जिन्दगीको मोड

मानिसको जीवन मोडिएर कताबाट कता पुग्दो रहेछ । कहिले आफूले थाहा पाई पाई र कहिले नपाई नपाई पनि जीवनले कोल्टो फेर्दो रहेछ । अनि मानिस त्यही कोल्टो फेरेको क्षेत्रबाट अगि बढ्न खोज्दो रहेछ ।
यस सन्दर्भमा गम्न खोज्दा म आपूmलाई नै पाउँछु । मेरो सान्दाजु चन्द्रमोहन म नौ कक्षामा पढ्दा आई.कम. पढ्नुहुन्थ्यो । बी.कम. गरेपछि म्यानेजर बन्न पाइन्छ भन्ने धारणा त्यसताका हाम्रो परिवारमा थियो । सान्दाजुले म्यानेजर बन्न कमर्स पढेको सुनेर म पनि प्रभावित भएँ । मलाई एस.एल.सी. सकेर कमर्स पढ्न हतार भइरहेको थियो । त्यसो त ठुल्दाजुले आतेस लाग्ने गरी कुट्ता र सातो जाने गरी हप्काउँदा भित्रभित्रै एउटा इख जन्मन्थ्यो र आमासँग भन्ने पनि गर्थेँ म ठुलो भएपछि जागिर खाएर गाडी किन्नेछु र घरतिरकै बाटाबाट अघि बढ्नेछु । ठुल्दाजुले गाडी रोकेर म पनि जान्छु भन्नुहुनेछ । अनि म तपाईँलाई चढाउँदिन, तपाईँले म सानो छँदा कुट्नुभएको होइन ? भनेर अगाडि बढ्नेछु । ठुल्दाजु जिल्ल परेर हेरेको हे¥यै गर्नुहुनेछ । त्यस बेला थाहा पाउनुहुनेछ दाइले मलाई कुटेको फल !
सायद बाल्य उमेरको यही कुरा अचेतनमा चुपचाप बसेर एसएलसी ताका चिमोट्थ्यो कि ! एसएलसी पास गरेपछि सान्दाजुको सिकोमा मैले कमर्समा नाम लेखाएँ ।

सम्झना समनपुर बसाइको

सत्ता चलाउने र  तिनका मतियारहरु स्वार्थी भएपछि सोझासाझाको केही चल्दो रहेनछ । फोर्सका अगाडि सोर्सले शिर नुहाउनु पर्दो रहेछ र सोर्सका अगाडि व्यक्तिका योग्यता र क्षमताले । त्यही भएर हाम्रो देश हरेक क्षेत्रमा पछाडि परेको रहेछ र यो देश अहिलेको अवस्थासम्म आइपुग्नु परेको रहेछ । नभए  स्थायी हुन २०५२ देखि २०६० सम्मको कष्टकर आठ वर्ष कुर्नु पर्ने थिएन होला मैले पनि । २०४० सालदेखि २०५२ भन्दा अघिका १२ वर्षहरूमा लिखितमा पास हुने र मौखिकमा  फालिने, जाँच लिइने र जाँच स्थगित गरिने स्थिति भोग्नुपर्दैनथ्यो होला ‘म’ हरूले ।
२०५२ सालमा जाँच दिएर २०६० सालमा पास भएको खबर सुन्दा कस्तो लाग्यो होला हामीलाई ! तैपनि दीपकराज सोती शिक्षक सेवा आयोगमा प्रमुख नभएका भए हामी जस्ता बबुराको के हाल हुन्थ्यो होला ? सोती न मेरो नातामा पर्छन्  न मैले त्यक्तिगत रूपमा चिनेको छु न त कुनै सम्बन्ध नै जोरेको छु । त्यतिखेर उनले निष्पक्षता अँगालेका हुनाले ’म’ हरू स्थायी हुन पाएका हौँ मात्र  भन्न खोजेको हुँ ।

रमेश मोहन अधिकारीको घुम्तीहरू छेलिएपछिमाथि दृष्टि प्रक्षेप

लेखकः घनश्याम न्यौपाने 'परिश्रमी'
रमेशमोहन अधिकारी शिक्षण र सिर्जनामा सम्बद्ध र प्रतिबद्ध व्यक्ति हुन् । भाषा साहित्यकै अध्येता भएकाले पनि परिभाषाका वृत्तमा केन्द्रित रहेर साहित्यका विविध विधाको ज्ञानार्जन गर्न सदैव इच्छुक र उत्सुक  रमेशले विभिन्न विधामा कलम चलाउँदै आएका छन् तापनि यिनको लेखनले सार्थकता पाएको प्रमुख क्षेत्र भने संस्मरण र नियात्रा हो ।  सम्झनाको सेरोफेरो(२०६३) यिनको प्रथम कृतिका रूपमा प्रकाशित  संस्मरण र नियात्रा सङ्ग्रह हो । यसपछि यिनको घुम्तीहरू छेलिएपछि (२०७४) नामकृत संस्मरण र नियात्राकै द्वितीय कृति प्रकाशित भई पाठकलोकमा आएको छ ।

मनै हल्लाउने भुइँचालो

जीवनमा पहिलो पटक भुइँचालोको अनुभव गर्दा म यस्तै १७ वर्षको थिएँ हुँला । त्यो दिन म चन्द्रनिगाहपुरमा सानो मामा भैरवप्रसाद भट्टराईकहाँ थिएँ । मामाले ‘भुइँचालो गयो’ भन्नुभयो । मलाई पनि हल्लाए जस्तो लाग्यो ।  मलाई नै त्यो अनुभूति भयो वा मामाले भन्नुभएपछि त्यस्तो लाग्यो । जे होस्; यो घटना २०३७ सालतिरको हुनु पर्छ । त्यसपछि मलाई एकैपटक २०४५ सालको भुइँचालोको अनुभूति छ । २०४५ साल भदौ ५ गतेको भुइँचालो जाँदा म सान्दाजु चन्द्रमोहनसँग बाराको ज्योति फारामको आवासगृहमा थिएँ । म कुनै जाँचको क्रममा त्यहाँ पुगेको थिएँ । भुइँचालो गएको बिहान खाट बेस्मारी हल्लियो । हामी तिनै जना भुइँचालोको आभास भएर ब्युँझियौँ । पछि हेर्दा थाहा भयो; हामी सुतेको खाट जोडिएको भित्ता चर्किएको रहेछ । उदयपुरलाई केन्द्र बनाएको ६.७ रेक्टर स्केलको त्यस भुइँचालोले हामीलाई घटनापछि मात्र अत्याएछ, तै केही भएन भनेर । खास गरी पूर्वी नेपालमा बढी क्षति पु¥याएको त्यस भुइँचालोले हामीलाई केही गर्न भ्याएनछ ।

कवि निमेष र उनको ‘शोकगीतको पोस्टमार्टम’

१. विषय

कवि निमेष निखिलको तेस्रो कविता सङ्ग्रह हो ‘शोकगीतको पोस्टमार्टम’ । उनको यस अघि प्रकाशित ‘मनहरूको परिसर’ छोटा कविताहरूको सङ्ग्रह हो भने ‘उमेरको नदी’ लामा कविताहरूको । माघ २०७१ मा प्रकाशित ‘शोकगीतको पोस्टमार्टम’  भने अगिल्ला दुई कृतिहरूभन्दा अलि पृथक् छ ।
उनी यस कविता सङ्ग्रहमा  पनि अन्य सङ्ग्रहमा झैँ राष्ट्रियताप्रति चिन्तित छन् । मानिसका कुण्ठाहरू प्रकट गर्न नपाइएको तिक्तताको अभिव्यक्ति गर्ने कवि हाम्रो देशका बासिन्दाहरूमा दलीय, जातीय, साम्प्रदायिक तथा विविध प्रकारका द्वन्द्वले सिर्जना गरेको आतङ्क तथा सन्त्रास आफ्ना कवितामा व्यक्त गर्दछन् । आम नागरिकका असन्तुष्टि कवितामा व्यक्त गर्दै भोका, नाङ्गा, चेलीहरू तथा सम्पन्नहरूका विविध प्रकारका सपनाहरू पुरा हुन नसकेकामा चिन्ता प्रकट गर्दछन् ।
Related Posts with Thumbnails