कवि कलानाथका रचनामा पाइने राजनीतिक चेतना

कुनै साहित्यकारले आफ्ना रचनाद्वारा देश र जनताका लागि कतिसम्म योगदान गर्यो भनी केलाउने विधा समालोचना नै हो । त्यसैले प्रत्येक साहित्यकारका रचनालाई उसका कृतिका आधारमा आलोचना गर्ने, सुझाव दिने, प्रशंसा गर्ने र प्रोत्साहन दिने नीति अँगाल्नु पर्छ । यस क्रममा वैचारिका पूर्वाग्रहलाई रत्ति पनि ठाउँ दिन हुन्न । यसै धारणाका आधारमा यो समालोचना प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

एकताका लोकगीतको झङ्कारद्वारा नेपाल राज्यभरिका सम्पूर्ण झुप्रा छाप्राहरूमा जागृतिको आलोक फैलाउनेसुशिक्षित सुसंस्कृत तरुण तथा नेपाली भाषाका राम्रा लोक कवि र सुन्दर गायक२ भनी प्रशंसित कवि कलानाथ क्रान्तिकारी गीतका कारणले कुनै दिन रेडियो नेपालमा प्रतिबन्धित भएका थिए  भने आज नयाँ पुस्तामा साहित्यकार तथा संस्कृतिकर्मीहरूका अगाडि बिराना बन्न पुगेका छन् ।

‘सनेस’ मा एक दृष्टि

१. प्रारम्भ
सनेस बज्जिका भाषामा प्रचलित शब्द हो । यसको अर्थ सन्देश भन्ने लाग्ने भए तापनि यहाँ कोसेली वा उपहार भन्ने लाग्छ र अझ यहाँ जुन ‘सनेस’ को कुरो हुँदै छ, त्यो चाहिँ रौतहट—काठमाडौँ सेवा समाजको दोस्रो स्मारिका हो ।
विषयसूचीभन्दा अगाडिका सामग्री
वि.सं.२०६७ मा रौतहटबाट विभिन्न प्रयोजनले काठमाडौँमा रहेका सचेत व्यक्तिहरूको काठमाडौँमा भएको भेलाले रौतहट–काठमाडौँ सेवा समाजको गठन गरेको हो । यस समाजले सम्पादक विजयकुमार अधिकारीको संयोजनमा ‘सनेस’को दोस्रो अङ्क प्रकाशन गरेको छ । यस अङ्कमा कभर र अन्य पृष्ठबाहेक १०३ पृष्ठमा सामग्रीहरू संयोजन गरिएको छ ।
पृष्ठ ‘ग’ मा सम्पादकीय रहेको छ । सम्पादकीयमा अधिकारीले  रौतहटबाट काठमाडौँ गई विभिन्न कार्य तथा पेसामा जुटेका नागरिकहरूको अनुमानित सङ्ख्या तथा रौतहट र काठमाडौँबिच हजारौँ वर्षदेखि आफ्नै खाले सम्बन्ध रहेको अभिव्यक्ति दिएका छन् । यसै गरी नेपाल र भारत पौराणिक कालमा एकै उपमहाद्वीपमा रहेको कुरासमेत उल्लेख गरेका छन् ।
यसपछि दुई शब्दका रूपमा संस्थाका अध्यक्ष रामशरण चिमोरियाको अभिव्यक्ति पाइन्छ । उनले संस्थाले गरिआएका कार्यलाई सङ्क्षेपमा प्रकाश पारेका छन् ।
यसपछि पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालबाट तथा रौतहट जिल्लाबाट चुनिनुभएका प्रतिनिधि सभा सदस्यहरूले संस्थालाई दिनुभएको शुभकामना राखिएको छ । यसपछि संस्थाको सङ्क्षिप्त चिनारी प्रस्तुत गरिएको छ ।

पारिजात

पारिजात
प्रकृतिको एक सुन्दर उपहार
ऊ आफैँ प्रकृतिको अंश
पारखीका आँगनमा
वा
चुरे डाँडामा
हरियै भेटिन्छ यो
फुल्छ अरूका लागि
सुन्दर फूल भएर
प्रस्तुत हुन्छ अरूका लागि
मिठो वासना भएर
पुजिन्छ देवतालाई
पवित्र ठानिएर
फुल्दै जान्छ प्रत्येक दिन ढल्कँदा
ओइलिएर झर्छ प्रत्येक रात छिप्पिँदा
काम लाग्दा छन् यसका प्रत्येक अङ्ग

गजल

नाघ्नसम्म नाघ्यो आज खुराफातीको हद
अर्कालाई होच्याउनेले हेर्नुपर्छ आफ्नै कद

जसलाई जे मन लाग्छ त्यही गरे भयो
सीमा नाघेरै बढ्न लाग्यो मानिसमा मद

आफू ठिक अरू बेठिक मान्ने कस्तो चलन
आफू बसे मात्र ठिक हुने भयो कुनै पद

जिन्दगीको मोड

मानिसको जीवन मोडिएर कताबाट कता पुग्दो रहेछ । कहिले आफूले थाहा पाई पाई र कहिले नपाई नपाई पनि जीवनले कोल्टो फेर्दो रहेछ । अनि मानिस त्यही कोल्टो फेरेको क्षेत्रबाट अगि बढ्न खोज्दो रहेछ ।
यस सन्दर्भमा गम्न खोज्दा म आपूmलाई नै पाउँछु । मेरो सान्दाजु चन्द्रमोहन म नौ कक्षामा पढ्दा आई.कम. पढ्नुहुन्थ्यो । बी.कम. गरेपछि म्यानेजर बन्न पाइन्छ भन्ने धारणा त्यसताका हाम्रो परिवारमा थियो । सान्दाजुले म्यानेजर बन्न कमर्स पढेको सुनेर म पनि प्रभावित भएँ । मलाई एस.एल.सी. सकेर कमर्स पढ्न हतार भइरहेको थियो । त्यसो त ठुल्दाजुले आतेस लाग्ने गरी कुट्ता र सातो जाने गरी हप्काउँदा भित्रभित्रै एउटा इख जन्मन्थ्यो र आमासँग भन्ने पनि गर्थेँ म ठुलो भएपछि जागिर खाएर गाडी किन्नेछु र घरतिरकै बाटाबाट अघि बढ्नेछु । ठुल्दाजुले गाडी रोकेर म पनि जान्छु भन्नुहुनेछ । अनि म तपाईँलाई चढाउँदिन, तपाईँले म सानो छँदा कुट्नुभएको होइन ? भनेर अगाडि बढ्नेछु । ठुल्दाजु जिल्ल परेर हेरेको हे¥यै गर्नुहुनेछ । त्यस बेला थाहा पाउनुहुनेछ दाइले मलाई कुटेको फल !
सायद बाल्य उमेरको यही कुरा अचेतनमा चुपचाप बसेर एसएलसी ताका चिमोट्थ्यो कि ! एसएलसी पास गरेपछि सान्दाजुको सिकोमा मैले कमर्समा नाम लेखाएँ ।
Related Posts with Thumbnails