म २०६४ सालमा इन्द्रायणी माध्यमिक विद्यालय आग्रा, मकवानपुरको स्रोत व्यक्ति हुँदा मेरो कार्यक्षेत्र तीन ओटा गाविसका ३५ ओटा विद्यालयहरू थिए । तीमध्ये डाँडाखर्क गाविसअन्तर्गत दुई ओटा निम्न माध्यमिक र चार ओटा प्राथमिक विद्यालय थिए । तीमध्ये पनि एउटा थियो; सरस्वती निम्न माध्यमिक विद्यालय बैकुण्ठ । त्यस विद्यालयमा प्राथमिक तहमा एक जना शिक्षक नियुक्तिको सिलसिलामा आफ्नो पदीय कार्यभार सम्हालेको लगत्तै म वैकुण्ठ गएको थिएँ । त्यस ताका स्थानीय बासिन्दाका लागि आफ्नो स्थान सहज असहज जस्तो लागे तापनि बाहिरी व्यक्तिहरूका लागि भने त्यति सहज थिएन । त्यही भएर होला; इन्द्रायणी मावि आग्राका पूर्व प्रधानाध्यापक तथा समाजसेवी विष्णु कार्कीले हिउँदमा जानुहुन्छ भने म साथी गइदिउँला । सरलाई एक्लै जान असहज हुन्छ भन्नुभएको थियो ।
आदरणीय गुरु शिवचन्द्र
लेखक :
रमेशमोहन अधिकारी
मैले प्राथमिक तहमा हुँदै अङ्ग्रेजी ग्रामरका पुस्तकहरू पढिसकेको थिएँ र केही ट्रान्सलेसनका पुस्तकहरूमा अभ्यास गरिसकेको थिएँ । छैठौँ कक्षामा पुग्दा ‘चूडामणि ग्रामर’ पनि एकसरो अध्ययन गरिसकेको थिएँ तैपनि म अङ्ग्रेजीमा कमजोर नै थिएँ । कक्षा सातमा पढ्दा मैले पढेको सुबलाल हाई स्कुल सन्तपुरमा आउनुभएका रामदेव सरको अङ्ग्रेजी खुब मन पर्थ्यो । उहाँको बुझाउने कला अद्भूत थियो तर हाम्रो विद्यालयमा उहाँ एक वर्ष पनि बस्नुभयो कि बस्नुभएन !
भय र स्नेहका पर्याय: ठुल्दाजु
लेखक :
रमेशमोहन अधिकारी
आफ्नै दाजु भनेर के गर्नु ! ठुल्दाजु अर्थात् ध्रुवमोहनलाई मैले राम्ररी चिनेको म सात वर्ष पुगेपछि हो । माइल्दाजुलाई चिनेको पनि मोटामोटी त्यही समयदेखि हो । यसको कारण म र सान्दाजु प्राथमिक तहमा पढ्दै हुनाले गाउँ विश्रामपुरमै पढ्थ्यौँ । दाजुहरू माथिल्ला कक्षाहरूमा पढ्ने हुनाले दुई मुख्य नदी मनुषमारा र वाग्मतीपारि गोडैतामा पढ्नुहुन्थ्यो । छात्रावासमा बस्ने हुनाले देखादेख वा भेटघाट कमै हुन्थ्यो ।
म सात वर्ष नपुग्दै ठुल्दाजुले हकारेको चाहिँ मलाई सम्झना छ । मेरो सान्दाजु त्यतिखेर लुरे हुनुहुन्थ्यो । त्यसै ताका माइल्दाजुलाई बोकेर हिँड्दा सान्दाजुको गोडा भाँचिएको थियो । त्यही भएर दाजुहरूले सान्दाजुलाई ‘लुरे’ भन्नुहुन्थ्यो । म पनि हेपेर कहिलेकाहीँ ‘लुरे’ भनिदिन्थेँ । आमाबुबालाई चित्त नबुझे पनि केही गर्नुहुन्थेन तर ठुल्दाजुबाट कि हप्काइ कि कुटाइ खाइन्थ्यो । यस्तै सान्दाजुको सुरुको नाम ‘चन्द्रदीप’मा पनि हुन्थ्यो । सान्दाजु मेरो दाजु मात्र नभएर साथी जस्तो पनि हुनुहुन्थ्यो । त्यही भएर सान्दाजुलाई हेप्न सजिलो पर्थ्यो । सान्दाजु सहनुहुन्थ्यो वा मुर्मरिनुहुन्थ्यो तर ठुल्दाजुबाट यस्ता कुरा सहन हुँदैनथ्यो र यस्ता कुराको फैसला ठुल्दाजुले कुटेरै गर्नुहुन्थ्यो ।

गुम्बाडाँडा र आवाजहरू
लेखक :
रमेशमोहन अधिकारी
किर्र किरिर्र किर्र किरिर्र
आवाजहरू आइरहेछन्
मेरा अगाडिबाट
मेरा पछाडिबाट
मेरा छेउहरूबाट
धुलो खाइरहेछु म
प्रस्तरको
मेरो नाकमा धुलो पसेको छ
र पनि
निमग्न छु यी आवाजहरूमा
तल्लीन छु यी आवाजहरूमा
आवाजहरू आइरहेछन्
मेरा अगाडिबाट
मेरा पछाडिबाट
मेरा छेउहरूबाट
धुलो खाइरहेछु म
प्रस्तरको
मेरो नाकमा धुलो पसेको छ
र पनि
निमग्न छु यी आवाजहरूमा
तल्लीन छु यी आवाजहरूमा
Subscribe to:
Posts (Atom)