तिहार : एउटा उन्माद
जोसिला बुढा
![]() |
| Picture Source : Click Here |
त्यही बाटो सयौँ पल्ट हिँडेँ हुँला, आफ्ना आवश्यकताले कैयौँपल्ट त्यहाँका पसल पसल चहारेँ हुँला । मलाई थाहा थिएन त्यहाँ कुनै मनीषि छन् भनेर । साँच्ची साँच्ची भन्ने हो भने म त पथलैयालाई छयहत्तर जिल्लाका नागरिकहरूको जमघट भन्ठान्थेँ । म त त्यहाँको संस्कृति, परम्परा तथा चालचलन अन्य स्थानहरूभन्दा भिन्दै छ भन्ठान्थेँ । त्यहाँका मानिसहरूमा आधुनिकताका नाममा केवल विकृत संस्कृतिको विकास भएको होला भन्ठान्थेँ तर होइन रहेछ । नयाँ ठाउँ भएर पनि त्यहाँ नयाँ मान्छे मात्र रहेनछन्, नयाँ सांस्कृतिक वातावरण मात्र रहेनछ, आधुनिकीकरणको अन्धानुकरणले मात्र गाँजेको रहेनछ । यो ठाउँ त साहित्य, संस्कृति, सञ्चार, खेलकुद आदि क्षेत्रमा आफ्नै ढङ्गले अगाडि बढ्दै रहेछ । यहाँ त गीतकार, साहित्यकार औ राणाकालदेखिका राजनीतिका ज्ञाता पनि रहेछन् ।
यो कुरा अझ म कयौँ वर्ष थाहा पाउँदैनथेँ हुँला, पथलैयालाई अझै कति वर्ष म पुरानै आँखाले हेरिरहन्थेँ हुँला निबन्धकार श्यामप्रसाद शर्मा तथा जनकप्रसाद हुमागाईँज्यूसँग हेटौँडामा भेट र परिचय नभएको भए । उहाँहरूसँग भेट भएको भोलिपल्ट अर्थात् २०४८ साल माघ ४ गते नै मेरो यो भ्रम टुटेको थियो । श्यामप्रसादहरू आफूले चिनेका मान्छेलाई आफ्नै ठान्नु हुँदो रहेछ, बिर्सनु हुँदो रहेनछ । त्यसैले चन्द्रनिगाहपुर जाने बाटामा पर्ने पथलैयाका ती मनीषि कलानाथ अधिकारीलाई भेट्न बिर्सनु भएन । मलाई लाग्यो यी बुढाहरूले कता लगेर कति अल्मल्याउने हुन्, समय कति बर्बाद गर्ने हुन् । कुरो सुन्दै र बुझ्दै गएपछि पो लाग्दै गयो त्यो भेट, त्यो संयोग कति उपयोगी रहेछ !
कलानाथ अधिकारी श्यामप्रसाद शर्माका विद्यालयीय गुरु हुनुहुँदो रहेछ । उमेर छँदा देशभरमै तहल्का मच्चाउन सक्ने मान्छे पो हुनु हुँदो रहेछ, रेडियो नेपालको स्थापनासँगै प्रथम पुस्ताका गायक हुनु हुँदो रहेछ, मास्टर रत्नदासको समकालीन हुनु हुँदो रहेछ ।
इन्द्र सरोवरमा म
जगदीश शर्माको 'अमेरिकामा महिना दिन' हेर्दा
जगदीश शर्मा पेसाले पत्रकार हुन्। साहित्य भनेपछि हुरुक्क हुन्छन्। त्यसैले उनको योगदान पत्रकारिता र साहित्यमा उत्तिकै नभए साहित्यतर्फ पनि गतिलै छ। साहित्यिक क्षेत्रमा भने उनी मूलतः प्रेरकका रूपमा चिनिन्छन्। खास गरी 'प्रतीक' दैनिकको 'वाटिका' स्तम्भ मार्फत् उनले नारायणी अञ्चलका बारा, पर्सा, रौतहट तथा मकवानपुरका नव प्रतिभाहरूलाई चिनाउने तथा चिनिएकाहरूलाई स्थापित गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएका छन्।
२००६ सालमा जन्मेर ३३ वर्षको उमेरदेखि निरन्तर पत्रकारिता गर्दै आएका जगदीशको पहिलो पुस्तकाकार कृतिका रूपमा 'अमेरिकामा महिना दिन' यात्रा साहित्यिक कृति २०६७ मा पाठक समक्ष आएको हो। पत्रकारिताकै सिलसिलामा एक महिना अमेरिका बस्ने गरी जान पाएका जगदीशले यस कृतिमा सङ्ग्रहित चौध वटै यात्रा संस्मरणहरूमा आफूलाई खुलस्त रूपमा अभिव्यक्त गरेका छन्।
२. अचम्म लाग्दा यथार्थको प्रस्तुति
लेखकले आफूले जानकारी पाएका प्रत्येक कुरा पाठकमा सम्प्रेषण गर्न खोजेका छन्। यस क्रममा अमेरिकामा रेडियो स्टेसन भएको थाहा पाएका उनले आफ्नो खुसी पाठकहरूलाई बाँड्न खोजेको अनुभूति हुन्छ। अमेरिका जस्तो संसारकै प्रजातान्त्रिक आदर्श ठानिने मुलुकमा समेत कतिपय कुरा खुलस्त भन्न मिल्ने स्थिति नहुनु र कसैले केही कुरो चुहाइहाले पनि 'अफ द रेकर्ड' भनेर मात्र भन्न मिल्ने अमेरिकी सहकारी संस्थाहरूको जस्तो उदेक लाग्दो स्थिति पनि हामी उनका संस्मरण पढेर थाहा पाउन सक्छौँ। नेपाल जस्तो अविकसित देशका समेत कतिपय सहरहरूमा हुने खालको सार्वजनिक शौचालय अमेरिकामा कतै नहुनु झन् अचम्म लाग्दो कुरा हो। यस्तै उपभोग्य वस्तुहरू उत्पादन नगर्ने अमेरिकी नीति र प्रवृत्ति पनि पत्याउन अप्ठ्यारो पर्ने तर पत्याउनै पर्ने सत्य हो।
अमेरिकाको 'आई डु नट नो' अर्थात् 'मलाई केही थाहा छैन' संस्कृति अचम्म लाग्दो छ। अमेरिकीहरू विवादमा पर्न सकिने सन्दर्भमा कतिपय अवस्थामा 'थाहा छैन' भनी दिन्छन्। त्यस्ता विषयमा उनीहरूले राम्ररी थाहा पाएका वा पटक्कै थाहा नपाएका पनि हुन सक्छन्। यो संस्कृति कतिपय प्रसङ्गमा ठिकै लागे पनि कतिपय प्रसङ्गमा भने अलि बढी बिन्दास खालको तथा व्यक्तिवादी लाग्छ। सँगै कुनै कार्यक्रममा गएका व्यक्ति पति पत्नी नै भए पनि एकले अर्कालाई नपर्खने अमेरिकी विशेषता व्यक्तिवादी लाग्दा लाग्दै पनि ठिकै लाग्छ। यसो गर्दा भने कुनै एकका कारणले हुने ढिलाइ वा अन्य कमजोरीप्रति निर्दोष व्यक्ति दोषी ठहरिनु पर्दैन।
भ्यागुताहरू
सहरिया भ्यागुताहरू
सहरमा बस्छन्
सहरमा रम्छन्
ती गाउँ पस्नै चाहन्नन्
त्यसैले ती
गाउँमा पनि देख्छन्
सहरिया सुख–सुविधाहरू
अर्थात्
रिक्सा, बस, ट्याक्सी
फोन, फ्याक्स र इन्टरनेट
अनि सजगता र सचेतता
गाउँका भ्यागुताहरू
गाउँमा बस्छन्
गाउँमै रम्छन्
ती सहर जान्नन्
ती सहर जान चाहन्नन्
र
सहरमा पनि बाँचेको ठान्छन्
गाउँले मौलिकता
अर्थात्
निष्पक्षता, निस्वार्थता
श्रमनिष्ठा, स्वावलम्बीपन र नैतिकता
अनि स्वाभिमानीपन र स्वच्छता
