टिकट ( लघुकथा )

एकजना स्वाभिमानी युवक बेरोजगारीले असाध्यै पिरोलिएको थियो । सकेसम्म त उसले आफ्नो मर्का आफन्तहरू समक्ष राख्न चाहेको थिएन । तर जागिर कहीँ नभेटेपछि ऊ आफ्ना मामानेर गयो । उसका मामा सत्ताको नजिक त छँदै थिए र शक्तिशाली पनि थिए । त्यसैले उसले मामानेर आफ्नो समस्याको पोको फुकायो । भान्जाको अप्ठ्यारो परिस्थितिसँग मामा राम्ररी परिचित थिए । यस्तो स्थितिमा फाइदा उठाउन राजनीतिमा खप्पिस मामा के चुक्थे र ! मामाले भनी पनि हाले 'भान्जा ! जागिर त जहाँसुकै पाइन्छ तर भान्जाको विचार चाहिँ अलि ‍‍-----------। भान्जा चाहिँ अलि जिल्ल पर्यो र सोध्यो 'के भन्न खोज्नु भएको मामा, प्रस्ट भन्नुहोस् न !'

मामाले आफ्नो अभीप्सा पुरा हुने ठानेर जुङ्गामा ताउ लाउँदै भने 'मतलब, सत्ताधारी पार्टीको टिकट लिनु पर्यो ।'

आफ्ना मामाले समेत विचारको सौदाबाजी गर्न खोजेको देखेर भान्जा मामाको मुखमा हेर्या हेर्यै भयो ।

5 comments:

  1. **मामा भनाउदाबाट हामी नेपालीमा हुने परम्परामाथिको प्राहार गतिलो छ ,,, यो परम्पराको अन्त्य कहिले हुने हो ????
    Min

    ReplyDelete
  2. मामाहरु मुर्दाबाद। देशलाई पार नलाउने भए यस्ता मामाहरुले। सटिक कथा

    ReplyDelete
  3. करिब करिब यस्तै छ हाम्रो सोच र मानसिकता । छोटो तर पूर्ण कथा !

    ReplyDelete
  4. यो प्रवृत्तिले त देश खाइसक्यो नि |

    ReplyDelete
  5. मारमा परेका हरुलाई सदुपयोग गर्ने अबसरवादीहरुको राम्रो चित्रण गर्नु भएको रहेछ ! रमेश मोहन जी !

    ReplyDelete

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!