‘घुम्तीहरू छेलिएपछि’भित्रका सान्दर्भिक चित्रहरू

लेखकः विश्वनाथ सन्जेल
१. विषय प्रवेश
                ‘बन्ध’ आधारपदमा ‘नि’ उपसर्ग लागेर बनेको निबन्ध शब्दको अर्थ राम्ररी बाँध्नु भन्ने हुन्छ । यसर्थ निबन्धको शाब्दिक अर्थ राम्ररी बाँधिएको रचना भन्ने हुन्छ । विश्वसाहित्यमा नै साहित्यको कान्छो विधाका रूपमा विकसित निबन्ध नेपाली साहित्यको पनि एक महŒवपूर्ण विधा हो । अन्तरङ्ग विचार वा भावना अभिव्यक्ति भएको अथवा बहिरङ्ग वर्णन र विवरण प्रस्तुत भएको समय र स्थानगत सीमाभित्र बाँधिन बाध्य नभए पनि निश्चित प्रकारको सिलसिला तथा अनुक्रमयुक्त विषयविशेषमा केन्द्रित कलात्मक गद्य रचनालाई निबन्ध भनिन्छ (श्रेष्ठ, २०५६ ः ११५) । वास्तवमा निबन्धमा लेखक स्वयम्को उपस्थिति अनिवार्य हुन्छ । यो उपस्थिति कतै विचार भएर कतै अनुभूति भएर अनि कतै भावुकता भएर अभिव्यक्त भइरहेको हुन्छ । लेखकले आफूलाई नढाँटी मन र मस्तिष्क दुवै प्रस्तुत गर्ने विधा नै निबन्ध हो (प्रधान, २०६६ ः ७) । यसरी नेपाली साहित्यकारहरूका निबन्धसम्बन्धी आआÇनै विचार र धारणाहरू छन् । यसका आधारमा निबन्ध लेखकको निजात्मक विचार केन्द्रित रचना हो भन्न सकिन्छ ।
               

‘डाक्टर अङ्कल’ कथामा एक दृष्टि

१. परिचय
आत्माराम शर्मा पुडासैनी एक कथाकार, कवि तथा उपन्यासकार हुन् । उनी वि.सं. २०२० मा काठमाडौँको भद्रवासमा जन्मेका हुन् । उनको ‘माफ गर बहिनी चिन्न सकिनँ’ कविता सङ्ग्रह वि.सं. २०५७ मा प्रकाशन भएको थियो भने ‘धुवाँ’ कथा सङ्ग्रह २०६० मा । यसै गरी ‘सुखान्त’ उपन्यास वि.सं. २०७१ मा प्रकाशित भएको हो । ‘डाक्टर अङ्कल’ कथा सङ्ग्रह भने वि.सं.२०६७ मा प्रकाशन भएको हो ।
‘डाक्टर अङ्कल’ कथा ‘डाक्टर अङ्कल’ किशोर कथा सङ्ग्रहमा सङ्गृहीत कथा हो । यस सङ्ग्रहमा १२ वटा कथाहरू समाविष्ट छन् । यस सङ्ग्रहमा ‘पीडा’, ‘मृत डायरी’, ‘एउटाले बिराउँछ, शाखा पिराउँछ’ ‘अस्वीकृत मृत्यु’, ‘अपूर्ण’, ‘नहाँसेको मन—१’, ‘नहाँसेको मन—२’, ‘नहाँसेको मन—३’, ‘बोर्ड फस्ट’, ‘यो दुःख म संसारलाई बाँड्नेछु’ तथा ‘निर्मलको प्रतिज्ञा’समेत समाहित छन् ।

कवि कलानाथका रचनामा पाइने राजनीतिक चेतना

कुनै साहित्यकारले आफ्ना रचनाद्वारा देश र जनताका लागि कतिसम्म योगदान गर्यो भनी केलाउने विधा समालोचना नै हो । त्यसैले प्रत्येक साहित्यकारका रचनालाई उसका कृतिका आधारमा आलोचना गर्ने, सुझाव दिने, प्रशंसा गर्ने र प्रोत्साहन दिने नीति अँगाल्नु पर्छ । यस क्रममा वैचारिका पूर्वाग्रहलाई रत्ति पनि ठाउँ दिन हुन्न । यसै धारणाका आधारमा यो समालोचना प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

एकताका ‘लोकगीतको झङ्कारद्वारा नेपाल राज्यभरिका सम्पूर्ण झुप्रा छाप्राहरूमा जागृतिको आलोक फैलाउने’१ ‘सुशिक्षित सुसंस्कृत तरुण तथा नेपाली भाषाका राम्रा लोक कवि र सुन्दर गायक’२ भनी प्रशंसित कवि कलानाथ ‘क्रान्तिकारी गीतका कारणले कुनै दिन रेडियो नेपालमा प्रतिबन्धित भएका थिए’३  भने आज नयाँ पुस्तामा साहित्यकार तथा संस्कृतिकर्मीहरूका अगाडि बिराना बन्न पुगेका छन् ।

‘सनेस’ मा एक दृष्टि

१. प्रारम्भ
सनेस बज्जिका भाषामा प्रचलित शब्द हो । यसको अर्थ सन्देश भन्ने लाग्ने भए तापनि यहाँ कोसेली वा उपहार भन्ने लाग्छ र अझ यहाँ जुन ‘सनेस’ को कुरो हुँदै छ, त्यो चाहिँ रौतहट—काठमाडौँ सेवा समाजको दोस्रो स्मारिका हो ।
विषयसूचीभन्दा अगाडिका सामग्री
वि.सं.२०६७ मा रौतहटबाट विभिन्न प्रयोजनले काठमाडौँमा रहेका सचेत व्यक्तिहरूको काठमाडौँमा भएको भेलाले रौतहट–काठमाडौँ सेवा समाजको गठन गरेको हो । यस समाजले सम्पादक विजयकुमार अधिकारीको संयोजनमा ‘सनेस’को दोस्रो अङ्क प्रकाशन गरेको छ । यस अङ्कमा कभर र अन्य पृष्ठबाहेक १०३ पृष्ठमा सामग्रीहरू संयोजन गरिएको छ ।
पृष्ठ ‘ग’ मा सम्पादकीय रहेको छ । सम्पादकीयमा अधिकारीले  रौतहटबाट काठमाडौँ गई विभिन्न कार्य तथा पेसामा जुटेका नागरिकहरूको अनुमानित सङ्ख्या तथा रौतहट र काठमाडौँबिच हजारौँ वर्षदेखि आफ्नै खाले सम्बन्ध रहेको अभिव्यक्ति दिएका छन् । यसै गरी नेपाल र भारत पौराणिक कालमा एकै उपमहाद्वीपमा रहेको कुरासमेत उल्लेख गरेका छन् ।
यसपछि दुई शब्दका रूपमा संस्थाका अध्यक्ष रामशरण चिमोरियाको अभिव्यक्ति पाइन्छ । उनले संस्थाले गरिआएका कार्यलाई सङ्क्षेपमा प्रकाश पारेका छन् ।
यसपछि पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालबाट तथा रौतहट जिल्लाबाट चुनिनुभएका प्रतिनिधि सभा सदस्यहरूले संस्थालाई दिनुभएको शुभकामना राखिएको छ । यसपछि संस्थाको सङ्क्षिप्त चिनारी प्रस्तुत गरिएको छ ।

पारिजात

पारिजात
प्रकृतिको एक सुन्दर उपहार
ऊ आफैँ प्रकृतिको अंश
पारखीका आँगनमा
वा
चुरे डाँडामा
हरियै भेटिन्छ यो
फुल्छ अरूका लागि
सुन्दर फूल भएर
प्रस्तुत हुन्छ अरूका लागि
मिठो वासना भएर
पुजिन्छ देवतालाई
पवित्र ठानिएर
फुल्दै जान्छ प्रत्येक दिन ढल्कँदा
ओइलिएर झर्छ प्रत्येक रात छिप्पिँदा
काम लाग्दा छन् यसका प्रत्येक अङ्ग

Related Posts with Thumbnails