न कमर्स पढेको सुनेर म पनि प्रभावित भएँ । मलाई एस.एल.सी.
सकेर कमर्स पढ्न हतार भइरहेको थियो । त्यसो त ठुल्दाजुले आतेस लाग्ने गरी कुट्ता र
सातो जाने गरी हप्काउँदा भित्रभित्रै एउटा इख जन्मन्थ्यो र आमासँग भन्ने पनि
गर्थेँ ‘म ठुलो भएपछि जागिर खाएर गाडी किन्नेछु र घरतिरकै बाटाबाट अघि
बढ्नेछु । ठुल्दाजुले गाडी रोकेर म पनि जान्छु भन्नुहुनेछ । अनि म तपाईँलाई
चढाउँदिन, तपाईँले म सानो छँदा कुट्नुभएको होइन ? भनेर अगाडि
बढ्नेछु । ठुल्दाजु जिल्ल परेर हेरेको हे¥यै गर्नुहुनेछ । त्यस बेला थाहा
पाउनुहुनेछ दाइले मलाई कुटेको फल !’
सायद बाल्य उमेरको यही कुरा अचेतनमा चुपचाप
बसेर एसएलसी ताका चिमोट्थ्यो कि ! एसएलसी पास गरेपछि सान्दाजुको सिकोमा मैले
कमर्समा नाम लेखाएँ ।
जागिर खाने चाहना टेस्ट पास नगर्दैदेखि थियो ।
चार पाँच कक्षा पढ्दैदेखि मैले घरमा साइकल किनिदिन आग्रह गरेको थिएँ । ठुल्दाजुले
कक्षा छमा पुगेपछि किनिदिउँला भन्नुभएको थियो । छमा पुगेँ, क्रमशः सात,
आठ
र नौमा पनि पुगेँ, एसएलसी पनि दिएँ तैपनि साइकल किनिएन । तत्कालीन
चन्द्रनिगाहपुरमा प्राथमिक तहको मात्र विद्यालय हुनाले मैले एघार वर्ष नपुग्दै
ठाडाटोलदेखि सुबलाल मावि सन्तपुरसम्मको साढे पाँच किलोमिटरको बाटो प्रत्येक दिन
आउँदा जाँदा गरेर दिनहुँ एघार किलोमिटर हिँड्नुपथ्र्यो । घरको आर्थिक स्थितिले साथ
दिएको थिएन होला र विद्यालय पढ्दै आफ्नो साइकल चढ्ने चाहना तुह्यो, तुहिरह्यो
।
अँ, टेस्ट जाँच दिएताका मैले दाजुहरूलाई
घडी किनिदिन अनुरोध गरेँ । उतिखेर अहिले जस्तो सस्तो घडी पाइन्नथ्यो । ठुल्दाजु
भिन्न भइसक्नुभएको थियो । माहिलो दाजु अभिभावक हुनुहुन्थ्यो । कसले भन्नुभयो,
ख्याल
भएन तर ‘घडी लाउन खोज्नेले कमाउनुपर्छ अनि लाउनुपर्छ ।’ यो
कुरा कतैबाट मेरो कानमा प¥यो । त्यतिखेर पनि ममा एउटा इख उत्पन्न
भयो । जागिर खाइछाड्छु भन्ठानेँ मैले । आपूmले चिने नचिनेका
पाँच सात ठाउँमा चहारेँ । हुलाकी बन्न खोजेँ, शिक्षक हुन
खोजेँ । २०३५ तिरको कुृरो हो यो । फरक फरक सबैजसो स्थान र निकायबाट एकै खालको कुरा
आयो ‘एसएलसी पास गरेर आऊ ।’
एसएलसी गर्नासाथ आई .कम. पढ्न वीरगन्ज गएँ ।
जसरी पनि जागिर खाइछाड्ने इख सेलाइसकेको थियो ।
अँ, आई कम दोस्रो वर्षको जाँच ज्वरो आइरहे
पनि दिँदै थिएँ । त्यसै बेलामा गाउँको विद्यालयमा शिक्षक पदमा विज्ञापन खुल्यो ।
ज्वरो आई नै रहेको भए तापनि आवेदन दिन मन लाग्यो । जाँचकै बिचमा आएर
विज्ञापनअनुसार भिडेँ । सात जना प्रतियोगी थियौँ हामी । कक्षा अवलोकन र
अन्तर्वार्ताका आधारमा छनोट गर्ने भनिएको थियो ।
कक्षा अवलोकनमा धेरै गारो प¥यो
। चार कक्षाको भिन्न पढाउन दिइएको थियो मलाई । मैले सिकेको बट्टाको जोड र यो अलि
भिन्न रहेछ । जाँच चलिरहेकै बेला प्रतियोगी बन्न पुगेको मैले पुस्तक हेर्न के
भ्याउनु ! एकै पटक परीक्षामा पुग्दा त आपत परिहाल्यो ।
कक्षा अवलोकनमा सोही विद्यालयका प्रधानाध्यापक
भुवनप्रसाद ढुङ्गेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर
खड्का, जनज्योति माविका प्रधानाध्यापक नारायणहरि उपाध्याय र व्यवस्थापन
समितिका सदस्यहरूसमेत बसेका छन् । कहिल्यै उभिएर बोल्ने बानी नपरेको मान्छे म ।
पढाउँदा पढाउँदै मेरा गोडाहरू टेक्नै नसक्ने गरी लुला भएछन् । मुख बाङ्गिएछ,
ओठ
थर्थराएछ र बोल्नै नसक्ने पो भएछु । तै बोल्न अप्ठ्यारो पर्नुअघि विद्यार्थीलाईै
चित्त बुझ्ने गरी पढाइसकेको रहेछु मैले । पछि अन्तर्वार्तामा बस्ता चाहिँ
स्वाभाविक भइसकेको रहेछु । मेरा सबै प्रतियोगीहरूलाई मैले उछिनेछु ।
समाजमा स्वार्थी मान्छेहरू हुन्जेल
प्रतियोगितामा सफल भएर पनि जागिर खान नपाइने रहेछ । सम्बन्धित निकाय वा स्थानका
मान्छको आफन्त हुन्जेल कसैलाई भनसुन नगर्नेले नचियाए हुने रहेछ । दरो गरी आफ्नो
कुरा राख्न नसके जागिर खाने कुरा नचिताए पनि हुने रहेछ ।
मैले सबैलाई उछिनेपछि व्यवस्थापन समितिका
अध्यक्षलाई रिङटा लागेछ । उनले एकान्तमा लगेर खुसुक्क भने ‘तपाईँ जागिर
खाइराख्ने होइन होला । तपाईँलाई जागिरभन्दा अनुभवको खाँचो होला । त्यसै हो भने
हामी अहिले तपाईँ र वैकल्पिक उम्मेदवारलाई एकसाथ नियुक्ति दिन्छौँ । तपाईँ एक
महिनापछि छाडिदिनुहोला ।’
सपनामा पनि नचिताएको यस्तो कुरा सुनेर मलाई
रनन्न रिङटा छुट्यो । म त महत्वपूर्ण जाँच माया मारेर आएको थिएँ, स्वास्थ्यसँग
जुध्दै आएको थिएँ । छ जनालाई जितेर आएको थिएँ, म झुक्नु थिएन ।
त्यसैले मैले भनेँ ‘जागिर खानकै लागि आवेदन दिएको हुँ । म छोड्दिनँ’
।
त्यसपछि मैले नियुक्ति पाउने भएँ ।
यसरी म आफ्नो अध्ययनको क्षेत्र कमर्सबाट शिक्षण
क्षेत्रमा प्रवेश गरेँ । व्यक्तिगत नापmाघाटाको क्षेत्र छोडेर विद्यार्थीको
भविष्य निर्माण गर्ने क्षेत्र रोजेँ र २०४० सालको भाद्रमा वसन्त पञ्चमी प्राथमिक
विद्यालय चन्द्रनिगाहपुरको शिक्षक पदमा नियुक्त भएँ ।
x
No comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!