‘सनेस’ मा एक दृष्टि

१. प्रारम्भ
सनेस बज्जिका भाषामा प्रचलित शब्द हो । यसको अर्थ सन्देश भन्ने लाग्ने भए तापनि यहाँ कोसेली वा उपहार भन्ने लाग्छ र अझ यहाँ जुन ‘सनेस’ को कुरो हुँदै छ, त्यो चाहिँ रौतहट—काठमाडौँ सेवा समाजको दोस्रो स्मारिका हो ।
विषयसूचीभन्दा अगाडिका सामग्री
वि.सं.२०६७ मा रौतहटबाट विभिन्न प्रयोजनले काठमाडौँमा रहेका सचेत व्यक्तिहरूको काठमाडौँमा भएको भेलाले रौतहट–काठमाडौँ सेवा समाजको गठन गरेको हो । यस समाजले सम्पादक विजयकुमार अधिकारीको संयोजनमा ‘सनेस’को दोस्रो अङ्क प्रकाशन गरेको छ । यस अङ्कमा कभर र अन्य पृष्ठबाहेक १०३ पृष्ठमा सामग्रीहरू संयोजन गरिएको छ ।
पृष्ठ ‘ग’ मा सम्पादकीय रहेको छ । सम्पादकीयमा अधिकारीले  रौतहटबाट काठमाडौँ गई विभिन्न कार्य तथा पेसामा जुटेका नागरिकहरूको अनुमानित सङ्ख्या तथा रौतहट र काठमाडौँबिच हजारौँ वर्षदेखि आफ्नै खाले सम्बन्ध रहेको अभिव्यक्ति दिएका छन् । यसै गरी नेपाल र भारत पौराणिक कालमा एकै उपमहाद्वीपमा रहेको कुरासमेत उल्लेख गरेका छन् ।
यसपछि दुई शब्दका रूपमा संस्थाका अध्यक्ष रामशरण चिमोरियाको अभिव्यक्ति पाइन्छ । उनले संस्थाले गरिआएका कार्यलाई सङ्क्षेपमा प्रकाश पारेका छन् ।
यसपछि पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालबाट तथा रौतहट जिल्लाबाट चुनिनुभएका प्रतिनिधि सभा सदस्यहरूले संस्थालाई दिनुभएको शुभकामना राखिएको छ । यसपछि संस्थाको सङ्क्षिप्त चिनारी प्रस्तुत गरिएको छ ।

यसै गरी यस अङ्कमा रौतहट–काठमाण्डौ सेवा समाजका संस्थापक सदस्य ४८ जना तथा आजीवन सदस्यहरू ३२ जना गरी ८० जनाको नामावली तथा फोन नम्बर राखिएको छ ।
२. संस्थागत परिचय
यस सन्दर्भमा भुवन दाहालको ‘नेपालमा बैङ्किङ क्षेत्रको विकास र रौतहट जिल्लामा बैङ्कको स्थापना’ भन्ने लेख छ । उनले यस लेखमा नेपालमा पहिलो बैङ्कका रूपमा वि.सं.१९९४ मा नेपाल बैङ्क लिमिटेडको स्थापना भएलगत्तै १९९९ मा गौरमा शाखा कार्यालय स्थापना भएको तथ्य प्रस्तुत गरेका छन् आफ्नो लेखमा । यो कुरा अन्य जिल्लाबासीलाई  जे जस्तो लागे तापनि रौतहटबासीका लागि भने गर्वको कुरो हो ।
यसै गरी केन्द्रीय जुनियर तथा युवा रेडक्रस समितिका सभापति सपूतबहादुर कार्कीको ‘जुनियर तथा युवा रेडक्रस’ भन्ने लेखमा नेपालमा जुनियर तथा युवा रेडक्रसको स्थापनाको पृष्ठभूमि, उद्देश्य, नीतिगत क्षेत्र आदिको बेलिबिस्तार पाइन्छ । 
३. आध्यात्मिक सन्दर्भ
यस सन्दर्भमा जनज्योति माविका पूर्वशिक्षक छन्दोविज्ञान दाहालको ‘पूर्वीय दर्शन’ मा ‘गीता’का उद्धरणहरू तथा कवि शिरोमणि लेखनाथ पौडेलकोे कवितामार्पmत नैतिक सन्देश दिन खोजिएको छ ।
यसै गरी पूर्वीय दर्शनमार्गी धीरज निष्पक्षको ‘वेद र संस्कृतको सान्दर्भिकता’ शीर्षकको लेख छ, जसमा पौरत्स्य दर्शन र हिन्दू संस्कृतिलाई प्रोत्साहन र प्रवद्र्धन गर्न आवश्यक रहेको दृष्टिकोण प्रस्तुत गरिएको छ ।
यसै गरी आन्तरिक साजसज्जाका जानकार पीताम्बर अधिकारी(केशव) को ‘आन्तरिक साजसज्जा र वास्तुविज्ञानको महŒव’ शीर्षकमा कुनै व्यक्तिले आफ्नो निवास बनाउँदा प्रवेशद्वार, पूजाकक्ष, भोजनकक्ष, शयनकक्ष, शौचालय आदि बनाउँदा कुन दिशातर्पm बनाउँदा विविध किसिमबाट उपयुक्त हुन्छ भन्ने वास्तुमैत्री दृष्टिकोण प्रस्तुत गरिएको छ ।
४.  व्यक्तित्व सन्दर्भ
यस सन्दर्भमा साहित्यिक तथा गैरसाहित्यिक प्रकारका सृजनाहरू रहेका छन् ।
(क) साहित्यिक सृजना
साहित्यिक सृजना अर्थात् संस्मरणतर्फ साहित्यकार हरिकृष्ण काफ्लेको ‘मरिगएपछि त सुखै सुख पाउन्या हौ’ भन्ने पहिलो सृजना छ । यस सृजनामा रौतहट जिल्लाका चर्चित फुटबल खेलाडी शेरबहादुर दर्लामी मगरले फुटबल खेलका दृष्टिले रौतहटलाई राष्ट्रिय स्तरमा पहिचान गराउन गरेको सङ्घर्षका साथै महिला फुटबलका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको छ ।
राजन काफ्लेको ‘मनलाई नढाँट्ने मान्छे’ अमूर्त संस्मरण हो । यो शिक्षाका साथै समाज विकासका लागि मरिहत्ते गरेर लाग्ने शिक्षक व्यक्तित्व ध्रुवमोहन अधिकारीका बारेमा लेखिएको आत्मपरक र भावनात्मक अभिव्यक्ति हो । उनी कलाकार हुनाले चित्रका सहायताले मात्र व्यक्तित्व पहिचान हुने प्रकारले यो संस्मरण लेखेका छन् ।
बिपी विचार अध्ययन केन्द्र मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको ‘मेरो आदर्श पात्र दाजु रामकुमार’ संस्मरणात्मक रचना हो । उनले लामो समय शिक्षण सेवामा बिताउनुभएका आफ्ना दाजु रामकुमार कोइरालाका बारेमा राम्रो र मिठो संस्मरण लेखेका छन् । उहाँको संस्मरण पढ्नेलाई स्वर्गीय रामकुमार कोइरालाको निष्ठा, इमान तथा स्वाभिमानबारे समेत राम्रो जानकारी प्राप्त हुन्छ ।
(ख) गैरसाहित्यिक सृजना
(अ) यसै गरी जीवनचन्द्र कोइरालाको ‘सरल, स्वच्छ र निष्ठाका धरोहर सुशील कोइराला’ मा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको इतिवृत्त पढ्न पाइन्छ, जसमा उनको पुख्र्यौली, प्रेम प्रसङ्ग, राजनीतिक जीवन आदिका साथै निजका योगदानका महŒवपूर्ण क्षेत्रबारे जानकारी प्राप्त हुन्छ ।
यसै गरी पत्रकार शिव पुरीको ‘रिक्साचालक समाजसेवी’ मा रिक्साचालक केदारप्रसाद तिमल्सिनाको दैनिकी र उनको सहयोगी भावना अनि उनले दाताहरूबाट प्राप्त गरेको सहयोग र सदुपयोगको सन्दर्भ प्रस्तुत गरिएको छ ।
पत्रकार मनोज चौधरीको ‘विकास महारथी-मेथुर चौधरी’मा गरुडा बजारको विकासमा महŒवपूर्ण योगदान गर्ने मेथुर चौधरीको योगदान प्रस्तुत गरिएको छ ।
(आ) सुदीपराज कणेलको ‘रौतहट—काठमाडौँ सेवा समाजबाट सम्मानित रौतहट—रत्न व्यक्तित्वहरू’ शीर्षकयुक्त लेखमा सो संस्थाबाट वि.सं.२०६८ देखि वि.सं.२०७४÷७५ सम्म सम्मानित व्यक्तित्वहरूका बारेमा सामान्य परिचय दिइएको छ । यस लेखका अनुसार आफ्नो जिल्लाका साथै सिङ्गो राष्ट्रको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विशेष योगदान पु¥याई आफ्नो जिल्लाको नाम तथा प्रतिष्ठा अगाडि बढाउन महŒवपूर्ण भूमिका निर्वाह गर्नुहुने रौतहटकै व्यक्तित्वहरूमध्ये एक जनालाई प्रत्येक वर्ष ‘रौतहट—रत्न’ का रूपमा सम्मान दिने गरिन्छ । यसरी हालसम्म यस सम्मान पाउनुहुने व्यक्तित्वहरू न्यायाधीश केदारप्रसाद चालिसे, प्रा.डा.राकेशप्रसाद श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल तथा शिक्षासेवी नारायणहरि उपाध्याय हुनुहुन्छ ।
यसै गरी विविध क्षेत्रमा विशिष्ट योगदान गर्नु हुने व्यक्तित्वहरूलाई प्रदान गरिने मरणोपरान्त सम्मान वैदेशिक रोजगार प्रवर्धन बोर्डको कार्यकारी निर्देशक भइसक्नुभएका स्वर्गीय स्थानेश्वर देवकोटा, साहित्यकार स्वर्गीय मङ्गलकुमार उपाध्याय नेपाल तथा शिक्षासेवी स्वर्गीय रामकुमार कोइरालालाई प्रदान गरेको देखिन्छ ।     
५. तराई सन्दर्भ
यस सन्दर्भमा दुई ओटा लेखहरू छन्
 (क) ‘कान्तिपुर’ दैनिकका स्तम्भकार चन्द्रकिशोरको ‘देहातका लागि सुदिन’ मा तराईको ग्रामीण भेगको अवस्थिति, तराईको ग्रामीण भेगका नागरिक र अझ विपन्नका लागि खास नीति नल्याई तराईमा परिवर्तन गर्न नसकिने, देहातका सक्षम नागरिकहरूलाई त्यहीँ रोक्न त्यहाँको सिप, ज्ञान तथा प्रविधिहरूलाई प्रोत्साहन गर्नुपर्ने, अन्नबाली, नगदे बाली र पशुपालनमा क्रान्ति नल्याई तराईको ग्रामीण भेगमा विकास गर्न नसकिने जस्ता कुरा प्रस्तुत छन् ।
(ख) यस सन्दर्भको दोस्रो लेख कल्याणी खड्काको ‘तराई÷मधेसको विकासका आधारहरू’मा प्रदेश नम्बर दुई र रौतहटको विकासका लागि सरकारी तवरबाट भइरहेका काम र नागरिकको दायित्व सन्दर्भका कुरामा प्रकाश पारिएको छ ।
६. नेपालको राजनीतिक विभाजन
(क) यस सन्दर्भमा प्रदीपराज कणेलको ‘नेपालको राजनीतिक विभाजनको आधार, महŒव र विशेषता’ भन्ने लेखमा नेपालको शासन पद्धति र नेपालको संविधान सन्दर्भ, मौलिक हक र कर्तव्य तथा शक्ति पृथकीकरण जस्ता विषयवस्तु प्रस्तुत गरिएका छन् ।
(ख) खिलकुमारी श्रेष्ठको ‘सारांशमा वर्तमान संरचना’ मा सामान्य ज्ञान प्रकारको सामग्री प्रस्तुत गरिएको छ ।
७. रौतहट सन्दर्भ
किरणनिधि तिवारीको ‘रौतहट सङ्क्षिप्त परिचय’ लेखमा रौतहटको नामकरणका आधार बताउँदै चन्द्रपुरको पर्यटकीयता सन्दर्भ प्रस्तुत गरिएको छ । यसै गरी यस लेखमा रौतहट जिल्लाका सांसदहरूको नामावली तथा स्थानीय निकाय प्रमुख र उपप्रमुखहरूको फोन नम्बर समावेश गरिएको छ ।
पत्रकार सञ्जय मित्रको ‘रौतहटमा बोलिने भाषाहरू बारे’मा रौतहटका अधिकांश मधेसीहरूले बोल्ने भाषा बज्जिका रहेको तथ्य प्रस्तुत गरिएको छ । उनको लेखअनुसार बज्जिका भाषाको स्थान राष्ट्रिय स्तरमा सातौँ, प्रदेशमा तेस्रो र रौतहटमा प्रथम रहेको छ । उनको लेख विश्लेषणात्मक छ ।
पत्रकार फणि महतको ‘रौतहटको मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्य’ मा पौराई ब्र≈मस्थान, मरधर सीमसार, सहिद स्मृति पार्क, शाकाहारी गाउँ नजरपुर, शिवनगर महादेव, राजदेवी मन्दिर तथा वरहवा तालको सङ्क्षिप्त चर्चा गरिएको छ । 
योगेन्द्र यादवले भने ‘इतिहासमा रौतहट जिल्लाको शिक्षा’ शीर्षकको लेखमा रौतहट जिल्लाको सुरुदेखि वर्तमानसम्मको शैक्षिक इतिहास प्रस्तुत गरेका छन् । उनको लेखबाट वि.स. १९९६ मा गौरमा जुद्ध मावि खुलेको हुनुले नेपालको शिक्षा विकासको पहिलो खुड्किलामै पनि रौतहट जिल्ला शिक्षामा पछि नरहेको बोध हुन्छ । यो इतिहास रौतहटबासीका लागि गौरवको कुरो हो ।
८. साहित्य
(क) संस्मरण
शिक्षण पेसामा संलग्न रमेशमोहन अधिकारीको ‘सम्झना  समनपुर बसाइको’ शीर्षक संस्मरणमा संस्मरणकार जागिरे सिलसिलामा त्यहाँ रहँदा बस्ताका सन्दर्भहरू प्रस्तुत गरिएका छन् ।
ख) कविता
यस स्मारिकामा एउटा मात्र कविता रहेको छ । त्यो हो सविना अधिकारीको कविता ‘तिम्रो सुन्दर आँखा ।’ यस कवितामा आफ्नो सुन्दर सपना पूरा गर्ने लक्ष्य छ । पदसङ्गतिगत त्रुटि भए पनि कविता सुन्दर छ ।
ग) गजल
केशव वाग्लेका तीन ओटा गजल प्रकाशित छन् यस स्मारिकामा । उनका गजलले विपन्नावस्थाको मार्मिक चित्रण गर्नुका साथै विकृति÷विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरेका छन् । उनले आफ्ना गजलहरूमा कान्छा, काले र साइँलालाई पात्र बनाएका छन् । काफिया छनोटमा केही  विचलन  देखिन्छ ।
९. समाजशास्त्रीय अध्ययन
यस सन्दर्भमा प्रज्ज्वलराज चापागाईँको ‘खोरियादेखि सहरीकरणसम्म—२’ लेख रहेको छ । यस लेखमा चन्द्रपुर निर्वाहमुखी अर्थतन्त्रको स्थितिबाट पूँजीवादतर्पm फड्को हाल्दै गरेको अवस्थाको प्रकटन छ, आर्थिक तथा साम्प्रदायिक द्वन्द्वका कारणले चन्द्रपुरका रैथानेहरूमध्ये केही विस्थापित भएका तथा कोही सुखको खोजीमा सहरिएका वा बिदेसिएका तथ्य प्रस्तुत छ भने सहरीकरणसँगै विकृति पनि मौलाउने सम्भावना प्रकट गरिएको छ ।
१०. अन्यान्य
विविध प्रकारका सामग्री यस अन्तर्गत समेटिएका छन्-
(क) जिल्ला समन्वय समितिका पदाधिकारीहरूको नाम, ठेगाना र फोन नम्बर तथा रौतहटको नक्सा समावेश गरिएको छ ।
(ख) रौतहटका सांसदहरूबाट प्राप्त शुभकामना राखिएको छ भने रौतहटका सांसदहरू तथा जिल्ला समन्वय समितिका र स्थानीय तहका पदाधिकारीहरूलाई अनि प्रदेश मन्त्रीलाई दिइएको शुभकामना राखिएको छ ।
(ग) प्रदेश पाँचका एघार जिल्लाका ८२ स्थानीय निकायमा सञ्चालन भएको ‘शिक्षाको लागि खाद्य कार्यक्रम परियोजना’सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना समाविष्ट गरिएको छ ।
११. निष्कर्ष-
यस स्मारिकाको अगाडिको आवरणमा रौतहटको थारू बस्तीको फोटो राखिएको छ । यहाँको घरमा देखिएका विभिन्न जनावर तथा पक्षीहरूको भित्ते चित्रकलाले ग्राम्य महिलाहरूको चित्रकारिता मात्र प्रस्तुत गरेको छैन, यसले तत्स्थानीय तथा खास जातीय संस्कृति लाखौँ वर्षअघिदेखि आफ्नै तरिकाले जीवन्त रहेको स्मरण गराउँछ । साथै मानव तथा पशुपक्षीका बिच रहेको पारस्परिक सम्बन्धलाई समेत प्रस्तुत गर्दछ । पत्रिकाको पछाडिपट्टिको आवरणमा भने चन्द्रपुरको परिचायक स्तम्भ, हिन्दू सांस्कृतिक प्रतीक भीमबाँध तथा क्रान्तिद्वारका फोटाहरू राखिएका छन् ।
स्मारिकाका कतिपय भित्री पृष्ठहरू स्वनामधन्य कलाकार राजन काफ्लेका चित्रकारीले सजिएका छन् ।
यस स्मारिकामा समाविष्ट प्रायः सामग्रीमा वर्णविन्यासगत तथा मुद्रणगत त्रुटिहरू पाइन्छन् । कतिपय रचनामा लेखकको वर्णविन्यासलाई समेत बिगारेको देख्न सकिन्छ ।
रौतहट—काठमाडौँ सेवा समाजले स्मारिका प्रकाशन, रक्तदान, वनभोज जस्ता कार्यक्रम गर्दै आएको छ । यसो गर्दा रौतहटबाट विविध क्रममा काठमाडौँ गई कर्मथलो बनाएका व्यक्ति तथा व्यक्तित्वहरूलाई समेट्ने प्रयास भएको छ । यसले गर्दा जिल्लाबासीहरूबिच हुने परिचय र सन्दर्भले एक अर्कासँग दुःखसुख साट्ने मेलो बन्ने र पारस्परिक आत्मीयताको भावनाको विकास हुने हुन्छ । यति हुँदाहुँदै पनि संस्थाले समेट्न नसकेका र गर्न नसकेका केही सन्दर्भहरू छन् भने संस्थाले विचार पुर्याउनुपर्ने हुन्छ ।


1 comment:

  1. Very informative post. Thank you for sharing... Keep up the good work!

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

Related Posts with Thumbnails