गणेश पौडेलको ‘आमाको खोजीमा’

रमेशमोहन अधिकारी साहित्यकार गणेश पौडेल मूलतः कवि हुन् । यसपछि उनी हास्य व्यङ्ग्यकार हुन् । अहिले उनी लघुकथाकारका रूपमा प्रस्तुत भएका छन् । समीक्ष्य पुस्तक ‘आमाको खोजीमा’ सद्यः प्रकाशित लघुकथा सङ्ग्रह हो । यस पुस्तकमा ७६ ओटा लघुकथाहरू समाविष्ट छन् । यिनै लघुकथाहरूमार्पmत साहित्यकार गणेश पौडेललाई हेर्ने प्रयत्न यस समीक्षामा गरिएको छ । यस समीक्षामा प्रस्तुत गरिएका कुराहरूलाई उपशीर्षकमा यसरी विभाजन गरिएको छ ः १. विषयवस्तु १.१ विसङ्गतिबोध कथाकार पौडेलले हाम्रो समाज, परिवेश, चेतना, नैतिकता आदिका सन्दर्भमा देखिएका कतिपय विसङ्गतिहरूलाई कथामा प्रस्तुत गरेका छन् । नेपालीमा एउटा प्रसिद्ध उखान छ ‘साधुलाई शूली चोरलाई चौतारो ।’ यस उखानको शाश्वततालाई साधु नै अपराधी बनेर तोडेको छ । हाम्रो समाज, आचरण तथा पहिचानमा आएको विसङ्गतिका कारणले साधुले कानुन हातमा लिएर गरेको अपराधले ज्यान मुद्दामा सजाय भोग्नुपर्ने अवस्था छ । हुनुपर्ने कुरा हुनुपर्ने जसरी नहुनु र नहुनुपर्ने कुरा हुनु नै विसङ्गति हुनु हो । यस सङ्ग्रहमा कथाकार पौडेलले विभिन्न प्रकारका विसङ्गतिहरूप्रति विमति प्रस्तुत गर्दै व्यङ्ग्यसमेत गरेका छन् । यस क्रममा उनले खरिदारले नोकर राखेको हुनुलाई अस्वाभाविक अहम्का रूपमा प्रस्तुत गरेका छन् । यसै गरी कानुनको पालनामा सामाजिक, राजनीतिक, आर्थिक आदि पदमा बसेकाहरू नै अवरोध बन्ने गरेको, यथार्थ प्रस्तुत गरेका छन् । प्रजातन्त्र भएको देशमा अति भ्रष्टाचार देख्ने पोडेल भ्रष्टाचारीसँग न्यायाधीशको मिलेमतो हुन सक्ने सम्भावना प्रस्तुत गर्दै ट्राफिक प्रहरीले गर्ने प्रकारको भ्रष्टाचारको उद्घाटन गर्छन् भने सरकारी कार्यालयमा हुने भ्रष्टाचारको जालोको पोयो फुकाउँछन् । सम्पत्तिको लोभमा देशको प्रतिष्ठासमेत ख्याल नराखी पर्यटकलाई मार्ने नेपाली स्वभावको प्रस्तुति गरेका पौडेलले सरकारप्रमुखद्वारा नै अपराधको संरक्षण गरिने हुनाले उच्च ओहदामा भएका व्यक्ति नै तस्करीमा संलग्न हुने गरेका कुरा प्रस्तुत गर्दै तस्करलाई समात्नुका सट्टा सम्मान गर्नुपर्ने नेपाली परिवेशको यथार्थता प्रस्तुत गर्दछन् । सदाचारी देखिने व्यक्ति पनि भ्रष्टाचारी हुन सक्ने यथार्थता प्रस्तुत गर्ने पौडेल आपूmलाई नेता ठान्नेहरूका कामुक, लोभी, पापी, फटाहा, जाली, ईष्र्यालु आदि चरित्र हुने सङ्केत गर्दछन् । कर्तव्यनिष्ठ कर्मचारीप्रति शङ्का गर्ने हाम्रो प्रवृत्तिको प्रकटीकरण गर्नुका साथै कर्तव्यनिष्ठ कर्मचारीको हत्याको घटनाद्वारा इमानदार, निष्ठावान् कर्मचारीले कानुनअनुसार काम गर्न नपाएको वा नपाउने गरेको स्थितिको प्रकटन गर्दछन् । प्रहरीद्वारा प्रसारित कतिपय समाचार भुृmठो हुने गरेको यथार्थ प्रकटन गर्दै उनी विदेशी पाहुनाप्रतिको हाम्रा शासकहरूको निरीह प्रस्तुतिको प्रकटन, विदेशी भन्ने बितिक्कै्र राम्रो हुन्छ भन्ने हाम्रो संस्कारको प्रकटन विदेशी पाहुनालाई हामीले दिएको सम्मानअनुरूप उनीहरू हुन नसकेको कुरा लघुकथाहरूमार्पmत व्यक्त गर्दछन् । विरोधका लागि मात्र भए पनि विरोध गर्ने प्रवृत्ति तथा स्थिति, परिस्थिति नबुझी भाषण मात्र गर्ने नेताको विश्लेषण क्षमतामाथि प्रश्नचिह्न राख्तछन् । आजका नेताको बौद्धिकताप्रति शङ्का गर्दै आजका नेताको अति हलुका सोचाइतर्पm सङ्केत गर्दछन् । यस्तै आफ्नै कार्यक्रमप्रति चासो नराखे पनि प्रवचनका भोका मानिसप्रति तीक्ष्ण प्रहार गर्दछन् । १.२.१ मानवीय संवेदना यस कथासङ्ग्रहमा कथाकारले आजका मानिस बिस्तारै संवेदनहीन बन्दै गएको कुरो प्रकट गरेका छन् । यस क्रममा उनले कतिपय ड्राइभरले आपूmले भनेबमोजिम नभए गाडी पल्टाइदिने जस्ता आपराधिक प्रवृत्तिको प्रकटीकरण प्रस्तुत गरेका छन् । यसै गरी सहयोगीकै पनि र मनमुटाव भएका व्यक्तिको हत्या गर्ने प्रवृत्तिको प्रकटन यहाँ गरेका छन् । यसै गरी गौबध गर्नेलाई बध गर्न आवश्यक ठान्ने साधुको आपराधिक प्रवृत्ति प्रस्तुत गरेका छन् । १.२.२ मानवीय स्वभाव÷प्रवृत्ति लघुकथाकार पौडेलले यी कथाहरूमार्पmत मानिसका विविध स्वभाव तथा प्रवृत्तिको प्रकटन गरेका छन् । उनले मानिस जस्तोसुकै होस्, सुन्दर वा सुन्दरी देखिने उसको चाहना हुन्छ भन्ने हाम्रो स्वभावीय यथार्थ प्रस्तुत गर्न खोजेका छन् । यही चाहनाले आजको युवा पुस्ता फेसनको अन्धानुकरण गर्न लालायित देखिन्छ भन्ने कुरा टेढो दाँतको मोडलीकरणको उदाहरणद्वारा प्रस्तुत गरेका छन् । आपूmलाई परेको पीडा मात्र संसारको सबैभन्दा ठुलो ठान्ने मानवीय स्वभावले गर्दा नै मानिसमा मांसाहार प्रवृत्तिको विकास भएको हो । यसै गरी बलि दिने स्वभावको पनि विकास भएको हो । आजका कतिपय छोराछोरीले तिनका आमाबुबाप्रति गर्ने दुष्ट प्रवृत्तिको लाग्ने व्यवहार कृतघ्नता तथा स्वार्थीपनको उदाहरण हो । बाहिर भलादमी रूपमा प्रस्तुत व्यक्ति पनि लोभी, स्वार्थी, अपराधी र संवेदनहीन हुन सक्छ भन्ने कुरा आफ्ना कथाहरूमा प्रस्तुत गर्ने कथाकार पौडेलले मानिसका स्वार्थी, धूर्त, ईष्र्यालु तथा आपराधिक प्रवृत्ति प्रस्तुत गरेका छन् । यसै गरी विवाहका सन्दर्भमा देखा पर्ने ठालु जातीय चिन्तन, अति उपेक्षित र अति विपन्नहरूमा समेत शासक बन्ने कल्पना हुने यथार्थता, श्रमचोर प्रवृत्ति तथा सरकारी कानुन तोड्ने मानवीय प्रवृत्तिको प्रकटन उनका कथाहरूमा पाइन्छ । यसै गरी कथाहरूमा राम्रो कुरा आपूmले मात्र प्रयोग गर्ने चाहना, आफ्ना कार्यको असर अरूलाई पर्ने कुरा ख्याल नगर्ने आदि कुराका साथै सन्तानप्रतिको मोह तथा कानुनी भाषा मात्र बोल्ने प्रहरीको प्रवुत्तिसमेत कथाहरूमा प्रस्तुत छ । अप्ठ्यारामा एक हुने मानवीय स्वभावको प्रकटन उनका कथाहरूमा पाइन्छ । १.३.१ हिन्दू सांस्कृतिक प्रभाव लघुकथाकार हिन्दू धार्मिक आस्थाका व्यक्तित्व देखा पर्दछन् । उनको गौवधप्रतिको चिन्ता र आमा छोराबिच यौन सम्बन्ध हुन नहुने हिन्दूधर्मीय आचरणको प्रस्तुुति यसैको प्रतिफल हो । १.३.२ ज्योतिष÷तन्त्र कथाकार गणेश पौडेल ज्योतिष विद्याप्रति पूर्ण विश्वास गर्दछन् । यसै गरी शक्ति साधनाले रूप बदलिने कुरामा समेत उनी विश्वस्त पाइन्छन् । १.३.४ ईश्वरप्रतिको दृष्टिकोण आध्यात्मवादी धारका पौडेल भगवान्, स्वर्ग, नर्क, देवदूत आदिप्रति विश्वास गर्दछन् तर उनी भगवान्लाई पनि पात्र मात्र मान्दछन् । यो अलि विरोधाभासपूर्ण लाग्दछ । मानिसलाई नै देवताको जन्मदाता हो भन्दै मन्दिरभित्रको मूर्तिलाई शक्तिहीन ठान्छन् । मन्दिरमा पूजा गरेर कुनै फाइदा हुन्न भन्ने चिन्तन व्यक्त गर्ने उनी पूजा र दानलाई समेत पुण्य कार्य मान्दैनन् । मन्दिरको नसुन्ने र नबोल्ने देवताभन्दा मानिस नै उपयोगी हुन्छ भन्ने उनको ठहर छ । १.४ यौन यी कथाहरू अध्ययन गर्दा कताकति कथाकारको यौन मनोवृत्ति पनि प्रकट हुन्छ । यिनले कथामा बडो रुचिपूर्वक यौनलाई स्थान दिएका छन् । यिनले सुन्दरता र अझ नारी सुन्दरताको चित्रण गर्नमा आफ्नो केही समय खर्चेका छन् । कथाकारको मनोविज्ञानले सर्वाङ्ग सुन्दरीलाई नाङ्गो रूपमा हेर्न लगाउनु र भोगवादी ड्राइभरलाई बिचरा भन्नु मननीय छ । व्यक्तिलाई वस्तु मात्र ठान्ने हाम्रो सामाजिक स्वभावको प्रकटन भएका उनका कथामा विपरीत लिङ्गी दुई जना मात्र हुँदा यौन आवेग बढ्ने मनोवैज्ञानिक यथार्थता तथा दुई विपरीत लिङ्गी जवानको सान्निध्य हुँदा सहमति वा असहमतिमा यौन सम्बन्ध हुन सक्ने सङ्केत पाइन्छ । यौन सन्दर्भमा यौन दुराचारी त प्रस्तुत भएकै छन्, यसका साथै जोगी र जोगिनीबिच हुने भोगवादको प्रस्तुतिसमेत यहाँ देख्न पाइन्छ । ,उनीहरूमा पनि यौन चाहना र आवेग हुने कुरा टड्कारो रूपमा प्रस्तुत छ । साथै आवेगमा धेरै कुराको विचार, विश्लेषण नगरिने कुरासमेत प्रस्तुत छ । ड्राइभरको अन्ध यौनाशक्ति, बलात्कार प्रासङ्गिक प्रवृत्ति यसै सन्दर्भमा प्रस्तुत भएका कुरा हुन् । १.५ नेपाली राजनीतिको चित्र पौडेलले आफ्ना लघुकथाहरूमा नेपाली राजनीतिमा निमुखा र इमानदारभन्दा टाठा तथा धूर्त नै सत्ता हत्याउन सफल भएको उल्लेख गरेका छन् भने सामान्य स्थितिलाई समेत तनावग्रस्त बनाउने नेपाली राजनीतिको असहिष्णु प्रवृत्ति देखाइदिएका छन् । १.६ जानकारीमूलकता पौडेलका कतिपय कथा पाठकका लागि जानकारीमूलक पनि छन् । उनले आफूले थाहा पाएका कतिपय तथ्यहरू यस कथासङ्ग्रहमार्पmत व्यक्त गरेका छन् । यस क्रममा उनले महाद्वीपहरूको नाम प्रस्तुत गरेका छन् । यसै गरी उनले गजबको जैविक तथ्यको प्रकटनसमेत गरेका छन् । उनले यहाँ जेठाले कान्छालाई र माऊले बचेरालाई खाने गिद्ध र चिलका स्वभावका बारेमा लेखेका छन् । यस स्वभावका दृष्टिले यी दुई पक्षीबिच एकरूपता पाइए पनि वातावरणीय संरक्षणका लागि गिद्ध आवश्यक रहेको तर चिलको औचित्य नरहेको कुरो व्यक्त गरेका छन् । वर्तमानमा विनाप्रमाण कसैलाई पनि मुद्दा लगाउन नसकिने भए तापनि राणाकालमा मौखिक सुनवाइले नै पैmसला दिने प्रचलन रहेको स्मरण गराएका छन् । यस क्रममा राणाकालीन जार काट्न पाउने कानुनी व्यवस्थाको कुरो सोदाहरण प्रस्तुत गर्दै राणाकालीन सर्वस्वहरण र ज्यान लिन सक्ने अवस्थाको चित्रण गरेका छन् । यसै गरी उनले मकवानपुरमा यमलोकसमेत भएको कुरा प्रकटन गरेका छन् । १.७ जीवनवाद यस कथासङ्ग्रहमा कताकति जीवनवादको छनक पाइन्छ । कुनै खराब कार्य भइराखेको भए पनि सकारात्मक सोचले अगि बढेमा खराब कार्य रोक्न सकिने, मानिस मदिरा सेवनमा लाग्ने कुनै न कुनै कारण हुने, सो कारण निदान गरे लत छुट्न पनि सक्ने तथा सुन्दरी युवतीको आम यात्रीप्रतिको मोह यसका केही उदाहरण हुन् । १.८ उपजीव्य यस कथासङ्ग्रहमा लोककथा, दन्त्यकथा, धार्मिक कथा तथा पञ्चतन्त्रका कथाहरूको प्रभाव पाइन्छ । यसका साथै सामाजिक, राजनीतिक तथा आर्थिक यथार्थहरू सङ्ग्रहमा प्रस्तुत भएका छन् । १.९ प्रहरी सन्दर्भ कुनै पनि देशको सुरक्षा व्यवस्थापन प्रहरीको हातमा हुन्छ । प्रहरी सजग रहन नसक्ता देशको शान्ति सुरक्षा खलबलिन्छ । देशमा अराजकता बढ्छ । तसर्थ प्रहरी इमानदार, नागरिकसेवक, सत्यवादी, चरित्रवान् तथा देशभक्त हुनुपर्छ । नेपाली परिप्रेक्ष्यमा दुवै थरी प्रहरीहरू देखा पर्दछन् । यिनै कुरालाई पौडेलले कथाहरूमार्पmत व्यक्त गरेका छन् । उनका कथाका प्रहरी चोर समात्न छाडेर तिनले छाडेका रुपियाँपैसा गन्न थाल्छन् । यस घटनाबाट हाम्रा प्रहरीले चोरको छल नबुझेको वा बुझ्न नखोजेको भन्ने अर्थ लाग्छ । साथै कर्तव्यपरायण नभएर द्रव्यलोभी हुन् कि जस्ता लाग्दछन् । कतिपय आन्दोलन दमन गर्न आतुर देखिन्छन् भने नियम उल्लङ्घन गर्न उद्यत् । यी कथाहरूमा प्रहरीभित्रका कमजोर चरित्रको पर्दाफास मात्र गरिएको छैन, राम्रा पक्षलाई प्रकाशमा ल्याउने प्रयत्नसमेत गरिएको छ । प्रहरी हाकिमहरूमा पनि साँचो रूपमा कर्तव्य निर्वाह गर्नुपर्छ भन्ने भावना छ । प्रहरीले चाहेमा दुव्र्यसनीहरूलाई सही मार्गमा ल्याउन सक्छन् भन्ने कुरासमेत प्रस्तुत गरिएको छ । १.१० अन्यान्य यस उपशीर्षकमा कथाका माध्यमले कथाकार पौडेलका विविध विषयसम्बन्धी धारणा, दृष्टिकोण तथा बुझाइ प्रस्तुत भएका छन् । कथाकारले कुनै पनि गैरकानुनी वा गैरसामाजिक कार्य गर्नेलाई तह लगाउने एउटा न एउटा प्रक्रिया हुन्छ । त्यो प्रक्रिया पूरा नगरी कसैले पनि आपैmँ न्यायाधीश र दण्डनायक बन्न हुँदैन भन्ने धारणा प्रस्तुत गरेका छन् । एकातिर कानुनी राज्यको परिपालन हुनुपर्छ भनेर उनका कथा बोल्छन् भने अर्कातिर नेताहरू भनेका काटिनुपर्ने वा बलि दिइनुपर्ने पक्ष हुन् भनेर कानुन हातमा लिएर अराजक कार्य गर्नुपर्छ भन्ने विचारसमेत प्रस्तुत गरेका छन् । सामान्य पाठकका दृष्टिले दुवै कथा आआफ्ना ठाउँमा ठिक लागिहाले पनि कथाकारका सोचाइ भने विरोधाभासपूर्ण लाग्दछन् । यसै गरी इज्जतभन्दा ज्यान प्यारो ठान्ने कथाकार आँखा दानलाई साँचो सामाजिक कार्य ठान्दछन् । उनले आफ्ना कथामा तेस्रो लिङ्गीलाई सम्मानपूर्ण स्थान दिएका छन् । यसै गरी जल तथा स्थल दुवैतिर हिंसा भइरहेकाप्रति विमति व्यक्त गर्ने उनी कृतघ्नलाई गरेको सहयोग बालुवामा पानीसरह ठान्दछन् । उनी हाँसोलाई पनि रोग उपचारको माध्यम मान्दछन् । देशमा सरकारी उपस्थितिको बोध हुनुपर्ने सङ्केत गर्ने उनी समाजमा फरक फरक प्रकारका लोभीहरू पर्याप्त देख्तछन् तर आफूले त्यति लोभ गर्ने मौका नपाएकामा पछुतो पनि मान्दछन् । आकस्मिक खुसी पनि मृत्युको कारण बन्न सक्ने ठान्ने उनी शत्रुका विरुद्ध सङ्गठित हुनु प्राणीगत स्वभाव ठान्दछन् । कुनै पनि देशको सेना चेन अफ कमान्डमा बस्ने हुनाले राजाज्ञा पालनाका क्रममा सैनिकको एक टुकडीका सबैको नाक काटिएका हुनाले नाम नै नाककट्टा राखिएको प्रसङ्ग उल्लेख गरेका छन् । हाकिमको उर्दी पालना गर्नुपर्ने कर्तव्य नै भए तापनि आदेशको अन्धानुकरण होइन, आशय बुझी विवेकसमेत प्रयोग गर्नुपर्छ भन्ने उनका कथाको आशय हो । बाहिरियाहरूलाई लुट्नेहरूले तत्स्थान तथा बाटाहरू बदनाम गराउँछन्, तीप्रति सजग रही कार्बाही पनि गर्नुपर्छ भन्ने कथाकार अपराधी जसरी पनि समातिन्छ भन्ने कुरामा विश्वस्त छन् । अल्पज्ञानले मानिसलाई जस्तो खाल्डामा पनि हाल्न सक्छ । त्यस्तै व्यक्ति निर्णायक तहमा पुगे भने गलत निर्णय पनि हुन सक्छ भन्दै त्यस्ताप्रति सन्देह व्यक्त गरेका छन् । अरूलाई जुन विषयको शिक्षा दिइरहेको छ, सान्त्वना दिइरहेको छ वा उपचार गरिरहेको छ, त्यही सन्दर्भ आपूmलाई पर्दा व्यवहारतः लागु गर्न नसक्ने मानवीय स्वभावसमेत उनका कथामा प्रस्तुत भएका छन् । जङ्गली पशुपक्षीको चोरीसिकार गर्ने त्यही क्षेत्रका व्यक्तिहरू नै हुने गरेको सङ्केत गर्ने कथाकार पौडेलले नरम व्यवहारले टेरपुच्छर नलाउने कर्मचारीहरूलाई कडा व्यवहार गरे मात्र कर्तव्यप्रति सचेत रहने यथार्थता व्यक्त गरेका छन् । घरायसी गोपनियताका कुरामा महिलाहरू उति सचेत नदेखिने परम्परागत सोचाइ व्यक्त गर्दै पौडेल बालबालिका सानै हुनाले झट्ट कुरा नबुझ्ने हुँदा सहजै झुक्याउन सकिन्छ भन्ने सोचाइ राख्न नहुने धारणा व्यक्त गर्दछन् । लागुपदार्थ दुव्र्यसनीहरूलाई योगका माध्यमले दुव्र्यसन छुटाउन सकिने दरो तर्क राख्ने कथाकार रक्सी नै पिएको भए पनि दयावान्ले अरूलाई सहयोग गर्छ भन्ठान्दछन् । रक्सीको लत लागेकाले रक्सी छाड्न नसक्ने अनौठो तर्क गर्दछन् । जीवनको मोह जोसुकैलाई उत्तिकै हुन्छ भन्दै व्यक्ति व्यक्तिका जीवन र मरणसम्बन्धी धारणाले संवेदनशील बनाउने वा नबनाउने भन्ने कुरा निर्धारण गर्दछ भन्ठान्दछन् । उनी जबर्जस्ती विवाहमा मायाको भावना हुँदैन भन्ठान्दछन् । हाम्रा चिन्तन, व्यवहार र कुटनीतिले विदेशीका दृष्टिमा नेपाल कमजोर देखिएको यथार्थ प्रस्तुत गरेका छन् । खुलेर नगाउँदा गायकी कलामा पर्ने असरको प्रस्तुतीकरण उनले गरेका छन् । गायक वा गायिकाको ध्यान अन्यत्र मोडिएमा गायन राम्रो हुन नसक्ने उनको धारणा छ । गायनको शाश्वत नियम पनि त्यही हो । उनका कतिपय कथामा लोकतन्त्रपछि निमुखा झन मारमा परेको कुरा प्रस्तुत भएको छ । २. व्यङ्ग्य कथाकारले सत्तामा पुगेपछि हुने आदर्शको विचलन तथा अवसरवादप्रति तथा सरकारप्रमुख स्वयम्द्वारा राष्ट्रघाती कार्य गरिएकाप्रति व्यङ्ग्य गरेका छन् । यसै गरी आन्दोलनमा यथासम्भव सडकमै देखा नपर्ने र देखा परे पनि सर्वप्रथम सुइँकुच्चा ठोक्ने नै नेता हुने नेपाली राजनीतिक परम्पराप्रति, आदर्शका कुरा मात्र गर्ने नेताप्रति तथा नेपाली राजनीतिप्रति तीक्ष्ण व्यङ्ग्य गरेका छन् । यसै गरी उनले नेतृत्वको कमजोरीप्रति तथा योजना तथा नीतिहीनताप्रति तीक्ष्ण व्यङ्ग्य गरेका छन् । नेपाली कर्मचारीको भ्रष्टाचारी प्रवृत्तिप्रति तीक्ष्ण व्यङ्ग्य गर्ने उनले नेपालका अधिकांश गैरसरकारी संस्थाको भ्रष्टाचारिताप्रति, नेपालका चिकित्सकको सेवावादीभन्दा धनवादी दृष्टिकोणप्रति तथा समस्या पहिचान नगरी रोगको उपचार सुरु गरिहाल्ने कतिपय चिकित्सकप्रति व्यङ्ग्य गरेका छन् । ढुङ्गालाई देवता ठान्नेहरूप्रति तीक्ष्ण व्यङ्ग्य गर्ने उनी नेपालीहरूको ईष्र्यालु प्रवृत्तिप्रति तीक्ष्ण व्यङ्ग्य गर्दछन् । अरूलाई आदर्शको प्रवचन दिने पाखन्डी चन्दनधारीको अन्तर्यप्रति चरम व्यङ्ग्य गर्ने पौडेल अरूका अगाडि सात्विक देखाउने तथा लुकेर रक्सी तथा छोयलासमेत हसुर्ने प्रवृत्तिप्रति तीक्ष्ण व्यङ्ग्य गर्दछन् । यसै गरी धर्मका नाममा हुने हिंसा र यसलाई संरक्षण गर्ने प्रवृत्ति तथा लोभी प्रवृत्तिप्रति व्यङ्ग्य गर्दछन् । यसै गरी संसारमै कुनै नियम बनाउने कुरामा शक्ति राष्ट्रले हस्तक्षेप गर्ने प्रवृत्ति तथा जुनसुकै तह, संस्था र अवस्थामा आपूmअनुकूल निर्णय गराउने प्रवृत्तिप्रति व्यङ्ग्य गर्ने उनी चिट्ठा खोल्नेको बदनियतप्रति तथा चिट्ठा पर्ने व्यक्तिको मुर्खता तथा हुस्सूपनप्रति व्यङ्ग्य गर्दछन् । व्यापारीको बदनियतप्रति, कतिपय ड्राइभरको भोगवादी प्रवृत्तिप्रति, अर्काका छोराछोरीको ज्यान केही होइन भन्ठान्ने प्रहरी मानसिकताप्रति, हार्ने मुद्दालाई पनि तन्काएर लामो समय लगाउने वकिलप्रति दोहोरो पैसा खान सक्ने वकिलीय प्रवृत्तिप्रति तथा वकालतको चर्को शुल्कप्रति तीक्ष्ण व्यङ्ग्य गरेका छन् । यसै गरी लोकतन्त्र आए तापनि विपन्न वर्गको अवस्था नसुध्रिएकाप्रति, प्रजिअको बोक्रे आदर्शप्रति तथा कृतघ्नताप्रति तीक्ष्ण व्यङ्ग्य गरेका छन् । ३. सन्देश कथाकार पौडेलका कथाहरूमा केही शिक्षाप्रद कुरा पनि समाविष्ट छन् । तिनलाई यसरी प्रस्तुत गर्न सकिन्छ ः ३.१ समय नै निर्णायक कथाकार गणेश पौडेलका कथाहरूमा कुनै पनि व्यक्ति सानो वा ठुलो रहिरहन सक्तैन, समयले नै उसलाई सानो वा ठुलो भूमिकामा राख्छ । त्यसैले समयसँगै कतिपय कुराहरू बदलिइन्छन् भन्ने शाश्वत सत्य सन्देशका रूपमा प्रस्तुत भएको छ । यस क्रममा उनले अज्ञानताले भ्रम सिर्जना गर्ने हुनाले मानिस कुनै माथिल्लो ओहदामा पुग्यो भने घमण्डी पनि बन्न सक्छ; उसले बढी घमण्ड वा धुत्र्याइँ गर्दा तल ओर्लिनुपर्ने अवस्था आउन सक्छ । यसैले मानिसलाई मृत्युको मुखमा पनि पु¥याउन सक्छ भन्ने सन्देश दिएका छन् । यसै गरी उनका कथाले मानिसले अर्कालाई खनेको खाल्टामा आफैँ पर्न सक्ने हुनाले अर्काप्रति अपराध सोच्ता आफैँले परिणाम भोग्ने कुरा पनि सोच्नुपर्ने शिक्षा दिएका छन् । ३.२ सजगताको आवश्यकता आफ्नो सामुको हरेक अवस्था, स्थिति र चुनौतीलाई मानिसले बुझ्नु आवश्यक छ । जुनसुकै मानिसले अप्ठ्यारोमा बुद्धि प्रयोग गर्नुपर्छ; अप्ठ्यारामा जुक्तिले काम लिनुपर्छ; आफ्नो बुद्धि नपुगे अक्करमा परिन्छ त्यसैले अप्ठ्यारो पर्दा जोसुकैसँग सल्लाह वा मद्दत लिन सक्नुपर्छ भन्ने सन्देश दिएका छन् । आमाका नामबाट नागरिकता पाउने कुराले बाबु बितेका वा अर्कै महिलासँग लागेका वा बिदेसिएका भए पनि उनका सन्तानले नागरिकता पाउन सजिलो हुन्छ तर यस कुराले समाजमा स्वच्छन्दता र अझ अराजकता निम्त्याउन सक्छ । यसले गर्दा समाज र परिवार विघटित पनि हुन सक्छ भन्ने सन्देश पनि यिनका कथाले दिएका छन् । उनका कथामा मानिसले तनावको उपयुक्त व्यवस्थापन गर्न जान्नुपर्ने, निडर बन्न चरित्रवान् हुनुपर्ने तथा सामाजिक सुधार गर्न चाहनेले यसका विविध पाटाहरूको विश्लेषण गरी उपयुक्त मार्ग पहिल्याउनुपर्ने सन्देश दिएका छन् । ३.३ विरक्तिका कारण मानिसको विरक्तीका कारण विभिन्न हुन सक्छन् । जुन कारणले मानिसमा विरक्ति उत्पन्न हुन्छ, त्यस कारणप्रति सचेत रहनाले मानिसका विरक्ति हट्छन् भन्दै कथाकारले बाल्य अवस्थामा आमाबाबुको मायाबाट वञ्चित हुनु, प्रेममा विरक्ति हुनु वा घरझगडा हुनु पनि हो भन्दै यी कुराप्रति आफ्ना पाठकलाई सचेत गराउन खोजेका छन् । ३.४ अन्यान्य पौडेलका कथाबाट भाषा वा अन्य जानकारीको क्षेत्र बढाउँदा राम्रो हुने, स्वार्थी बन्न नहुने, मान्छे चिन्न सक्नुपर्ने जस्ता सन्देश पाइन्छन् । यसै गरी उनका कथाहरूले सत्य नछोपिने, अपरिचितका कुरा पत्याइहाल्न नहुने तथा दुष्टलाई माया गर्न नहुने एवं मानिसमा स्वाभिमानीपन हुनुपर्ने जस्ता शिक्षा प्राप्त हुन्छन् । ५. भाषाशैली यस कथा सङ्ग्रहका कतिपय कथाहरू मार्मिक छन् । मुक्तक आकारको कविताको प्रयोगले कथा सुन्दर बनेको स्थिति पनि छ । यसै गरी प्रतीकात्मकता पाइन्छन् कतिपय कथामा । कतिपय कथा हास्य रसका साथ पनि प्रस्तुत भएका पाइन्छन् । आगन्तुक शब्द तथा भाषिकाको समेत प्रयोग पाइन्छ उनका कथामा । लिङ्ग, वचन, आदर तथा कारकगत विचलनहरू देख्न पाइन्छ यी कथाहरूमा । यसै गरी पुनरुक्ति दोष, प्रुफगत, वर्णविन्यासगत, शब्दावली चयनगत कमजोरी, अपभ्रंश शब्दको गलत प्रयोग पनि पाइन्छन् । यसै गरी अमिल्दा वा सन्देश खुलेका शीर्षक खट्कँदा पक्ष हुन् । चुट्किला खाले पनि पाइन्छन् कुनै कथा । परिष्कार र सम्पादनको कमी नराम्ररी खट्किन्छन् । ६. कमजोर पक्ष प्रतीकात्मक रूपमै भए पनि सांसद्लाई कुकुरसँग तुलना गर्न नहुने तथा शारीरिक रूपमा अशक्त कुनै व्यक्तिलाई उसको शारीरिक अवस्थाका आधारमा नाम राख्न नहुने कुरामा कथाकारको ध्यान पुग्न नसकेको पाइन्छ । कुनै कुनै कथा त कथाभन्दा पनि घटना टिपोट जस्ता लाग्दछन् । अस्वाभाविकताहरू पाइन्छन् कतिपय कथाहरूमा । युवतीले सारीचोलो खोली बलात्कारीहरूका सामु स्वयम् पूर्ण नग्न हुनु, सुन्दरीलाई बलात्कारीहरूले एक्लै सर्वाङ्ग पाएर पनि केही नगर्नु तथा कथाकारले एड्स लागेको भनेकाले केही नगरेको देखाए तापनि बलात्कारीहरूलाई त्यस्ता कुराको वास्ता नहुने कुरा अस्वाभाविक कुराहरू हुन् । यस्तो अस्वाभाविकता उनले भुसुक्कै भुलेका छन् । यसै गरी मानिसको नाम नाक हुन नसक्ने, थाकेको गाईले दुध नदिने थाहा नहुनु, रामहरि हाँस्नु, धेरै वर्षपछि पनि बुबाप्रति छोराको रिस नमरेको देखाउनु अस्वाभाविक नै लाग्दछन् । जोगी र जोगिनीका रूपमा देखिएका व्यक्तिहरू आमा छोरा नै थिए भन्ने कुरा कसरी थाहा पाए भन्ने कुरा खुलेको देखिँदैन । एड्स लागेका महिला नगरवधू नै हुन्छन् भन्ने छैन भन्ने कुरालाई कथाकारले भुले जस्तो लाग्छ । ड्राइभरसँग शारीरिक सम्बन्ध राख्न नमान्ने युवतीलाई भोगिछाड्ने ड्राइभरको सोचाइ र बलात्कारी युवाहरूको सन्दर्भ विरोधाभासपूर्ण लाग्छ । कतै कथाको ढाँचामा त्रुटि पनि पाइन्छ । कतिपय कथाले लोककथाको जस्तो सन्देश दिन्छन् । साहित्यिकताभन्दा सन्देशात्मक प्रवृत्ति पाइन्छ कतिपय कथामा । कतिपय कथा आम प्रवृत्तिका पनि छन् । कुनै कुनै कथा कथा भन्न लायक नभई एउटा घटनाको फाँकी जस्तो, लघुकथाको गुण नभएको, कथाको गुण नभएको अधुरो कथा जस्तो पनि लाग्छ ।साहित्यले सकारात्मक सन्देश दिनुपर्ने हो तर कतिपय कथा नकारात्मकता विकास गर्ने प्रकारका पनि छन् । चोरबुद्धि सिकाउने सन्देश यसको एउटा उदाहरण हो । खाते, अन्धो जस्ता शब्दहरू प्रयोग गर्न नहुनेमा भएका छन् । खास पेसाप्रति व्यङ्ग्य गर्न नहुनेमा त्यो पनि भएको छ । ७. निष्कर्ष साहित्यका अन्य विधाबाट साहित्यिक पहिचान बनाएका गणेश पौडेलले यस कृतिबाट आपूmलाई लघुकथाकारका रूपमा त चिनाएका छन् नै । यसका साथै आफूलाई फरक फरक विधामा लेख्न सक्ने व्यक्तित्वका रूपमा समेत प्रस्तुत गरेका छन् । यसअघि प्रकाशित कतिपय साहित्यिक कृतिहरूमा विधाको प्रकृति तथा सृजनाको स्तरको कुरो उठिरहेको सन्दर्भमा यस कृतिले उनलाई स्तरीयतातर्फ उन्मुख साहित्यकारका रूपमा चिनाएको छ । उनका आगामी कृतिहरू यसभन्दा सशक्त भएर प्रस्तुत होउन्, शुभकामना ! हेटौँडा—२, मकवानपुर ।

मेरा बुबा मेरै स्मृतिमा

मेरा बुवा मेरै स्मृतिमा मेरा बुवा बित्नुहुँदा म कक्षा ८ मा पढ्दै थिएँ अर्थात् १३ वर्ष पनि पूरा पुगेको थिइनँ । बुवाको मृत्यु चाँडै नभएका भए बुवायुक्त हुनुको मेरो अनुभव र अनुभूति अलि बढी हुन सक्थ्यो । उहाँ म सानै छँदा खस्नु भएकाले अनि उहाँको र मेरो सामीप्य कम हुनाले पनि उहाँ र मेरा बिचका व्यवहार मैले कमै पाएको छु । छोराछोरीसँग ज्यादा झ्याम्मिने आजका जस्ता बुवा हुनुहुन्थेन उहाँ । देख्तैखेरि तर्सिइने बुवा पनि हुनुहुन्थेन उहाँ । सान्दाजु र म जन्मेको गाउँ विश्रामपुर, रौतहटमा २०२४ तिर कक्षा पाँचसम्म मात्र पढाइ हुन्थ्यो । त्यसैले ठुल्दाजु र माल्दाजु सर्लाहीको प्रसिद्ध विद्यालय वेणी भोला हाई स्कुल गोडैता सर्लाहीमा पढ्नुहुन्थ्यो । गोडैता विश्रामपुरबाट पूर्वका चाँदी, वागमती र मनुसमारा गरी तिन ओटा नदीपारि हुनाले दाजुहरू छात्रावासमा बस्ने गर्नुहुन्थ्यो । घरमा चाहिँ आमा, बुवा, सान्दाजु र म बस्ने गथ्र्यौँ । हामी सानै पनि थियौँ । साँझ परेपछि थाक्थ्यौँ, निद्रा लाग्थ्यो, खाना नखाई भान्सैमा पनि निदाउँथ्यौँ । खेतीपातीमा ज्यादा खटिनुपरेका बेला आमाबुवा अबेर गरी आउनुहुन्थ्यो । आमा खाना पकाउनुहुन्थ्यो, बुवा गफिएर बस्नुहुन्थ्यो । खाना पाकेपछि बुवा आमा दुवै जनाले हामीलाई उठाउन खोज्नुहुन्थ्यो । सान्दाजुले के गर्नुहुन्थ्यो कुन्नि; म ब्युँझे पनि प्रायः निदाएकै बहाना गर्थेँ । ब्युँझेको जस्तो गर्दा निद्राको मुडमा पनि आपैmँले मुछेर खाने कष्ट उठाउनुपथ्र्यो । निदएको जस्तो गरे बुवाले खुवाइदिनुहुन्थ्यो । म दुवै आँखा चिम्लेर निद्राले लट्ठ परेको अभिनय गर्थेँ, बुवाले कपाकप खुवाइदिनुहुन्थ्यो । आपूmले मुख बाएर खाना चपाएर निले पुग्थ्यो । त्यस्तो बेलामा बुवाले बडो माया गरेर खुवाउनुहुन्थ्यो । म गुँडका बचराले जस्तो मुख बाइरहन्थेँ, खाइरहन्थेँ । हाम्रो मामाघर चन्द्रनिगाहपुर र विश्रामपुर दुवै ठाउँमा थियो । ठुलो मामा विश्रामपुर बस्नुहुन्थ्यो भने सानो मामा चन्द्रनिगाहपुर । त्यतिखेर अर्थात् २०२२÷२३ सालतिर अहिलेको जस्तो यातायातको विकास हुने कुरो परै जाओस्, दस किलोमिटर कच्ची धुले बाटाको बिचजसोमा अल्टोकीदेखि चेतनगरसम्म तिन चार किलोमिटर घनाजङ्गल थियो । तिन चार वर्षका बच्चाहरूलाई ल्याउँदा लाँदा हिँडाउन उहाँहरूलाई असजिलो अवश्य लाग्थ्यो । बुवाले मलाई प्रायः बोक्ने गर्नुहुन्थ्यो । बुवाको काँधमा चढेर दुवै काँधतिरबाट गोडा झारेर बसिसकेपछि मेरो सान बढ्थ्यो । म अलिकति घमण्डी र क्रूर पनि हुन्थेँ क्यारे ! मलाई लड्न नदिन बुवाले कपालमा समात्न भन्नुहुन्थ्यो । म कपालमा समात्न पाएका बेलामा च्याप्प समात्थेँ । बुवालाई भुतालेको अनुभव हुँदो हो । भुतालिँदा दुख्तो हो तर उहाँले त्यो पीडा व्यक्त गर्नुहुन्नथ्यो, म भने उहाँलाई पीडा थपिरहेको हुन्थेँ । अहिले बुवा नहुनुको पीडा बाँचिरहँदा त्यतिखेरका दुस्ट्याइँ सम्झेर हाँसो पनि उठ्छ र पछुतो पनि लाग्छ । आमाले पकाउन नहुँदा वा बिरामी पर्दा बुवाले पकाउने गर्नुहुन्थ्यो । बुवाले थोरैमा मिठो पकाउन खोज्नुहुन्थ्यो र आपूmले मिठो पकाएको ठानेर खाना कस्तो छ भनेर सोध्नुहुन्थ्यो पनि । हामीले प्रतिक्रिया दिन नभ्याए वा अप्ठ्यारो माने उहाँ आपैmँ भन्नुहुन्थ्यो ‘खाना मिठो छ हगि !’ म खानामा पर्याप्त रस चाहन्थेँ । बुवाले खानामा दाल पकाए थोरै र बाक्लो बनाउनुहुन्थ्यो । रस मागे ‘गुन्द्रुक पकाएको हो र टन्न झोल हाल्ने ?’ भन्नुहुन्थ्यो । अनि गुन्द्रुक पकाएको बेलामा पनि रस कमै हाल्नुहुन्थ्यो । रस नपुगेको जस्तो गर्दा भन्ने गर्नुृहुन्थ्यो ‘थोडा खाना बनारसका खाना ।’ बुवा बिँडी पिउनुहुन्थ्यो, चिलिम तान्नुहुन्थ्यो । चिलिम त घरमा थियो तर तान्न चाहिँ सङ्गत खोजेर हिँड्नुहुन्थ्यो । त्यसैले फुर्सदका दिनहरूमा प्रायः बिहान कतै डुल्न जाने गर्नुहुन्थ्यो । खाना खाना खाने बेला भयो कि त एक डेढ किलोमिटरसम्मका अखडाहरूमा खोज्न निस्कनुपथ्र्यो । धेरै बेर पर्खेर गफ सकिएपछि मात्र घरमा ल्याउन सकिन्थ्यो । पर्खिँदा पर्खिँदा दिक्क भएर ९÷१० वर्षको हुँदासम्म म काखमै पल्टिदिँन्थेँ तैपनि उठ्न हतार गर्नुहुन्नथ्यो । आमा पनि उदार हुनुहुन्थ्यो तर बुवा आर्थिक मामलामा उहाँभन्दा बढी उदार हुनुहुन्थ्यो क्यारे ! आमा माइती कटरवन (रौतहट) वा पुरानो गाउँ पर्सा जिल्लाको खेस्राहातिर पुगेको बेला दाउ छोपेर अन्न माग्न आउनेहरूलाई बुवाले भकारीका भकारी रित्याएर बोराका बोरा धान पठाइदिनुहुन्थ्यो रे । आमाको अनुपस्थितिमा त्यसरी धान लानेले तिर्ने नाम लिँदैनथे रे । बुवाले पनि कडाइ गर्न सक्नुहुन्नथ्यो रे । घरभित्रको अनुशासनको मामलामा कडा हुनुहुन्थ्यो बुवा । मेरा साथीहरूमध्ये कसैकसैको चन्द्रनिगाहपुरबाट सात किलोमिटर पश्चिमको लमाहामा त कसैको मकवानपुरको धियाँलतिर गोठ राखिएको हुन्थ्यो । ठाउँ फेरेर घुम्ने, डुल्ने, रम्ने रहर त मेरो सानैदेखिको हो । कहिलेकाहीँ साथीहरू र नातेदारहरू गोठतिर जाऔँ भन्थे । ठुल्दाजुलाई भनेर अनुमति पाइँदैनथ्यो, बुवासँग सिधै प्रस्ताव राख्न डर लाग्थ्यो । आमासँग अनुमति लिएर सुटुक्क लाग्थेँ गोठतिर । एक दुई रात जङ्गलमा बिताएर आएपछि बुवा अनुशासनिक कारबाही गर्न तम्सिनुहुन्थ्यो । त्यतिखेर डरले म आमाको फरियामा गुटमुटिन पुग्थेँ । आमाले ‘मलाई सोधेर गएको हो’ भनेपछि माफी पाउँथेँ । अहिले सोच्ता लाग्छ, त्यस्तो कार्बाही स्वच्छन्द विचरणमा रोक लगाउन हुृन्थ्यो, अनुशासनको डन्डा लाउन मात्र होइन । तर त्यतिखेरको काँचो बुद्धिले भने अनुशासनको डन्डा मात्र ठान्थ्यो । बुवाले धेरै पढ्नुभएको थिएन र पनि हामी चारै भाईलाई पढाउन मलेरिया अफिसको जागिर खानुभएको थियो । यातायातका साधनहरूको विकास भइनसकेको त्यस अवस्थामा घरदेखि १५÷२० किलोमिटर परका वागफाल र धियाँलसम्मको फिल्डको जागिर खानुपरेको थियो । छोराहरूले पढून्, लेखून् र दुःख नपाऊन् भन्ने उहाँको चाहना थियो । आमाबुवाको त्यही सोचाइले हाम्रो परिवार पर्साको खेस्राहाबाट रौतहटको विश्रामपुर र त्यहाँबाट पनि चन्द्रनिगाहपुर बसाइँ सरेको थियो । ठुल्दाजुले आई.एड. तथा माल्दाजु र सान्दाजुले एस.एल. सी. सक्ता नसक्तै बुवालाई अल्सर भयो । २०३२ सालको डाक्टरी सुविधा त्यति नपाइने समयमा वीरगन्जमा लगेर औषधी गर्दा पनि बचाउन सम्भव भएन । सायद औषधीको रिएक्सन पचासै वर्षको उमेरमा मृत्युको कारण बन्न पुग्यो । म अलि सानै भएकाले बुवा बिरामी पर्दा उति सेवा गर्न सकिनँ, बुद्धि पुगेन । अहिले लागिरहेको छ—बुवाबाट मैले लिएछु मात्र, दिन सकेनछु । बुवा लामो समय नबाँच्नु भएकाले हाम्रो परिवारले संयुक्त परिवारको त्यति अनुभव गर्न पाएन । परिवार विखण्डित भए पनि आमाले परिवारको नेतृत्व एक किसिमले गर्नुभयो । आमाले आमाकै भूमिका निर्वाह गरे पनि एक प्रकारले बुवाको समेत भूमिका निर्वाह गर्नुभयो । तैपनि बुवाकै स्पष्ट पहिचान हुन सक्ने भूमिका बुवाबाट मात्र हुन सक्थ्यो । त्यो भने बुवाको मृत्युको चार दशकपछि पनि खट्किरहेको छ र खट्किरहनेछ ।

जिउँदै वैकुण्ठ

 म २०६४ सालमा इन्द्रायणी माध्यमिक विद्यालय आग्रा, मकवानपुरको स्रोत व्यक्ति हुँदा मेरो कार्यक्षेत्र तीन ओटा गाविसका ३५ ओटा विद्यालयहरू थिए । तीमध्ये डाँडाखर्क गाविसअन्तर्गत दुई ओटा निम्न माध्यमिक  र चार ओटा प्राथमिक विद्यालय थिए । तीमध्ये पनि एउटा थियो; सरस्वती निम्न माध्यमिक विद्यालय बैकुण्ठ । त्यस विद्यालयमा प्राथमिक तहमा एक जना शिक्षक नियुक्तिको सिलसिलामा आफ्नो पदीय कार्यभार सम्हालेको लगत्तै म वैकुण्ठ गएको थिएँ । त्यस ताका स्थानीय बासिन्दाका लागि आफ्नो स्थान सहज असहज जस्तो लागे तापनि बाहिरी व्यक्तिहरूका लागि भने त्यति सहज थिएन । त्यही भएर होला; इन्द्रायणी मावि आग्राका पूर्व प्रधानाध्यापक तथा समाजसेवी विष्णु कार्कीले हिउँदमा जानुहुन्छ भने म साथी गइदिउँला । सरलाई एक्लै जान असहज हुन्छ भन्नुभएको थियो ।

आदरणीय गुरु शिवचन्द्र


 

मैले प्राथमिक तहमा हुँदै अङ्ग्रेजी ग्रामरका पुस्तकहरू पढिसकेको थिएँ र केही ट्रान्सलेसनका पुस्तकहरूमा अभ्यास गरिसकेको थिएँ । छैठौँ कक्षामा पुग्दा चूडामणि ग्रामरपनि एकसरो अध्ययन गरिसकेको थिएँ तैपनि म अङ्ग्रेजीमा कमजोर नै थिएँ । कक्षा सातमा पढ्दा मैले पढेको सुबलाल हाई स्कुल सन्तपुरमा आउनुभएका रामदेव सरको अङ्ग्रेजी खुब मन पर्थ्यो । उहाँको बुझाउने कला अद्भूत थियो तर हाम्रो विद्यालयमा उहाँ एक वर्ष पनि बस्नुभयो कि बस्नुभएन !

भय र स्नेहका पर्याय: ठुल्दाजु

आफ्नै दाजु भनेर के गर्नु ! ठुल्दाजु अर्थात् ध्रुवमोहनलाई मैले राम्ररी चिनेको म सात वर्ष पुगेपछि हो । माइल्दाजुलाई चिनेको पनि मोटामोटी त्यही समयदेखि हो । यसको कारण म र सान्दाजु प्राथमिक तहमा पढ्दै हुनाले गाउँ विश्रामपुरमै पढ्थ्यौँ । दाजुहरू माथिल्ला कक्षाहरूमा पढ्ने हुनाले दुई मुख्य नदी मनुषमारा र वाग्मतीपारि गोडैतामा पढ्नुहुन्थ्यो । छात्रावासमा बस्ने हुनाले देखादेख वा भेटघाट कमै हुन्थ्यो ।

म सात वर्ष नपुग्दै ठुल्दाजुले हकारेको चाहिँ मलाई सम्झना छ । मेरो सान्दाजु त्यतिखेर लुरे हुनुहुन्थ्यो । त्यसै ताका माइल्दाजुलाई बोकेर हिँड्दा सान्दाजुको गोडा भाँचिएको थियो । त्यही भएर दाजुहरूले सान्दाजुलाई ‘लुरे’ भन्नुहुन्थ्यो । म पनि हेपेर कहिलेकाहीँ ‘लुरे’ भनिदिन्थेँ । आमाबुबालाई चित्त नबुझे पनि केही गर्नुहुन्थेन तर ठुल्दाजुबाट कि हप्काइ कि कुटाइ खाइन्थ्यो । यस्तै सान्दाजुको सुरुको नाम ‘चन्द्रदीप’मा पनि हुन्थ्यो । सान्दाजु मेरो दाजु मात्र नभएर साथी जस्तो पनि हुनुहुन्थ्यो । त्यही भएर सान्दाजुलाई हेप्न सजिलो पर्थ्यो । सान्दाजु सहनुहुन्थ्यो वा मुर्मरिनुहुन्थ्यो तर ठुल्दाजुबाट यस्ता कुरा सहन हुँदैनथ्यो र यस्ता कुराको फैसला ठुल्दाजुले कुटेरै गर्नुहुन्थ्यो ।

Related Posts with Thumbnails