जीवनमा पहिलो पटक भुइँचालोको अनुभव गर्दा म यस्तै १७ वर्षको थिएँ हुँला । त्यो दिन म चन्द्रनिगाहपुरमा सानो मामा भैरवप्रसाद भट्टराईकहाँ थिएँ । मामाले ‘भुइँचालो गयो’ भन्नुभयो । मलाई पनि हल्लाए जस्तो लाग्यो । मलाई नै त्यो अनुभूति भयो वा मामाले भन्नुभएपछि त्यस्तो लाग्यो । जे होस्; यो घटना २०३७ सालतिरको हुनु पर्छ । त्यसपछि मलाई एकैपटक २०४५ सालको भुइँचालोको अनुभूति छ । २०४५ साल भदौ ५ गतेको भुइँचालो जाँदा म सान्दाजु चन्द्रमोहनसँग बाराको ज्योति फारामको आवासगृहमा थिएँ । म कुनै जाँचको क्रममा त्यहाँ पुगेको थिएँ । भुइँचालो गएको बिहान खाट बेस्मारी हल्लियो । हामी तिनै जना भुइँचालोको आभास भएर ब्युँझियौँ । पछि हेर्दा थाहा भयो; हामी सुतेको खाट जोडिएको भित्ता चर्किएको रहेछ । उदयपुरलाई केन्द्र बनाएको ६.७ रेक्टर स्केलको त्यस भुइँचालोले हामीलाई घटनापछि मात्र अत्याएछ, तै केही भएन भनेर । खास गरी पूर्वी नेपालमा बढी क्षति पु¥याएको त्यस भुइँचालोले हामीलाई केही गर्न भ्याएनछ ।
कवि निमेष र उनको ‘शोकगीतको पोस्टमार्टम’
लेखक :
रमेशमोहन अधिकारी
१. विषय
कवि निमेष निखिलको तेस्रो कविता सङ्ग्रह हो ‘शोकगीतको पोस्टमार्टम’ । उनको यस अघि प्रकाशित ‘मनहरूको परिसर’ छोटा कविताहरूको सङ्ग्रह हो भने ‘उमेरको नदी’ लामा कविताहरूको । माघ २०७१ मा प्रकाशित ‘शोकगीतको पोस्टमार्टम’ भने अगिल्ला दुई कृतिहरूभन्दा अलि पृथक् छ ।
उनी यस कविता सङ्ग्रहमा पनि अन्य सङ्ग्रहमा झैँ राष्ट्रियताप्रति चिन्तित छन् । मानिसका कुण्ठाहरू प्रकट गर्न नपाइएको तिक्तताको अभिव्यक्ति गर्ने कवि हाम्रो देशका बासिन्दाहरूमा दलीय, जातीय, साम्प्रदायिक तथा विविध प्रकारका द्वन्द्वले सिर्जना गरेको आतङ्क तथा सन्त्रास आफ्ना कवितामा व्यक्त गर्दछन् । आम नागरिकका असन्तुष्टि कवितामा व्यक्त गर्दै भोका, नाङ्गा, चेलीहरू तथा सम्पन्नहरूका विविध प्रकारका सपनाहरू पुरा हुन नसकेकामा चिन्ता प्रकट गर्दछन् ।

रेलमा रमाउँदै
लेखक :
रमेशमोहन अधिकारी
मानिसका चासाहरू विविध विषयहरूमा हुने गर्दछन् । आफूले चासो राखेका विषयहरूमा मानिसले अभिरुचिपूर्वक अध्ययन गर्न खोज्दछन् र जान्दछन् पनि । मेरा पनि चासा र जिज्ञासाहरू विविध क्षेत्रमा छन् । तीमध्ये एउटा क्षेत्र हो आध्यात्म ।
जानेर वा नजानेर तिनै कक्षादेखि आध्यात्मिक अध्ययन गरे पनि अध्ययनको जिज्ञासा भने चालिस वर्ष नाघेपछि मात्र पलाएको छ । जिज्ञासा पलाएकै बेला अवसर मिल्दा वातावरण झन् अनुकूल भइदिएको छ ।
मेरो गृहनगर चन्द्रनिगाहपुरमा गीता पाठशाला छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा सञ्चालित यो मेरो छिमेकमै छ अचेल ।
मेरो माइल्दाजु र भाउजू त यससँग नजिकिएको दुई तिन वर्ष भइसक्यो । म भने भर्खर मात्र त्यसको चेष्टा गर्दै छु ।
म आध्यात्मिक व्यक्तिहरूको पछि लागेर पनि हिँडिनँ, उनीहरूसँग तर्केर पनि हिँडिनँ । यसो हुनाले सानैदेखि घर र सामाजिक वातावरणका प्रभावले ममा आध्यात्मिक रुचि एक किसिमले थियो र झन् बढ्यो । गीता

विद्या भण्डारी ‘चिराग’ र उनका बाल कविताहरू
लेखक :
रमेशमोहन अधिकारी
वि.सं.२०२३ मा काठमाडौँमा जन्मेकी विद्या भण्डारी ‘चिराग’ को एउटा बाल कविता सङ्ग्रह वि.सं.२०६२ मा प्रकाशित देखिन्छ ।
उनका कविताहरू हकमुखी छन् । टिभीबाट बाल कार्यक्रम, ज्ञानविज्ञानका सामग्री तथा देश विदेशका खबर थाहा हुने हुनाले टिभी हेर्न दिनु पर्छ भन्ने बाल भावनाको प्रतिनिधित्व उनका कविताले गरेका छन् । बालबालिकालाई साना भनी नहोच्याउन आग्रह गर्ने उनका कवितामा शनिवारलाई फुर्सतको, स्वतन्त्रताको तथा बालबालिकाले आमाबुवासँग बिताउने दिनका रूपमा पहिचान गराउने प्रयत्न गरेकी छन् । बाल सुलभ लाग्ने उनका कवितामा हरियो चउरमा खेल्दा आनन्द लाग्ने अभिव्यक्ति पाइन्छ । उनले आफ्ना कवितामा जन्मदिनको महत्ता प्रकटन गरेकी छन् भने पढ्नमा रमाउने बालबालिकाको प्रशंसा गरेकी छन् ।
थुक
लेखक :
रमेशमोहन अधिकारी
उसले
पिच्च थुक्यो
उसले
पिच्च थुकी
उनले
थुके
उनले
थुकिन्
उहाँले
थुक्नुभयो
उहाँले
थुकिबक्स्यो
प्रहरीले
थुके
कर्मचारीले
थुके
शिक्षकले
थुके
नेताले
थुके
नेतृले
थुकिन्
Subscribe to:
Posts (Atom)